Labels

Wednesday, September 16, 2015

मलिकलाई देह बेच्दा बेच्दै......


–सुरेशकुमार यादव

‘जाने हो ?’
‘जाने’
‘कति लिने हो ?’
‘कति जना हो, कहाँ जाने हो नबुझि कति लिने कुरा कसरी भन्ने’, रत्नपार्कको फलामे बारमा अडेस लिएर मधुरो उज्यालोमा उ (ग्राहक) तिर हेर्दै नहेरी मैले जवाफ दिएका थिए ।
सडकमा गुडिने गाडीको लाइट (प्रकाश) बेला बेलामा अनुहारमा आएपछि मात्र कसैलाई प्रष्ट देखिने, नभए मधुरो अन्ध्यारोमै ग्राहकसँग कुरा मिलाउनुपर्ने अवस्था थियो ।
‘म एक्लै छु । तिमीले जहाँ लैजान्छौ त्यही जान्छु,’ म तिर हेर्दै नहेरी उसले (ग्राहक) पनि जवाफ दिए । बेलाबेलामा उसले मेरो अनुहारतिर हेर्थे पनि तर जब गाडीको लाइट आउथ्यो अनि उ आफ्नो अनुहार आफै लुकाउँथे ।
म पनि उसको अनुहारतिर राम्री हेर्न पाउँदैन्थे । किनभने मेरो नजर अरु ग्राहकमा पनि पुर्याउनु पथ्र्यो ।
‘रातभरि बस्ने हो कि एकपटकलाई मात्र हो’
‘रातभरिको कति ? एकपटकलाई कति हो । पहिला रेट भन्नुस् न अनि न कुरा गर्छु’

‘रातभरि बस्ने हो भने तीन हजार र एकपटकका लागि १५ सय’
‘अलि महँगो भयो’, उसले हल्का ढंगले भने, ‘अलि मिलाउनुस्’
‘यो भृकुटी मण्डपको माल हो र कि मिलाउने कुरा गर्नु हुन्छ’, मैल उतिर फर्केर भनेका थिए तर उसको अनुहार मैले राम्रोसँग हेर्न सकिन ।
‘भृकुटी मण्डपको नभए पनि रत्नपार्कको माल हो नि त’, जिस्काउने शैलीमा हाँस्दै उसले भने ।
‘ल ल धेरै कुरा नगर्नुस् मामा (प्रहरी) आएपछि यहाँ पनि उभ्न दिँदैन । लखेटेर उतातिर धपाउँछन् । छिटो गर्नुस् के गर्नुहुन्छ ।’
‘त्यही त मलाई रातभरिलाई चाहिएको हो, तर तीन हजार तिर्न सक्दिन अलि मिलाउनुस्’, अलि जोड दिएरै भने उनले ।
सहिदगेटतिरबाट आउँदै गरेको एउटा गाडिको लाइटसँगै मेरो नजर पनि उसको अनुहारमा पर्यो । दुईजनाकै नजर जुध्यो । यो त दिपु रहेछ । अन्यास मेरो मुखबाट दिपु शब्द झर्न लागकै थियो । तर सम्हाले आफूलाई ।
‘मुखबाट यसो माक्स साक्स हटानुस् न । अनुहार पनि हेरौ न हौं ।’ दिपुको यो आग्रहपछि म सझगं भए ।
माक्स नहटाए झन शंका । हटाएपछि पक्रिने डर । दिपु अर्थात दिपेन्द्र तामाङ । हामी झापाको बलभद्र माविमा सात कक्षासम्म सँगै पढेका थियौ । उसको बुबाको सरुवा नेपालगञ्ज भएपछि मसँग उ छुटिएका थिए । मैले मात्र उनलाई दिपु भन्थे ।
दिपुको आग्रहमा डराउँदै मैले माक्स हटाए ।
‘ल ठिक छ । कुरा फाइनल गरौं, जाउँ ढिलो भयो ।’
उसको यो कुराबाट मैले गहिरो साँस लिए । थ्याँक गड दिपुले मलाई चिन्न सकेनन् ।
मैले भने, ‘रातभरि बस्ने हो भने तीन हजारभन्दा कम हुँदैन जाने हो भने जाउ नत्र यहाँबाट जानुस् मेरो नजिकमा अरु (ग्राहक) लाई आउन दिनुस् ।’
‘त्यही त अलि कति मिलाउन भन्छु मान्दैनौ तिमी, म तीन हजार तिर्न सक्दिन ।’
‘रातभरि मज्जा पनि लिने । माल पनि दुरुस्तै चाहियो । अनि तीन हजार पनि तिर्न नसक्ने कस्तो मर्द हो तपाई ।’, यो लवज र यस्ता शब्द प्रयोग गर्ने दिनचार्या बनिसकेको थियो मेरो लागि । तर यहाँ दिपुका लागि पनि यस्ता शब्द प्रयोग गर्नु परेको छ मलाई कस्तो न कस्तो लागि रहेको छ । तर बाध्यता हो । यो पेसामा दिपु पनि मेरो लागि आमग्राहक जस्तै हो । अरुलाई गर्ने व्यवहार दिपुसँग गरिएन भने उसले शंका गर्न सक्छ ।
