Labels

Thursday, February 6, 2014

जनकपुरका जितन डोम र महन्थ रामतपेश्वर

सुरेशकुमार यादव
अहिले जनकपुरमा दुईजनाको मात्रै चर्चा छ । ती हुन् जितन डोम र महन्त रामतपेश्वर दास । दुवै घरको भत्काएको छ दुवैमा त्यतिकै पिडा छ । फरक यति हो कि जितन डोमले आफ्ना टाउको लुकाउन लक्ष्मण आखाडा पोखरीको डिलमा बनाएको झुपडी नगरपालिकाले भत्काई दिएका छन् भने रामतपेश्व दासको भ्रष्टाचारको अखाडा भत्काई दिएको छ ।

तर यहाँ अच्चम के छ भने जनकपुरका नागरिक समाज, बुद्धिजिवी पत्रकारहरु भनाउँदाहरु नै नगरपालिकालाई भनेर जितन डुमको घर भत्काउन लगाए तर त्यही बुद्धिजिवी तथा नेताहरुले रामतपेश्वलाई जोगाउन धर्ना बसेका छन् । उता जितनका परिवारले पनि आफ्नो घर फर्कादिन र क्षतिफूर्तिको माग गर्दै अनसनमा बसेका छन् भने उता रामतपेश्वर हटाउनु हुँदैन भनि जनकपुरका बुद्धिजिवि तथा दलका कार्यकर्ताहरु अनसन बसेका छन् ।
जितन डोमको अनसनप्रति कसैको ध्यान गएको छैन । यहाँसम्म त्यो अनसनको बारेमा कसैले चासो लिएको छैन किनभने जितन डोमले जनकपुरलाई सफा गर्थे, अरुले गरेको दिशा पिसाब सफा गर्थे कसैलाई मालामाल गरेन नकसैलाई जग्गा जमिन दिए । तर, रामतपेश्वर जनकपुरमा करौडोको भ्रष्टाचार गरे भने कुरा कसैसँग लुकेका छन् । त्यहाँ मन्दिरको आडामा गरेको भ्रष्टाचारबाट त्यहाँका केही नेता तथा कार्यकर्ताहरुलाई पनि दिए तर जितन डोमले केही दिएन अनि किन बोलुन ती अगुवा नेता तथा कार्यकर्ता जितन डोमको बारेमा । बरु पोखरीको आकर्षण विगारेको भन्दै नगरपालिकालार्य भनेर झुपडी भत्काउन लगाए तर रामतपेश्वर जनकपुरका पोखरीहरुलाई पुरेर त्यहाँ घर बनाएर लाखौ रुपियाँ आफ्नो खल्तिमा राखिररहेको कसैले देखेका छैनन् ।
जानकी मन्दिरको वरिपरी रहेका खाली जग्गामा घर टहरा बनाएर त्यसलाई व्यपारीकरण गरेर जानकी मन्दिरलाई कुरुप बनाएको कसैले देखेका छैनन् । तर जितन डोमको परिवार रहेका झुपडीलाई अत्यन्तै दयनीय र लालाबाला भएको झुपडीलाई भत्काउनुभन्दा एकपटक मानवीय ढंगबाट सोच्नुपर्ने थियो होला की यस्तो जाडोको समयमा झुपडी भत्काएपछि जितनका बालबच्चा कहाँ जान्छ ? रामतपेश्वरले जालजासी गरेर दिएको गुठीको जग्गामा त्यहाँका भनाउँदाहरु बनाएको घरटहरा ती नगरपालिकाले किन देखेका छैनन् । हिम्मत छ भने जनकपुरको सँस्कृति विगार्ने गरी जथाभावी सार्वजनिक जग्गामा घर बनाएकाहरुको घर भत्काएर देखायोस्


No comments:

Post a Comment