Labels

Wednesday, February 26, 2014

महाशिवरात्रीको बारेमा जानौ



शिवरात्रीमा धुनी बाल्दै साधुहरू

शिवरात्रीमा दर्शनार्थीहरूको घुइंचो
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो महाशिवरात्री पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

Sunday, February 23, 2014

एकता त्यति सजिलो छैन ।

  • उपेन्द्र यादव

     फरक पृष्ठभूमि, फरक विचार, फरक झन्डा भएका छुट्टाछुट्टै दलको एकता सजिलो विषय होइन । प्रयास सुरु भएको छ र प्रारम्भिक कामहरू शुरु भएका छन् । मिडियामा आएजस्तो पार्टीको नाम, नेताहरूको कार्यविभाजन के हुने भन्ने विषयमा केही भएकै छैन ।  को अध्यक्ष हुने, को संसदीय दलको नेता हुने भन्ने कुरा त विषय प्रवेश नै भएको छैन । आशा गरौं ती कुराहरू पनि चाँडै छलफलमा आउन र सहमतिमा निर्धारण गर्न हामीले सकौं । यो पार्टी एकताको कुरा त्यति चर्चा भए जस्तो सजिलो विषय पनि हैन । पार्टी एकता गरिरहँदा अलग अलग स्वरूप पनि देखिनु भएन । नयाँ पार्टीले कुन सिद्धान्त बोक्ने, कुन अवधारणा हने, पार्टीको लक्ष्य के हुने भन्ने कुरा पनि निर्धारण हुनुप¥यो । यसले समान कुन राष्ट्रिय मुद्दा बोक्ने भन्ने कुरामा पनि एकमत हुनुप¥यो । 

Saturday, February 22, 2014

उपेन्द्रले भने, एकीकरण हुन्छ

काठमाडौ फागुन ९ गते । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन पार्टीवीच पार्टी एकीकरण गर्ने सहमति भइसकेको बताउँदै एकीकृत पार्टीको सिद्धान्त, एकीकरणको लक्ष्य, मूलभूत राष्ट्रिय मुद्दालाई हेर्ने दृष्टिकोण र संगठनात्मक संरचनामा छलफल भइरहेको बताउनु भएको छ । 
रिर्पोटर्स क्लवले शुक्रवार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल सकेर एकीकृत पार्टीको सिद्धान्त र विचारमाथि छलफल शुरु भएको बताउनुभयो । उहाँले कार्यदलले विभिन्न विकल्पसहितको रिपोर्ट मात्र दिएको तर ,  कसैलाई पनि अध्यक्ष, उपाध्यक्ष बनाइनसकेको प्रष्ट पार्नुभयो ।

Thursday, February 20, 2014

भोलीदेखि माछा महोत्वस

सुरेशकुमार यादव
काठमाडौ फागुन ८ गते । फागुन नौ गतेदेखि ११ गतेसम्म नेपालमा पहिलोपटक माछा महोत्सव हुने भएको छ । भोलीदेखि चारदिनसम्म भृकुटीमण्डपमा हुने राष्ट्रिय माछा महोत्सव तथा परिकार प्रतियोगितामा पच्चीसभन्दा बढी स्टल राख्ने व्यवस्था गरिएको छ ।
बुधवार पत्रकार सम्मेलनमा गराइएको जानकारी अनुसार महोत्सवमा माछाका परिकार, बनाउने विधि तथा बिक्रि, जिउँदो तथा ताजा माछा बिक्रि, एक्वारियम सामाग्री तथा रंगीन माछा बिक्रि, माछा पालनका विविधि प्रविधि प्रर्दशनी तथा जानकारी, पानी परीक्षण तथा माछाको रोग परीक्षण, माछाका दाना, औषधी, उपकरणको बिक्रिको व्यवस्था गरिएको छ ।

Tuesday, February 11, 2014

३ नम्वरका नेता राजेन्द्र महतो !

‘सद्भावना पार्टीका अध्यक्ष । आफूले नेतृत्व गरेको मधेशी दलको पहाडि क्षेत्रमा शाखा विस्तार गरेका राजेन्द्र महतोले मधेशी दलहरुको बीच एकताको सम्भावना खोजेका छन् ।’ यी कुरा उल्लेख गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कान्तिपुरले वर्षका दश नेताका लागि उम्मेदवार बनाएका थिए । १२ जना उम्मेदवारमध्ये उनी तेस्रो नम्वरका नेता बनेका छन् । एक नम्वरमा गगन थापा रहेका छन् भने दास्रो नम्वरमा एमाओवादीका डा.बाबुराम भट्राई रहेका छन् ।

Saturday, February 8, 2014

मधेशी पत्रकार संघको अधिवेशनमा के के भयो ?

काठमाडाँै, माघ २५ गते । मधेशी पत्रकार संघको प्रथम अधिवेशनको उद्घाटनसत्रमा बोल्नु हुँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका  पत्रकारहरुले नयाँ संविधान निर्माणका लागि पनि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरिएका छन् ।
शनिवार राजधानीको मसाला कटेजमा आयोजित मधेशी पत्रकार संघको प्रथम अधिवेशनमा सहभागी वक्ताहरुले यस्तो धारणा व्यक्त गर्दै पत्रकारिता क्षेत्र राज्यबाट अझै उपेक्षित अवस्थामा रहेकोसमेत गुनासो व्यक्त गर्नुभयो ।

Thursday, February 6, 2014

जनकपुरका जितन डोम र महन्थ रामतपेश्वर

सुरेशकुमार यादव
अहिले जनकपुरमा दुईजनाको मात्रै चर्चा छ । ती हुन् जितन डोम र महन्त रामतपेश्वर दास । दुवै घरको भत्काएको छ दुवैमा त्यतिकै पिडा छ । फरक यति हो कि जितन डोमले आफ्ना टाउको लुकाउन लक्ष्मण आखाडा पोखरीको डिलमा बनाएको झुपडी नगरपालिकाले भत्काई दिएका छन् भने रामतपेश्व दासको भ्रष्टाचारको अखाडा भत्काई दिएको छ ।

Wednesday, February 5, 2014

तमलोपाका दुई नेता दिल्ली उडे


काठमाडौ माघ २२ गते । मधेशवादी तीन दलको एकीकरण प्रकृया अन्योलमा रहेको बेला तराई मधेश लोकतान्त्रिक पार्टीका दुई नेता आज दिल्ली उडेका छन् । मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीबीच एकीकरण हुने विषयमा छलफल जारी रहेको बेला राजनीतिक भेटघाटको उद्देश्यले तमलोपाका केन्द्रियद्धय सदस्य बीपी यादव र सीताराम अग्रवाल २ बजेको फलाइटबाट दिल्ली पुगेको छ ।