‘म १५ सय मात्र तिर्न सक्छु, जाने हो भने जाउ नत्र म लागे डेरातिर’, उसको यो लचारीपन वाक्यबाट अलि आतिए म । सायद मलाई दिपुले छाडेर जाने हो कि । ‘कति कन्जुस भयौ दिपु तिमी । पहिला त तिमी यस्तो थिएनौ, मेरो नाममा हजारौ उडाउने दिपु आज किन यस्तो बार्गेनिगं गरिरहेका छन्’, मनमनै सोचे ।
‘ल ठिक छ, यहाँबाट जाने ट्याक्सी भाडा र कोठामा खाने खर्च तपाईले नै व्यहोर्नु पर्छ है’, मैले दवाव र आदेशात्मक शैलीमा दिपुलाई भने ।
‘हुन्छ, कति नै खानामा खर्च लाग्छ तिरौला नि जाउँ’ भनि उ हतारिएर बाटो लागे ।
‘कति हतारिएको, ट्याक्सी खोज्नु परेन’
‘ट्याक्सी उ पर पाइहाल्छ नि’, भन्दै दिपु दरवार हाइस्कूलको छेउमै पुगे । पछि पछि म पनि त्यहाँ पुगे । मैले एउटा ट्याक्सीबालासँग कुरा गरेर । दिपुलाई चढाएर नयाँ बजारतिर लागे ।
म र दिपु पछाडिको सिटमा सँगै बसेपनि दिपुले मेरो अनुहारतिर एकपटक पनि हेरेनन् । म चाहिँ उसको जिउमा टाँसिन खोज्थे । र, टाँसिए पनि ।
‘टाँसिदैमा के बिग्रिन्छ होला, रातभरि चढ्ने नै हो ।’ सायद दिपुले यही सोचेर टँसाईमा उसले कुनै आपत्ति जनाएनन् । उसले केही बोलोस् जस्तो लाग्थ्यो मलाई । तर अहँ बाटोभरि उसले मुखसम्म खोलेनन् । बरु ट्याक्सी ड्राइभरले बेलाबेलामा ऐनमा मलाई हेर्नु हुन्थ्यो । दुईजनाको नजर जुध्थ्यो पनि । म छोटो मुस्कान दिएर विदा गर्थे उहाँलाई ।
ट्याक्सी टक्क अड्यो । ए ! हेर्छु त कोठा नजिक आइसकेको छ । कति छिटो आइसकेको छु जस्तो लाग्यो मलाई । मेरो कोठाको बारेमा यो ट्याक्सी ड्राइभरलाई थाह रहेछ । उनले सैयो यस्ता ग्राहक लिएर मेरो कोठासम्म आइसकेका छन् । कहिले काही त मलाई न सोधीकन पनि मेरो कोठासम्म ग्राहक पुर्याइ दिन्थे र भन्थे वहिनी तपाईको फोन लागेन । त्यसको बदलामा म कहिले केही तिरिनन् उहाँलाई । बरु जहाँ भएपनि ग्राहकको लागि उहाँकै ट्याक्सी प्रयोग गर्थे । र, दुई चार सय रुपियाँ बढी दिन लगाई दिन्थे ग्राहकबाट ।
‘पाँचसय दिनुस् ट्याक्सीबालालाई ।’ भन्ने वित्तिकै दिपुले कुनै जवाफ नफर्काई अकमकाई अकमकाई पाँचसय रुपियाँ तिरी दिए । जबकि रत्नपार्कबाट नयाँ बजार आउनलाई १५० रुपियाँ मात्र हो ।
हामी दुई दोस्रो तालामा उक्लियौ । अढाई तल्ले त्यो घर हामी यस्तै काम गर्ने चारजनाले मिलेर लिएका हौं । त्यसैले जति बजे जतिबेला आएपनि हुने भो । कसैले केही बोल्दैनन् । घर अलि एकान्तमा छ ।
कोठाको ताल्चा खोल्ने वित्तिकै । दिपु हतार हतार गरि मभन्दा पहिला नै घरभित्र छिरे । घरभित्र छिर्ने वित्तिकै कोठाको चारैतिर आँखा डुलाए उनले । कोठामा खासै केही थिएन । एउटा खाट, केही सामान्य लुगाफाटा, पानी र बियरका खाली बोतल, मच्छर धुप र एक ऐनाबाहेक अरु केही थिएन । यहाँसम्म कि कार्पेट पनि ओछ्याएको थिएन ।
‘यस्तो कोठामा बस्छौ तिमीहरु’, दिपुको यो प्रश्नले मलाई झस्कायो तर म आफूलाई सम्हाल्दै भने, ‘रण्डीहरुको कोठा कस्तो हुन्छ भने कुरा तपाईलाई सायद थाह छैन होला । सायद तपाई पहिलो पटक यस्तो काममा आउनु भएको छ ।’ सन्दर्भ अनुसार दिपुलाई कहिले तपाई र कहिले तिमी भन्थे ।
‘हो यो मेरो पहिलो अनुभव हो ।’
‘त्यसो भए आज आनन्द हुने भयो हैन ?’ मैले मुसुक्क हाँसेर साधे ।
