Labels

Monday, August 4, 2014

मोदीसँग यी कुरा गर्छन् मधेशी नेता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटमा मधेशवादी दलका नेताहरु के कस्तो कुरा गर्ने भनि तयारी साथ मधेशी नेताहरु आज मोदीलाई भेट्दैछ ।  २.४५ वजेदेखि ३.३० बजेसम्म ह्यातमा भेटन लागेक मधेशी नेताहरुले विकास निर्माणका साथै सविधान निर्माणमा विशेष जोड दिने भएका छन् । प्रधानमन्त्री नरेन्द्र मादीसँग सामूहिक भेटको क्रममा के के एजेण्डामा छलफल गर्ने विषयमा उनीहरु आपसमा छलफल गरिसकेका छन् ।

शनिवार मधेशी पत्रकार संघको संयोजनमा भएको कार्यक्रममा पनि मधेशी नेताहरुले मोदीसँग भेटमा के के विषयमा कुरा राख्ने सम्बन्धमा निकै गहन छलफल गरेको छ । आइतवार पनि उनीहरु आपसमा बसेर एजेण्डा तय गरेको छ । संघीयतासहितको सविधान निर्माणमा सहयोग गर्न भारतलाई आग्रह गर्ने तय गरेका छन् । अहिलेको मुख्य एजेण्डा भनेको शान्ति र सविधान हो त्यसपछि मात्र विकास भएकाले राजनीतिक समास्या समाधान गर्नका लागि भारतको सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ । साथै उनीहरुले विकासको क्षेत्रमा हुलाकी सडकलाई प्राथमिकतामा राख्न पनि आग्रह गरिने भएको छ ।
विकासको मेरुदण्ड भनेको मधेशको हुलाकी सडक नै हो, र भारतले तीन वर्षभित्र त्यसलाई पुरा गर्नुपर्ने सुझाव आफूहरुले दिने तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए । हुलाकी सडक निर्माण मधेशीको मात्र होइन भारतको प्रतिष्ठासँग जोडिएको विषय पनि रहेको बताउँदै हुलाकी सडक निर्माणमा विशेष जोड दिन आग्रह गर्ने एजेण्डा तय गरेको छ । रेल सेवा पनि हुलाकी सडकभन्दा उत्तर र महेन्द्र राजमार्गभन्दा दक्षिण नै हुनुपर्ने ध्यानाकर्षण प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराउने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिलेको मुख्य एजेण्डा भनेका सविधान निर्माण हो, र यसमा भारतको सहयोग आवश्य रहेको बताउँदै मोदीसँग भेटमा आफूहरले संघीयतासहितको सविधान निर्माण गर्नमा सहयोग गर्न आग्रह गर्ने बताए । विगतको भन्दा नेपाललाई हेर्ने दृष्टिमा भारतले फरक देखाएको बताउँदै उहाँले मोदी सरकारले नेपालसँग राजनीतिक सम्बन्ध बढाउन चाहेको धारणा राख्नुभयो । केही दिन पहिले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भेटमा मधेशलाई काठमाडौको दृष्टिले होइन मधेशलाई मधेशकै दृष्टिले हेर्ने कुरा सुष्माले प्रतिवद्धता जनाएको बताए । उनले मोदीसँगको भेटमा पनि नेपालको विकासमा मधेशलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउने बताए ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले मधेशको मुख्य समस्या भनेको चुरे समस्या हो र भारतलाई यसप्रति ध्यानाकर्षण गराउने बताए । चुरलाई हरित क्रान्तिसँग जोडेर विकास गर्ने र यसले भारतलाई समेत फाइदा पुग्ने कुरा प्रधानमन्त्री मोदीलाई विश्वस्त बनाउनुपर्ने बताउँदै उनले चुरे समस्यामा ध्यान दिए भने बाढी र पहिरो तथा खडेरीबाट भारतको विहार र उत्तर प्रदेश तथा नेपालको मधेश मुक्त हुने धारणा राखे । उनले तराई पर्यटनमा पनि भारतको सहयोग आवश्यक रहेको बताए । जनकपुरलाई अयोध्यासँग, लुम्बनीलाई सारनाथ, पशुपतीलाइ काशीनाथ, बराहक्षेत्रलाई सोपुरसँग जोडेर तराईको पर्यटनलाई विकास गर्न सकिने बताउँदै उनले यस विषयमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई मधेशवादी दलले ध्यानाकर्षण गराउने बताए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिकतामा नेपाल भए जस्तै मधेशलाई पनि सोही स्थानमा राख्नुपर्ने बताए । मधेशको विकास भए मात्र नेपालको विकास सम्भव हुने भन्दै उनले मधेशको विकासको मेरुदण्ड हुलाकी सडक निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेशलाई वेवास्ता गरेर संघीयतासहितको सविधान निर्माण हुन सक्दैन भने कुराको ज्ञात प्रधानमन्त्री मोदीलाई गराउने पर्ने धारणा राखे । दुई तिहाईको बलमा सविधान निर्माण गर्ने कुरा भइरहेको छ, यदि त्यस्तो भयो भने पुनः सविधान बन्दैन र देशमा विद्राह हुन्छ उनले भने, सहमतिको आधारमा सविधान निर्माण हुनुपर्छ र यसमा भारतको भूमिका अनिवार्य छ ।’
मधेशीको लागि अहिले सीमा सुरक्षा टाउको दुखाईको विषय बनेको बताउँदै उनले मधेशी जनता दुईतिरको चेपुवामा परेको र भारतको सुरक्षाकर्मीबाट मधेशी जनता प्रताडित भएको छ नै नेपाली सुरक्षाकर्मीबाट त्यति नै प्रताडित भएको बताए । नेपाल भारतको सीमा सुरक्षालाई व्यवस्थित गर्न पनि भारतलाई ध्यानाकर्षण गराउनुपर्ने बताए । नेपाल र भारतबीचको सम्बन्ध मधेशीले गर्दा भएको हो, मधेशी नभएको भए यस्तो सम्बन्ध हुने थिएन, उनले भने, मधेशी जनताको भारतसँग विशेष सम्बन्ध भएकाले मधेशको विकास विना समग्र नेपालको विकास असम्भव रहेको बताए ।
संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले अहिलेको अवस्थामा भारतलाई सविधान निर्माणमा सहयोग गर्न आग्रह गर्नुपर्ने बताए । सविधान निर्माण नभएसम्म देशमा शान्ति प्रकृया पुरा हुँदैन, शान्ति प्रकृया पुरा नभएसम्म देशमा विकास नहुने भएकाले पहिला सविधान निर्माणमा जोड दिनुपर्ने उनले धारणा राखे ।
कार्यक्रममा मोदीको भ्रमणलाई कसरी फलदायी बनाउने विषयमा मधेशका बुद्धिजिवी सीके लाल, तुलानारायण साह, दिपेन्द्र झा, सुरेन्द्र महतो र पत्रकार रामकुमार कामत, वकिलहरुले पनि मधेशी नेताहरुलाई सुझाव दिएका थिए ।

No comments:

Post a Comment