Labels

Friday, September 18, 2015

अहिले जारी आन्दोलन मधेसी मोर्चा मात्रको आन्दोलन होइन


  • तुलानारायण साह -
प्रकृयामा मधेसी दल सहभागी नभएकाले आम मधेसीको मनोवैज्ञानिक असहमति छ, नयाँ संविधानमा। त्यसैले मधेसीले संविधान आएकोमा दीपावली मनाउन सक्दैन। संविधानले मधेसलाई काठमाडौसँग जोड्नुपर्ने थियो तर यसले चिस्याउने काम गरिरहेको छ। वास्तवमा काठमाडौंले आरोप लगाउन जति समय खर्च गर्छ त्यति मधेसलाई बुझ्न किन खर्चदैन? सोचनीय विषय हो।

मूलत : मधेसले संविधान निर्माण प्रकृयामा आफू हेपिएको, ठगिएको र अलग पारिएको सोचाइ राख्छ। तीन प्रमुख राजनीतिक दलले गरेको १६ बुँदे सहमतिलगत्तै मधेसले संविधान निर्माणमा आफ्नो भूमिका पाउन छाड्यो र त्यो अवस्था संविधान जारी गर्ने मुखैमा समेत कायम रह्यो – चाहे मधेसमा आन्दोलनको आगो बलोस् या मधेसी जनताको बलिदानी नै किन नहोस्।

नेपालमा संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने कुनै नयाँ माग थिएन। २००७ सालदेखि नै संविधानसभाको कुरा उठेको भए पनि २०६४ सालसम्म आउँदासम्म यसलाई कसले संस्थागत गर्‍यो र सार्थक बनायो र त्यसका नायकहरु को को हुन् ? महत्वपूर्ण हो। सुरुमा कांग्रेसले संविधानसभाको विषय उठान गरेको हो जसलाई उसले पूरै छाड्यो। यसलाई उचाई दिने मुख्य योगदान माओवादीकै हो। त्यसको परिणाम संविधानसभाका लागि २०६२ सालमा मात्र कांग्रेस र एमाले सहमत भएका हुन्।

Wednesday, September 16, 2015

खण्डित मानस, दण्डित राष्ट्र !

चन्द्रकिशोर 
 जुन दिन संविधानसभा मतदान प्रक्रियामा गयो, त्यही दिन काठमाडौंमा कार्यरत एक व्यावसायिक मित्रले फोनमा भने, ‘आज अफिसमा मन लागेन, मन रोयो । त्यहाँ अन्य समुदायका साथीहरू अहिलेको राजनीतिक सन्दर्भमा आफ्नो जित भएको ठान्दै अट्टहास गर्दै थिए । त्यहाँ आफूलाई थाम्न सकिन र डेरा फर्किएँ ।’ ऊ राजनीतिमा सक्रिय मधेसी होइन ।
आफ्ना अफिसका सहकर्मीहरूको व्यवहारलाई हेर्दै उसको दुखेसो थियो, ‘मेरो पुस्ताले सकेन, अझ कैयौं पुस्ताले कुर्नुपर्ने भयो ।’ त्यसैगरी सर्वोच्च अदालतले राजनीतिक आन्दोलनमा गोली चलाएर प्रदर्शनकारीको ज्यान नलिन अन्तरिम आदेश जारी गरेकै दिन रूपन्देहीको बेथरीमा केही मानिस प्रहरीद्वारा मारिए । प्रहरीको दमन शत्रुराष्ट्रको नागरिकमाथि गरिनेभन्दा पनि बढी भइराखेको छ ।

संशोधन प्रस्तावमाथि महन्थको अपत्ति

गोरखापत्र समाचारदाता
काठमाडौ भदौ २० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन दलले संयुक्त रुपमा पेस गरेको संशोधन प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ ।
अध्यक्ष ठाकुरले आइवार एक विज्ञप्ति जारी गरी भदौ १९ गते तीन दलले दर्ता
गराएको संशोधन प्रस्तावले थारु–मधेशी, आदिवासी–जनजाति, मुस्लिम, दलित लगायत
सिमान्तकृत समुदायकोे पहिचान, स्वशासन, समानुपातिक प्रतिनिधित्वलााई अस्वीकार गरेको
आरोप लगाउनु भएको छ ।