दिपुले मुस्कुराउँदै टाउको मात्र हलाए । र, फटाक भनि हाले, ‘ल ढिलौ नगरौ । धेरै राती भयो ।’
‘ए मिस्टर खानपिन हुँदैन । खाएनौ भने रातभरि कसरी सक्नु हुुन्छ । हतार नगर्नुस् । यो माल हजुरकै हो । रातभरि होइन विहानसम्म झुण्डि रहनुस् । खाएर पहिला बलिया थ हुनुस् ।’
‘खाउ न त के खाने हो मलाई पनि अलि अलि भोक लागेको हो’, मेरो कुरा नसकिदै दिपुले खाने मन बनाई हाले ।
रातको १० बज्दो हो । मैले फोन गरे । हामीले खानेकुरा अथवा चाहिएको कुरा ल्याई दिने एउटा केटा राखेका छौ । त्यसैलाई फोन गरे । दिपुकै सल्लाहमा दुई प्लेट खसीको सेकुवा, एउटा मःमः र दुई प्लेट भुटेको च्यूरा र दुईटा बियर र दुई बोतल पानी लिएर आउन भने ।
तर अच्चम दिपुले मलाई अझैसम्म पनि चिन्न सकेका छैन । रत्नपार्कमा अन्ध्यारो भएको कारणले चिन्न नसकेको होला तर कोठा त ढपक्क उज्यालो छ । तैपनि उनले मलाई चिन्न सकेन ।
कुनै कारणले मलाई चिनि हाल्यो भने डर मेरो मनभित्र कायमै थियो । तर अच्चम म त्यो दिपु र अहिलेको दिपुमा धेरै फरक पाए । त्यो चञ्चले दिपु र यो सोझो दिपु ।
मैले लगाएको कालो भेस्ट खोलेर खुट्टीमा झुण्ड्याई दिए । तल जिन्स पेन्ट र माथि भित्रिको कालै लुगा मात्र मेरो जिउमा हुने भयो । उ त झन लजाएर आँखा झुकाएर मलाई हेर्यो । ६ महिना भयो यो पेसामा लागेको । यस्तो लाज मलाई कहिले महसुस भएको थिएन । र, यस्तो भलादमी ग्राहक पनि पाएको थिइनन् ।
अरु भएको भए यतिबेलासम्ममा एकपटक भ्याई सकेको हुन्थ्यो । उ बसेका छन् खानाको प्रतिक्षामा ।
‘कति ढिला भएको हौं खानेकुराको’, मबाट आँखा चोराउँदै दिपुले भने ।
‘म बाथरुम पुगेर आउँछु हैं’ भन्दै उसको कुरालाई वेवास्ता गर्दै कोठाबाट निस्के बाथरुमा गए । हामी बेश्यापनि आफ्नो काममा इमान्दारिता देखाउँछौ । बाथरुममा गएर । मज्जाले धोए, साबुन लगाएर । आज दिनमा दुई पटक भइसकेको थियो । धुन भ्याएको थिइन् । रुमालले पुछ्न मात्र भ्याएको थिए । अलि अलि गन्हाइ रहेको थियो ।
सायद त्यो केटा पनि दिदी दिदी भन्दै ढोका ढकढकायो । हामीले उनलाई भनि सकेका थियौ कि कोठामा कहिले पनि नपस्नु । बाहिरैबाट खानेकुरा दिएर जानु केटोले त्यस्तै गर्थे । बाथरुममा भएको तौलिया नागों जिउमा राखेर निस्के । केटोबाट खानेकुरा लिए । ८५० रुपियाँको बील दिएर केटो गयो ।
म खानेकुरा लिएर ढोका खोलेर भित्र पसे । उ एउटा अवोध भलादमी जस्तै खाटमा बसिरहेका छन् प्रतिक्षारत अवस्थामा ।
‘ल खाऔं । ढिलो भयो ।’
‘हुन्छ’, त्यति मात्र भनेर खाटमा राखिएको खानेकुरामध्ये सेकुवाको एउटा टुकडी मुखमा राखेर । मेरो अनुहारतिर हेर्यो । म पनि उनकै सामुनेमा बसे । अरु दिन ग्राहकको छेउमा गएर बस्थे टाँसिएर तर आज किन हो कुनि मलाई भित्रैदेखि लाज लागिरहेको थियो ।
बियर खाने गलास पनि थिएन । जहिले पनि बोतलमै खान्थ्यौ । त्यो दिन पनि त्यसै गरियौ । दिपुले एउटा बोतल सिध्यायो मैले अर्को ।
उ मःमः खान मानेन । मैले नै सिध्याए । खानेबेला पनि दिपुले केही बोलेनन् । मेरो त झन बोल्ने कुरै आएन । समातिने डरले सताइरहेको थियो त्यसैले म डराई डराई बोल्थे ।
