Labels

Wednesday, February 5, 2014

तमलोपाका दुई नेता दिल्ली उडे


काठमाडौ माघ २२ गते । मधेशवादी तीन दलको एकीकरण प्रकृया अन्योलमा रहेको बेला तराई मधेश लोकतान्त्रिक पार्टीका दुई नेता आज दिल्ली उडेका छन् । मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीबीच एकीकरण हुने विषयमा छलफल जारी रहेको बेला राजनीतिक भेटघाटको उद्देश्यले तमलोपाका केन्द्रियद्धय सदस्य बीपी यादव र सीताराम अग्रवाल २ बजेको फलाइटबाट दिल्ली पुगेको छ ।

दिल्ली उड्नुअघि उनले आफू पार्टीको तर्फबाट नभएर व्यक्तिगत भेटघाटका लागि दिल्ली भ्रमणमा जान लागेको नेता यादवले बताए । उनले यो विशुद्ध राजनीतिक भ्रमण हो, मधेशको समसायमीक राजनीतिक बारेमा चर्चा हुनुको साथै एक अर्का देशलाई राजनीतिमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी हुने बताए । को कोसँग भेट्ने बारे उनले खुलाएन । मधेशका तीन दलबीच हुन लागेको एकीकरण बारे केही हुन्छ कि हुँदैन भने जिज्ञासामा उनले कुराकानीमा यो विषय पनि आउन सक्छ तर भ्रमणको एजेण्डा चाहि त्यही मात्र नभएको पनि स्पष्ट पारे ।
तमलोपाका केन्द्रिय सदस्य एवं नेपाल टेलिभिजनका अध्यक्ष अग्रवालले दिल्ली त थुप्रैपटक आइयो गइयो तर यसपटक विशुद्ध रुपमा राजनीतिक भ्रमण गर्न लागेको बताए । त्यहाँ आफ्ना समकक्षि नेता तथा मन्त्रीहरुसँग भेट्ने कार्यक्रम रहेको समेत उनले बताए । तर उनले पनि नेताहरुको नाम बताउन चाहेनन् ।
संयोग एमालेका वरिष्ठ नेता माधव घिमिरे पनि पर्सी शुक्रवार दिल्लीको औपचारीक भ्रमणमा जान लागेका हुन् । आजैको दिन (पाँच तारिख) दिल्ली भ्रमण तय भएको थियो तर पार्टीभित्र संसदी चुनावको लफडाहरुको कारण दिल्ली यात्रालाई दुई दिन लम्बाइएको हो । माधव नेपाललाई राजस्थानको मुख्य मन्त्री र भारतीय प्रधानमन्त्री मनमोहन सिहको निमन्त्रणा रहेको छ ।

No comments:

Post a Comment