Labels

Wednesday, August 6, 2014

मनिष सुमन किन चाहन्छन् बुढो हुन ?

काठमाडौ साउन २१ गते । प्रायः मान्छे जन्मेपछि जहिले पनि युवा तन्नेरी र हठ्ठाकठ्ठा रहन चाहन्छ र कामना पनि त्यही गरिरहेका हुन्छन् तर सद्भावना पार्टीका महासचिव मनिष सुमनलाई युवा अवस्था होइन बृद्धा अवस्था नै अचेल प्रिय लाग्ने थालेका छन् । उनले आफू युवा भएकै कारणले अवसरबाट बञ्चित रहेको पिडा पोखेका छन् । उनले कतिखेर युवाबाट प्रोढमा जाउँ र पार्टीले दिने अवसर प्राप्त गरौ जस्तो लाग्न थालेको धारणा राखेका छन् । उनले भने, जबसम्म युवा रहि रहन्छु तबसम्म कुनै अवसर पाउदिन जस्तो लाग्यो । अब चाँडै प्रौढमा जानुपर्छ ।’
 उनले अगाडी भने, मबाट गल्ति भएको छ कि म अरुभन्दा अलि ढिलो जन्मेको छु, अलि चाँडो जन्मेको भए म पनि अवसरबाट बन्चित हुँदैन थिए होला ।
तमलोपाका भातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्टले आफ्नो छैठो वार्षीक उत्सवमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा निकै आक्रमक र आक्रोशित देखिएका महासचिव सुमनले मधेशमवादी दलमा राजनीतिक उमेरको हिसाब किताब हुँदैन, राजनीतिकमा कसको कति लगानी छ त्यो हेर्दैनन् त्यहाँ शारीरिक उमेर मात्र हेर्छन् र शारीरिक उमेरले आफू अरुभन्दा कान्छो भएका कारणले अवसरबाट टाढा रहेको दावी गरे । महासचिव सुमनको नाम यसपटक समानुपातिकको लिस्टमा थिए तर सो पार्टीका वृद्धहरुले नै सो ठाउँ आग्टेपछि सुमनको यस्तो आक्रोश आउन थालेका हुन् ।
उनले आफ् राजनीतिकमा २५ वर्षदेखि लागेको तर त्यसको मूल्यांकन कहिले नभएको भन्दै आफू युवा राजनीतिबाट हट्न चाहेका बताए । अहिले पनि नेताहरु आन्दोलनको कुरा गरिरहेका छन् तर आन्दोलन भयो भने त्यहाँ ती वृद्धाहरु गोली खान जाँदैन त्यहाँ कुनै युवा हुन्छ, पसल बन्द गर्नुपर्यो भने त्यहाँ युवा हुन्छ, सटर बन्द गर्नु पर्यो भने युवा हुन्छ, टायर बाल्नु पर्यो भने युवा हुन्छ, अर्थात हरेक ठाउँमा युवाको आवश्कता हुन्छ तर वार्ताको कुरा आउँछ अनि वृद्धाहरु वार्तामा गएर केही सहमति गर्छन् अनि भन्छन् आन्दोलन फिर्ता त्यसबेला हामीले नमान्दिएको भए के हुन्छ ? उनले प्रश्न गर्दै भने, वृद्धाहरु माथि जानुभन्दा पहिला पार्टी एकीकरण गरेर जानुपर्छ भने मेरो आग्रह छ ।’
त्यसपछि तमलोपाका सहमहासचिव जितेन्द्र सोनलले युवालाई अवसर छैन भने छैन अवसर खोज्नुपर्छ, अवसर यहाँ बजारमा पाउँदैन त्यो खोज्नलाई मधेशको गाउँमा जानुपर्छ, समाजमा यस्ता थुप्रै अवसरहरु छन् जहाँ युवाको आवश्कता रहेको प्रतिकृया दिए । मधेशी पार्टीको नेतृत्वकर्तालाई स्वास्थानीब्रतको प्रसादसँग तुलना गर्दै भने, पार्टीको नेतृत्वकर्ताहरुले स्वास्थानीव्रतको प्रसाद जस्तै हरेक अवसरहरु आफैमा बाँडिचुँडी खाने गरेका छन् । । हाम्रा पार्टीका नेताहरु कुनै अवसर आयो भने पहिला आफन्त, छोरा छोरी, श्रीमतीलाई हेर्छन्, र अवसर दिन्छन् पनि नभए त्यतिकै खेर फाल्छन् ।’
मधेशी दलका युवाहरु दलबाट कुनै अवसर नपाएको कुरा जायज हो तर युवाहरुबाट पनि त्यस्तो कुनै प्रयास नभएको उनको आरोप छ ।
सोही पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले सद्भावना पार्टीका महासचिव सुमनको कुराको प्रतिकृया दिँदै भने, अधिकार र अवसर मागेर होइन आफै लिनुपर्छ । दलहरुका लागि युवा आवश्यक छ, युवाविना क्रान्ति सफल हुँदैन तर आज जो वृद्ध भएका छन् त्यो पनि पहिला युवा नै थिए । त्यसबेला संघर्ष नै गरेका थिए जेलनेल गएका थिए त्यसैले आज यो अवसर पाएका हुन् । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले युवाको बारेमा खासै बोलेन, उनले छोटोमा भने, युवा शक्ति देशको स्रोत हो ।

No comments:

Post a Comment