खान सिध्याएपछि मैले नै दिपुलाई लुगा खोल्न निर्देशनात्मक शैलीमा भने । उनले पनि एउटा अज्ञाकारी ग्राहक जस्तै सट खोलेर खुटीमा झुण्डाएर फेरि खाटमा बसे । अनि मैले भने, ‘प्यान्ट आफै खोल्ने हो कि मैले खोल दिने हो ।’
त्यसैपछि लजाउँदै उनले बेल्ट खोल्दै भने, ‘बत्ति निभाई दिनुस् न ।’ भित्रदेखि हाँसो पनि उठ्यो र माया पनि । यो पहिलो ग्राहक हो जो बत्ति निभाउन भनेका छन् । कति गा्रहकले त टर्च बालेर हेरि हेरि झुण्डि रहेका हुन्छन् ।
दिपुले मेरो मनको कुरा गर्यो । मलाई पनि दिपुको अगाडि प्यान्ट खोल्न साहस भइरहेको थिएन । म बत्ति निभाई दिए । कालो अन्ध्यारो भयो । दिपुलाई मलाई समातेर ओछ्यानमा पछार्यो । मैले मनमनै भने, ‘वाह रे मेरो राजा । उज्यालोमा लजाउने अनि अन्ध्यारोमा पछार्ने ।’
मैले आफूलाई दिपुसमक्ष सुम्पि दिए । पतिव्रता नारी जस्तै । श्रीमानसँग सुतेको जस्तो मैले पहिलो पटक यस्तो अनुभव गरे ।
मेरो जीउमा बाँकी रहेको लुगा पनि खाटमुनी कसरी पुग्यो पत्तै भएन ।
मैले भने, ‘अब बत्ति बालौ कि ।’
‘होइन, एकछिन हैं’ भन्दै हत न पत उ आफ्नो प्यान्ट लगाए ।
मैले पनि नाइटोको तल आफ्नो सल बेरे र बाथरुमबाट ल्याएको तौलियाले अन्ध्यारोमा खोजेर भए पनि जिउलाई ढाके । जो यसअघि कहिले भएको थिएन किनभने सबै कुरा उज्यालोमै हुन्थ्यो र उज्यालैमै सकिन्थ्यो ।
रातीको डेढ बजेको हुँदो हो । मैले भने, ‘पुग्यो कि अझै चाहिन्छ ।’
उनले भने, ‘यतिका रात बाँकी छ, भइ हाल्छ नि ।’
‘आ हो ! मान्छे त रंगिला नै रहेछ ।’
उसले लजाउँदै टाउको निहुराएर भने, ‘पैसा तिरेको छु । त्यो त सिध्याउनु पर्यो नि त ।’
‘ल ल रात तपाईकै हो मौज गर्नुस् । अब बत्ति निभाउ कि उज्यालैमा चल्छ ।’
‘होइन, एकछिन् पानी खाउ न त । अनि निभाउनु होला ।’
मैले पानीको बोतल दिए । उ पानी खाँदै भने, ‘मलाई त कता कता तपाईलाई कतै देखे जस्तो लाग्यो ।’
उनले यति के भनेका थिए, मेरो जिउ पसिना पसिना भयो । म गलेर थच्चक खाटमा बसे । तर, आफूलाई सम्हाल्दै भने, ‘म बाटोको माल न हुँ कतै नकतै पक्कै पनि देखेको हुनुपर्छ । ल बत्ति निभाउ अब ।’
‘होइन, एकछिन थकाई त मार्न दिनुस् यति रात बाँकी छ’
उनले यसो भनेपछि त म झन तर्से । तर उ वास्तवमा थाकेकै थियो । एकछिन् रेस्ट गर्न खोजेकै थियो ।
‘तिमीसँग सुतेपछि कता कता मेरो पुरानो दिन याद आयो । बिनु र तिमीमा केही फरक पाइनन् ।’
दिपुले मलाई बिनु भनेर बोलाउँथे । तर मेरो वास्तविक नाम बिना रसाईली हो । विनु भनेपछि मेरो मनमा चस्सक केहीले चुभियो जस्तो लाग्यो ।
‘त्यही हाउ भाउ । त्यही क्रिडा । त्यही आनन्द । अच्चम लाग्यो मलाई तिमीसँग सुतेपछि त ।’ उनले पुरानो दिनलाई खोतल्दै भने । म दिपुसँग रात मात्र होइन दिन पनि कति पटक बिताई सकेका हुँ । हामी एक अर्काबिना बाँच्ने स्थितिमा थिएनौ । तर, दिपुले आफ्नो बाध्यता देखाएर पछि भेट्ने भन्दै नेपालगञ्जतिर लागेका थिए । तर आज भेट भयो पनि यस्तो अवस्थामा ।
दिपुले पुरानो कुरा भन्दै गएपछि मेरो आँखाका आँसु थामिएन । टप्पक झरियो । मैले आफूलाई रोक्ने प्रयास गरे । तर, दिपुले थाह पाएछ ।
‘होइन, तिमी किन रोएको, मबाट कुनै गल्ति भयो कि क्या हो ? बढी भयो कि क्या हो ? दुख्यो कि क्या हो ? अहिले त कति राम्रो कुरा गरिरहेका थियौ । अहिले नै के भयो ?’
