Labels

Wednesday, September 16, 2015

संशोधन प्रस्तावमाथि महन्थको अपत्ति

गोरखापत्र समाचारदाता
काठमाडौ भदौ २० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन दलले संयुक्त रुपमा पेस गरेको संशोधन प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ ।
अध्यक्ष ठाकुरले आइवार एक विज्ञप्ति जारी गरी भदौ १९ गते तीन दलले दर्ता
गराएको संशोधन प्रस्तावले थारु–मधेशी, आदिवासी–जनजाति, मुस्लिम, दलित लगायत
सिमान्तकृत समुदायकोे पहिचान, स्वशासन, समानुपातिक प्रतिनिधित्वलााई अस्वीकार गरेको
आरोप लगाउनु भएको छ ।

उहाँले सीमांकनको सन्दर्भमा ६ प्रदेशबाट ७ प्रदेश र फेरि एकलौटी संशोधन प्रस्तावले थारु
मधेशी, आदिवासी–जनजाति, मुस्लिम, दलित लगायतकाहरुको शान्तिपूर्ण आग्रह र विद्रोहलाई
संवैधानिक व्यवस्था विपरित दमन गर्न लागेको आरोप विज्ञप्ति मार्फत लगाउनु भएको छ ।
समानता, स्वायत्तता तथा समानुपातिक प्रतिनिधित्व र सहभागिता विरुद्ध तीन दलको कुनै पनि
गतिविधि स्वीकार्य नहुने बताउँदै उहाँले गतिविधि तत्काल रोकिएन भने कडा र अन्तिम
संघर्षमा जाने चेतावनी दिनुभएको छ । उहाँले संविधानसभाका सबै प्रक्रिया रोकी आन्दोलनका
क्रममा मृत्यु भएकालाई शहीद घोषणा गरी पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्नुभएको छ ।
साथै संविधान निर्माणसँग सरोकार भएका सबैसँग संवाद कायम गरी आदिवासी–जनजाति
सहित सबैको पहिचानको सम्मान गर्दै शान्ति स्थापनाका साथै विगतमा भएका सबै संघर्ष,
जनआन्दोलन र मधेश विद्रोहले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडि बढ्ने वातावरण
बनाउन उहाँले सरकारसँग माग गर्नुभयो

No comments:

Post a Comment