छातीमा गोली ठोकेर जारीको गरेको सविधानको कुनै अर्थ रहँदैन


-किशोर नेपाल
भुईंचालोपछि बसेको संविधानसभाको बैठकबाट फर्किंदा माननीय सदस्यहरुले हातमा “लेजिस्लेचर्स ब्रिफकेस” झुण्ड्याएजस्तै, पीडितका लागि राहतमा आएको एकएक थान पाल झुण्ड्याएका थिए। यो पटक उनीहरुले आफ्ना पार्टीका कार्यकर्ताका कृति विमोचन गर्दै दर्शकलाई कृतिको अग्रभाग देखाउने शैलीमा एकएक थान संविधान देखाउँदै सभागृहबाट बाहिर निस्किने अनुमान गर्न सकिन्छ। तर, के यो सम्भव होलारु जनताको नाममा तयार पारिएको संविधान जारी गर्न जनताविरुद्ध शक्तिको प्रयोग गर्ने हो भने यो असम्भव नहोला। तर, सजिलो पक्कै छैन ।

मधेशमा दलहरुको अवस्था


काठमाडौ भदौ २८ गते । सविधानसभामा सविधानको धारामाथि छलफल शुरु भएको छ । उता तराई मधेशमा सिमांकनलगायतको विषयमा असन्तुष्टि जनाउँदै मधेशी तथा थारु नेताहरुले आन्दोलन गरिरहेका छन् । मधेशी तथा थारुहरु नेताहरुले मधेशमा आन्दोलन गरेपनि बहुमतले असोज ३ गते नयाँ सविधान जारी हुन गइरहेको छ ।
सविधानसभामा रहेका स्वतन्त्रसहित ३२ दलमध्ये २१ दल सविधान निर्माणको प्रकृयामा भाग लिएका छन् भने स्वतन्त्रसहित ११ वटा राजनीतिक दल सविधान निर्माणको प्रकृयाभन्दा बाहिर रहेर आन्दोलन गरिरहेका छन् । यी ११ वटा दलसँग जम्मा ५७ जना सभासद् रहेका छन् । तराई मधेशका सम्पूर्ण जिल्ला अहिले आन्दोलित छन् । झापादेखि कञ्चनपुरसम्मका २० वटा जिल्लालाई तराई मधेशको जिल्लाको रुपमा चिनिएको छ ।
दोस्रो सविधानसभाको चुनावबाट सबभन्दा ठूलो पार्टीको रुपमा नेपाल काँग्रेस आएको छ ।

मलिकलाई देह बेच्दा बेच्दै......


–सुरेशकुमार यादव

‘जाने हो ?’
‘जाने’
‘कति लिने हो ?’
‘कति जना हो, कहाँ जाने हो नबुझि कति लिने कुरा कसरी भन्ने’, रत्नपार्कको फलामे बारमा अडेस लिएर मधुरो उज्यालोमा उ (ग्राहक) तिर हेर्दै नहेरी मैले जवाफ दिएका थिए ।
सडकमा गुडिने गाडीको लाइट (प्रकाश) बेला बेलामा अनुहारमा आएपछि मात्र कसैलाई प्रष्ट देखिने, नभए मधुरो अन्ध्यारोमै ग्राहकसँग कुरा मिलाउनुपर्ने अवस्था थियो ।
‘म एक्लै छु । तिमीले जहाँ लैजान्छौ त्यही जान्छु,’ म तिर हेर्दै नहेरी उसले (ग्राहक) पनि जवाफ दिए । बेलाबेलामा उसले मेरो अनुहारतिर हेर्थे पनि तर जब गाडीको लाइट आउथ्यो अनि उ आफ्नो अनुहार आफै लुकाउँथे ।
म पनि उसको अनुहारतिर राम्री हेर्न पाउँदैन्थे । किनभने मेरो नजर अरु ग्राहकमा पनि पुर्याउनु पथ्र्यो ।
‘रातभरि बस्ने हो कि एकपटकलाई मात्र हो’
‘रातभरिको कति ? एकपटकलाई कति हो । पहिला रेट भन्नुस् न अनि न कुरा गर्छु’