एक सुरले भन्दै गए दिपुले तर मेरो बारेमा सोध्दै सोधेन । म को हुँ । कहाँ को हुँ । केही पनि सोधेन । र, अझै मलाई ठम्याउन सकेन ।
‘होइन दिपु मलाई त्यस्तो केही भा को छैन’, अन्यास मेरो मुखबाट दिपु शब्द निस्कियो । आँसुले डम्म भरेको आँखाले दिपुतिर हेरे । दिपु पनि मलाई आश्चर्यको आँखाले हेरिरहे ।
‘होइन, मेरो नाम दिपु हो भने कुरा तिमीले कसरी थाह पायौ । विनुले मात्र मलाई दिपु भन्थिन् ।’ दिपुले प्रश्न चाङले खडा गर्यो ।
‘दिपु म नै हुँ तिम्रो विनु ।’
‘होइन, मलाई विश्वास लाग्दैन । विनु यस्तो घिन लाग्दो काम कहिले पनि गर्न सक्दैन । त्यस्तो मास्टर अंकलको छोरीले यस्तो घिन लाग्दो काम कहिले पनि गर्दैनन् । भन तिमी को हौं । मेरो नाम कसरी थाह पायौ ?’, उनले ममाथि विश्वासै गरेनन् ।
एकछिन् त सरी भनि हालौ वा कुनै बहाना बनाएर दिपुको पिछा छोडाई हालौ जस्तो लाग्यो तर मलाई पनि दिपुको वास्तविकता बुझ्नु छ । सिडियोको छोरा यसरी सडकको केटी किन खोज्दै हिड्न थालेका छन् ।
मैल पढ्दै गरेको ताहचल कलेजको आइडी कार्ड देखाए । कार्ड देखाउने बित्तिकै दिपु तीन छक्क परे । आइडीको फोटो हेर्ने वित्तिकै विनु शब्द मात्र मुखबाट निस्कियो । किनभने फोटो त्यही स्कूलकै बेलाको थियो । अहिले त मेरो भूडी बाहिर आएको छ । जिउ सुनिएको जस्तो मोटाएको छु । गाला पनि रातेराते डम्म फुलेको छ । रातो मेहन्दीले कपाल रंगेको छु । रातमा टल्किने मेकअप र ओठमा राते लिपिस्टिक पनि बेसरी नै दलेको छु त्यही कारणले होला । दिपुले मलाई चिन्न नसकेको ।
तर बिताएरका रातका पलहरु, दिनका पलहरु र त्यो बेलाको हाउ भाउमा परिवर्तन थिएन र राती सुत्ने बेला उनले ठ्याक्कै ठम्याई हाले । र म समातिए ।
‘विनु के भयो । कसरी भयो यस्तो ? मलाई त अझै पनि विश्वास लाग्दैन । कि तिमी नै हौ भनेर ।’
‘विश्वास गर दिपु । म उही तिम्रै अभागी दिपु हुँ जो झापामा तिम्रो लागि सबभन्दा प्यारी थिए । तिमी मलाई छाडेर नेपालगञ्ज गएपछि, मेरो सारा संसार अन्ध्यारो भयो । म पानीविनाको माछा जस्तै भए । भित्र भित्र छटपटाउनु बाहेक अरु कुनै उपाय मसँग थिएन ।’
‘म नौ कक्षामा पढ्दा । एउटा एक्सीडेन्टमा मेरो बुवाको निधन भयो । त्यसपछि मेरो परिवारको सारा सिस्टम नै भताभुगं भयो । ६ वर्षको एउटा भाइ, आमा र म बेसाहारा भए । राहत शिक्षक कोटामा बुवा काम गरि रहनु भएको हुनाले स्कूलबाट केही थप आउने कुरा थिएन । स्कूलबाट चार महिनाको तलब लिन बाँकी थियो । एकलाख जति त्यहाँबाट आयो त्यही नै हाम्रो सहारा भयो ।
स्कूलले काजक्रियाका लागि १० हजार दिएको थियो । काजक्रिया गरेपछि जसोत्यसो एसएलसी पास गरे । त्यसबेला मेरो भाइ तीन कक्षामा पढी रहेका थिए । एसएलसी पास गरेपछि केही काम गरौ भनि झापादखि मोरगंसम्म खोजे तर केही पाउन सकिन । कतिपयले सल्लाह दिए कि काठमाडौमा काम पाइन्छ । मलाई पनि काठमाडौ जाने रहर जाग्यो । त्यहाँ गएर पढ्ने पनि र केही काम पनि गर्ने सोचका साथ आमा र भाइलाई लिएर काठमाडौ आए ।
परोपकार उच्च माविमा नाम लेखाए । भाइलाई पनि त्यही चार कक्षामा नाम लेखाई दिए । तर यहाँ पढाई भन्दा पनि कामको चटारो थियो मलाई । कलेज छाडेर म कामको खोजिमा निस्किन्थे ।
एकदिन महाराजगञ्जको एउटा मेन पावरमा काम पाए । महिनाको पाँच हजार तलबमा । रिसेप्सनको काम । काम खासै गाह्रो थिएन । दिनभरि बसि राख्ने । फोन आयो भने सुचना टिप्ने र भित्र हाकिमलाई जानकारी गराउने । काम गाह्रो नभएपनि मेरो हाकीमको नजर ममाथि नै थियो । उसले मलाई बेलाबेलामा आफ्नो च्याम्बरमा बोलाएर जिस्काउँथे । मेरा संवेदनशिल अंगहरु चलाई दिन्थे । मैले केही बोलिनन् । सहदै गए । विस्तारै विस्तारै हाकीमले मलाई आफूसँग सुत्न बाध्य पार्नुभयो ।
म पनि सुत्न राजी भए । त्यो पनि लोभमा । पाँचहजार भन्दा बढी पैसा दिन्छ कि भने स्वार्थमा मालिकसँग सुते पनि । तर उहाँले मलाई भोग्नु बाहेक अरु केही दिनु भएन । कहिले काही रेष्टरेण्ट र होटलमा गएर खाजा, खाना खुवाई दिनु हुन्थ्यो । त्यति हो । तर महिनामा पाँच हजारभन्दा एक रुपियाँ पनि बढ्ता रकम बुझिनन् । म उहाँसँग सुत्ने बेलामा तलब बढाई दिनु पर्यो सर । अनि हुन्छ हुन्छ भन्नु हुन्थ्यो । तर कहिले एक पैसा बढ्ता दिनु भएन । जब कि पैसाकै लोभमा उहाँसँग कतियौं रात बिताए ।
पाँच हजारले के हुन्थ्यो । मेरो अवस्था दिन दिनै विग्रिदै गयो । आमासँग दिनरात झगडा हुन्थ्यो । कुरा कुरामा आमा रिसाउनु हुन्थ्यो । भाइलाई जथाभावी पिट्न थाल्नुभयो । तनाव बढ्दै गयो । पछि मेनपावरको काम छाडेर कोटेश्वरको एउटा डिमार्टमेन्ट स्टोरमा काम गर्न थाले । त्यहाँ महिनाको सातहजार दिन्थ्यो । दिउँसोको खाजा पनि ।
तर, त्यहाँको मालिकको व्यवहार मेनपावरकै मालिक जस्तो थियो । सधैं साँझमा जाने बेलामा मलाई मेरो कोठा छाड्ने बाहानामा आफ्नो गाडिमा लिएर जानु हुन्थ्यो । र, बाटोमा कुनै गेस्ट हाउसमा लगेर मलाई गमन गर्नुहुन्थ्यो । म त्यहाँ पनि त्यही आग्रह गर्थे सर मेरो तलब बढाई दिनु पर्यो । उहाँले पनि हुन्छ हुन्छ बाहेक केही गर्नु भएन । तबल नबढाए पनि यसो दुई चार हजार रुपियाँ त्यतिकै दिँदा हुँन्थ्यो तर अहँ कहिले एउटा फुटी कौरी पनि दिनु भएन । त्यही मालिक जस्तै खाजा र खानामा मात्र सिमित राख्नुभयो मलाई । एक दिन यस्तो पनि भन्नुभयो कि ‘तिमीहरु जस्तो केटीहरुलाई यहाँ जागिर दिनुको कारण पनि यही हो ।’
एक दिन कोठामा जाँदा मेरो आमा हुनुहुन्थिएन । भाइ एक्लै पढेर बसेका थिए । मैले सोधे ‘आमा खोइ ।’ भाइले भने, ‘म आउँदा हुनुहुन्थेन । कोठा खुल्लै थियो ।’
राती फर्केर आउला । भोली फर्केर आउला । अर्को दिन फर्केर आउला । अहँ उहाँ फर्केर आउनु भएन । मोबाइल पनि घरमै छाडेर जानु भएको थियो । एक दुई दिन खोज्ने प्रयास पनि गरे तर कतै फेला पर्नु भएन ।
म डिपार्टमेन्टस्टोरको जागिर छाडेर बानेश्वरको एक कम्यूनिकेशन सेन्टरमा काम गर्न थाले । त्यहाँ फोन उठाउने र फोन गर्ने काम मात्र हुन्थ्यो । नेटवर्किगं जस्तै । मेरो तलब त्यहाँ आठ हजार थियो । आमा गईसकेपछि भाइको जिम्मेवारी झन म माथि आइहाल्यो । भाइलाई देखभालका लागि समय दिन नसक्ने समस्या आयो । अनि मैले एउटा बोर्डिगं स्कूलको त्यहीको त्यहीको होस्टलमा भर्ना गरि दिए । सबै मिलाएर महिनाको १२ हजार तिर्नुपर्ने गरी ।
राख्न त होस्टलमा राखि दिए तर आठ हजारको तलबले कसरी पुर्याउने चिन्ता थपियो । तैपनि आँट गरे । बरु एक्ट्रा काम गर्नुपर्छ पनि गरौला भनि सोचेर आगाडि बढे । मैले यो कुरा आफू काम गर्ने ठाउँको मालिक समक्ष पनि राखे । उहाँले ‘यहाँ त तबल बढाउन सकिदैन तर अरु कुनै काम खोज दिन सकिन्छ’, उहाँले भन्नुभएको थियो ।
आशा जाग्यो दिन दिनै ती मालिकसँग घुम्न थाले । कहिले कहाँ त कहिले कहाँ । कहिले फलानोसँग कुरा गरेको छु भोली बोलाउँछ भन्नुहुन्थ्यो भने कहिले फलानोलाई भनेको छु केही दिनमा बोलाउनु हुन्छ भन्दै मलाई ब्लाकमेलिगं गर्दै मेरो शरिर र मन दुवैसँग खेलबार गर्न थाल्नु भयो ।
कहिले गेस्ट हाउस, कहिले घरमै, कहिले मेरै कोठामै, कहिले पोखरा त कहिले चितवन लगेर मसँग रातदिन विताउनु भयो । म आफ्नो जीवनबाट आजित भइसकेका थिए । अब के गरौ के न गरौं जस्तो भएको थियो ।
भाइलाई भर्ना गर्ने दिन मालिकबाट तीन महिना बाराबरको पेश्की पैसा उठाई सकेका थिए, त्यो पनि मालिकको कृपाले होइन आफ्नो देह बेचेर । तीन महिनासम्म सित्तैमा काम गर्नुपर्ने बाध्यता आयो विना पैसाले ।
त्यही कम्यूनिकेशन सेन्टरमा काम गर्ने एकजना वहिनीले मेरो अवस्था बारे थाह पाइसकेका थिए । उनले एकदिन खाजा खानेबेलामा मसँग कुरा गर्दै भनेका थिइन् । ‘विना यहाँ काठमाडौ हामीलाई भोग्छन् मात्र, त्यसको बदलामा पीडा मात्र दिन्छन् । त्यसैले त्यसभन्दा अलि फरक सोच्नुस् । त्यतिकै पनि यी मालिक भनाउँदाहरु हाम्रो केही बाँकी राखेका छैनन् । आफ्नो भन्ने अब केही रहेनन् हामीसँग । अब यसैलाई प्रयोगमा ल्याउनुपर्छ र यी साला मालिकहरुबाटै रकम उठाउनु पर्छ । हामी सोझो भएर यिनीहरु हामीसँग खेल्छन् । र, पछि धक्का मारेर निकाल दिन्छन् ।’
‘यहाँ यस्ता थुप्र्रै ठाउँहरु छन् जहाँ केटीहरुलाई कल गरेर बोलाउँछन् ।  ठूला ठूला व्यक्तिहरु आउँछन् र एकरातको १०–१० हजार २०–२० हजार रुपियाँ त्यतिकै दिएर जान्छन् । अहिले जवानी छ । सुन्दर छौ । कमाउने हो भने यतिबेला नै हो मौका । यस्तै गर्दा गर्दै बुढी भयौ भने कोही पुछ्दैनन् । पछि यो आठ हजारको पनि जागिर पाउँदैनौ । त्यसैले अब आफूलाई बेच्नुपर्छ ।’
मलाई ती वहिनीको कुरा राम्र्रै लाग्यो । ती वहीनीको सहायतामा कल गर्लको रुपमा काम गर्न थाले । त्यसपछि ठूला ठूला होटलबालाहरुले राती राती बोलाउँथे । फाइभ स्टार, थ्री स्टार होटलहरुमा जान थाले । रातको १० हजारसम्मको आम्दानी हुन थाल्यो ।
दिनमा कम्यूनिकेशन सेन्टरको काम र रातमा कल गर्लको काम । राम्रो दिनको शुरुवात त भयो । आर्थिक अवस्थाले कहिले मलाई जिस्काएनन् । तर, भित्र भित्रै आत्मग्लानी हुन्थ्यो । तर आत्मग्लानी गरेर पनि के गर्ने । यो संसारमा भाइबाहेक अरु कोही पनि थिएन । तिमी पनि मलाई छाडेर नेपालगञ्ज गईसकेपछि खोजविन गरेनौ । सोधखोज गरेनौ । म तिम्रो माया मारेर नै यो पेसामा लागेका थिए ।
दुई वर्षसम्म कल गर्लको रुपमा काम गरे । त्यसपछि विस्तारै विस्तारै कल आउन छाड्यो । महिनामा एक दुईटा बाहेक पाउन्थे ग्राहक । त्यतिबेलासम्ममा कम्यूनिकेशन सेन्टरको जागिर पनि छाडिसकेका थिए । पछि बुझ्दै जाँदा मेरो जवानी ढल्कि सकेको रे । ग्राहकहरुले मन पराउन छाडे रे । त्यही भएर फोन आउन कम भयो ।
विस्तारै त फोनै आउन पनि बन्द भयो । अब कतै काम खोज्न जाँदा पनि काम पाउँदैनन् । पाँच हजार छ हजारको काम गर्न पनि मन मानेनन् । जहाँ लाखौमा खेल्थे । अब पाँच हजारमा कसरी काम गर्ने भन्दै केही दिन काम गरिनन् । कमाएर बैंकमा राखेको पैसा खर्च गर्न थाले । भाइको पनि एसएलसी दिने बेला भयो । मेरो पनि ब्याचलर सकिने बेला भयो ।
भाइ त एसएलसी पास भयो तर म फेल भए जीवनदेखि । मलाई पैसा अभावसँगै शारीरिक भोकको अवश्यकता पनि महसुस हुन थाल्यो । म छटपटिन थाले । अब त बाटैमा जो पाए त्यसैलाई कोठामा उठाएर ल्याउ जस्तो हुन थाल्यो । किन यस्तो भयो । एउटा साथीसँग सल्लाह लिँदा डाक्टरसँग सल्लाह गर्न भनियो । तर, लाजले गर्दा म डाक्टर कहाँ नगईकन सडकमा ग्राहक खोज्न बाध्य भए ।
अलि अलि पैसा पनि हुने र आफ्नो शारिरीक भोक पनि मेटिने भएपछि मैले यही पेसालाई अँगाले । काठमाडौमा यो काम गर्नुपर्ने भएकाले भाइलाई भक्तपुरको एउटा कलेजमा नाम लेखाई दिएर उतै कोठा खोजेर बस्न थालेका छन् । उ ठूलो भइसक्यो अब उ एक्लै पनि बस्न सक्छ ।’
‘तर दिपु मलाई थाह थिएन । तिमी मलाई यो अवस्थामा यसरी भेट्छौ’ भन्दैे मेरा आँखाबाट आँसुको धारा बग्न थाल्यो ।
दिपुको आँखामा पनि डम्म आँसु आइसकेको थियो ।
‘दिपु तिमी किन यस्तो सडक छाप केटीहरुलाई खोज्न थालियौ त’ भनि सोधे । उनले भन्न थाले, ‘विनु तिमी भन्दा मेरो कम दुखदायी स्थिती रहेन । बुवा नेपालगञ्ज गएपछि म त्यहाँको एउटा स्कूलमा नाम लेखाए आठ कक्षामा । एसएलसी दिँदासम्म त ठिकै थियो । एसएलसी दिइसकेपछि बुवाले पढ्नका लागि काठमाडौ पठाउनु भयो ।
यहाँ आएर डेभिल कलेजलमा भर्ना भए । होस्टलमै बस्न थाले । बेलाबेलामा तिम्रो याद आएपनि झापा जाने इच्छा कहिले भएन । म पढेर ठूलो मान्छे भएपछि मात्र विनुलाई भेट्न जान्छु र विहे गर्छु सोचेका थिए ।
मेरो पढाई चलिरहेकै बेला उता बुवाले एउटा अर्को विहे गर्नुभयो । झापामा आमालाई कुनै जानकारी नै नदिइकन । विहे गर्नुभयो र आमसँग सम्पर्कविहिन हुनुभयो । मलाई पनि यता सम्पर्क गर्नमा कन्जुसाई गर्न थाल्नु भयो । मैले सम्पर्क गर्दा बुवाले झर्केर कुरा गर्नु हुन्थ्यो । पैसा माग्दा पनि झर्केर कुरा गर्ने र थोरै पैसा पठाई दिने गर्नु हुन्थ्यो ।
पछि आमा त्यही शोकमा आत्महत्या गर्नुभयो । त्यसपछि त झन झापा जाने इच्छा नै भएन । उता बुवा पनि मसँग बोल्न छाड्नु भयो । नम्बर परिवर्तन गर्नुभयो । एकपटक नेपालगञ्ज जाँदा सानी आमाले गाली गर्नुभयो । बुवासँग भेट्न दिनु भएन । म रुदै काठमाडौ फर्केर आए ।
पढाई लेखाई सबै बीचमै रुकियो । कामको खोजीमा काठमाडौमा भौतारिन थाले । कहिले काठमाडौको गलीगलीमा किरानाको समान बेचे । कहिले कस्मेटीकको समान बेचे तर पैसा कहिले भएन । दिनको एकसयदेखि डेढसय भन्दा कहिले बढी भएन ।
केही दिन त एउटा साथीसँग मिलेर बस पार्कमा कुलीको काम पनि गरे । अरुको समान बोकेर गेस्ट हाउस तथा होटलसम्म पुर्याउने काम पनि गरे तर जीवन कहिले पनि स्थिर भएन । अहिले एउटा कम्पनीमा मार्केटिगंमा काम पाएको छु । नौ हजार तलब छ । बजारबाट रकम उठाएको पनि कमिशन दिन्छ महिनाको १०–११ हजारको उठाउँछु ।’
‘अहिलेसम्म विहे किन नगरेको त ?’ मैले सोधेपछि उनले भने, ‘बुवाको अवस्था हेर्दा त विहे नगरौ जस्तो लाग्यो । कसैलाई श्रीमती बनाउने मनै भएन । एक त म तिमीलाई मन पराएका थिए । तिमी पनि भेटेनौ त्यसपछि विहे गरेर घरजम गर्ने मोह नै टुट्यो । शारिरीरक चाहना पुरा गर्न सडकका केटी खोज्ने र आफ्नो भोक मेटाउने भनेर खोज्दै जाँदा तिमीसँग भेट भयो ।’
त्यतिबेलासम्ममा दिपुले आफ्नो सर्टपनि लगाई सकेका थिए । म चाहिँ उस्तै ।
मैले भने, ‘दिपु अब के गर्ने ?’
उनले भने, ‘केही नकेही’
विहान भइसकेको थियो । मोवाइलमा सयम हेर्दा त विहानको ६ बजिसकेको थियो । जेठ महिनाको समय । झ्यालको पर्दा हटाउँदा त घाम उदाई सकेको थियो । दिपुसँग कुरा गर्दा त म लुगा लगाउन पनि विर्सिसकेका थिए ।
दिपु एकछिन् है भन्दै खाटमुनी र खुटीमा रहेका लुगाहरु लिएर बाथरुप गएर लुगाहरु लगाए । जसको अगाडि राती नागों हुन कुनै लाज्जापन थिएन, आज त्यही मान्छेको अगाडि जीउ ढाक्न पनि लाज लागि रहेको छ ।
बाथ रुमबाट आएपछि दिपु कोठाबाट निस्किने तयारीमा थिए । मलाई पैसा दिनका लागि ठिक पारिसकेका थिए । कोठामा छिर्ने वित्तिकै दिपुले भने, ‘ल त विनु म आज जान्छु । यस्तै रह्यो भने फेरि फेरि पनि भेट हुन्छ । खानाको कति पैसा भयो ?’
दिपुको मुखबाट यो कुरा सुन्दा मलाई यतिका दिन देह बेच्दा जति पीडा भएका थिएन त्यति पीडा मलाई आज भयो । आज दिपुलाई म यो अवस्थामा भेटेको छु । हामीलाई एक अर्काको सहाराको आवश्यकता छ तर दिपुले मलाई राती भोगेर त्यसको दाम दिन तयार भएका छन् । वाह रे भौतिकवादी संसार ।
म पनि दिपुलाई केही भन्न सकिन्न । मैले पनि भन्दा हुन्थ्यो नि कि ‘दिपु मलाई तिमी विहे गर । हामीसँगै बसौ ।’ तर, मेरो मनले पनि त्यो कुरा भन्न तयार भएनन, किनभने मैले आफूलाई दिपुका लागि चोखो राख्न सकिनन् ।
विदा हुने बेलामा, ‘भैगो दिपु पर्दैन । साथी भाइमा के को पैसा । अरु दिन तपाईबाट गाँठै लिन्छु नि । अब कहाँ बार्गेनिगं गर्न दिन्छु’, ठठै ठठमा भने । खल्तीबाट रुमाल झिकेर आँखाबाट झर्न लागेको आँसु पुछ्दै दिपुले तीन हजार रुपियाँ खाटमा राखेर सरासर कोठाबाट निस्के । म चाहि दिपुलाई हेर्याकै हेर्यै ।
२०७२ आसार २ गते

No comments:

Post a Comment