Labels

Thursday, January 30, 2014

दुर्गानन्दको बारेमा जसले जे भने मैले त्यही लेखे

काँग्रेस बेइमान भएपनि मधेश बाइमान हुनुहुँदैन
आज सहिद दिवस तर नेपालको प्रजातन्त्र हरण गर्ने राजा महेन्द्रमाथि वम प्रहार गर्ने दुर्गानन्द झाको कुनै चर्चा छैन । २०१८ माघ ९ गते जनकपुर घुम्न गएका बेला राजा महेन्द्रमाथि बम प्रहार गर्ने भर्खर युवालाई सुन्धारास्थित केन्द्रीय जेलमा २०२० माघ १५ गते फाँसीमा चढाई गोली हानी निर्मम ढंगले यातना दिई हत्या गरेको थियो । त्यसलाई मृत्यू दण्ड भनिएपनि त्यो हत्या नै थियो । बम प्रहार गरी प्रवास भागेका दुर्गानन्द झा तीन महिनापछि आफै गिरफ्तारी दिनुभएको थियो । 

Tuesday, January 28, 2014

कार्यदलले अध्यक्षलाई बुझाएको प्रतिवेदनमा के छ ?


सुरेशकुमार यादव
काठमाडौ माघ १४ गते । मधेशका तीन दलबीच हुन लागेको एकीकरणलाई मूतरुप दिनका लागि गठित कार्यदलले मंगलवार आफ्नो प्रतिवेदन बुझाएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच हुन लागेको एकीकरण प्रकृयाबार विस्तृत अध्ययन गरी कार्यदलले प्रतिवेदन बुझाएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी गराउनु भयो ।
सद्भावना पार्टी कार्यालयमा बसेको बैठकमा १५ सदस्यीय कार्यदलले बुझाएको ६ बुँदे प्रतिवेदनमा कुनै पनि विषयमा टुगों लगाएको छैन । पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, कार्यसमिति शासकीय स्वरुपलगायतको विषयमा टुगों नलगाईकन अध्यक्ष मण्डलीलाई प्रतिवेदन बुझाएको छ ।

सुशील कोइराला पक्का भएपछि माधवलाई भारतमा राजकीय सम्मान

काँग्रेसको संसदीय दलको नेतामा सभापति सुशील कोइराला तय हुने वित्तिकै प्रधानमन्त्रीको बाटो पनि खुलेको छ । यद्यपी भारतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहेका थिए तर शुशील कोइराला प्रधानमन्त्री बन्ने पक्का भएपछि अब एमालेका नेता माधवकुमार नेपाललाई भारतले अघि सारेको छ । त्यसका लागि विशेष सम्मानका साथ भारतले फरवरी ५ तारिखका दिन आफ्नो देश बोलाएको छ ।
  नेपालको विभिन्न राजनीतिक घटनाक्रममा शुशीलले भारतलाई साथ नदिएको, सभासपति भएपछि भारतले भ्रमणको निमन्त्रणा दिँदा

Saturday, January 25, 2014

लौ ! एकीकृत पार्टीको कार्यसमिति ३५१ सदस्यीय हुने भो, टन्ठा साफ

मधेशका तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच हुन गइरहेको एकीकरण बारे कार्यदलले कुनै विषयमा कुरा टुगों लगाउन सकेन । तीन दलका तीन आध्यक्ष (उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो) बीच एकीकरण गर्ने भएको सैंद्धान्तिक सहमतिपछि त्यसलाई मूत रुप दिने जिम्मा १५ सदस्यीय कार्यदललाई दिएको थियो ।
     तीन दलबाट बनेको कार्यदललाई आज (शनिवार) लगायत आठ पटक बैठक बसेका छन् तर लगातार छलफल भएपनि कुनै पनि विषयलाई मूर्त रुप दिन सकेन र त्यसलाई अन्तिम टुगों लगाउने जिम्मा अब अध्यक्षको टाउकोमा गएको छ ।

Thursday, January 23, 2014

गजेन्द्रबाबुको १२औं पुण्यतिथिमा उहाँको नाममा केही शब्द

सन्दर्भः १२औं पुण्यतिथि
–सुरेशकुमार यादव
मधेशको मुद्दालाई संस्थागत रुपमा उठाउने स्व.गजेन्द्रनारायण सिहको देहावसान भएको आज १२ वर्ष भएको छ । तर उहाँ भर्खरै ओझेल भएको जस्तो लाग्छ । मधेशमा उहाँले ल्याएको अधिकारमुखी नारा र मुद्दा मधेशी जनताको मुखमा अझै झुण्डिएकै छ । ५४ जनाको सहादत हुने गरी भएको मधेश विद्रोह पनि गजेन्द्रनारायण सिहको ठाउँ लिन सकेका छैनन् । 
भनिन्छ, गजेन्द्रनारायण सिहले २००७ सालदेखि उठाउनु भएको मुद्दालाई नै मधेशी जनताले आगो बालेर राज्यको सामु प्रस्तुत गरे । उहाँले उठाउनु भएको मुद्दाभन्दा अहिले कुनैपनि नयाँ मुद्दा छैन । ४० वर्षदेखि उठाउँदै आएको त्यही संघीयताको मुद्दा, समावेशीको मुद्दा, नागरिकताको मुद्दा, नेपाली सेनामा मधेशीको समावेशीलगायतका मुद्दाबारेमा नै बहस भइरहेका छन् तर हालसम्म कार्यान्वयन भएको छैन र सोही प्राप्तीका लागि सद्भावना पार्टीलगायतका दलहरु संघर्षरत रहेका छन् । 

Tuesday, January 21, 2014

गच्छदार पनि मोर्चा खोल्दै, यता राजेन्द्र, उपेन्द्र र महन्थको एकीकरण नाममा अल्झिदै


सुरेशकुमार यादव
काठमाडौ माघ ७ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकीकरण गरी सविधानसभामा चौथो शक्तिको रुपमा आउन थालेपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले पनि अर्को मोर्चा बनाउने तयारीमा जुट्नु भएको छ ।
फोरम नेपाल, तमलोपा र सद्भावना पार्टी एकीकरण प्रकृयामा रहेको बेला फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सविधानसभा सदस्यको शपथ ग्रहण कार्यक्रम सकिने वित्तिकै अर्को मोर्चा बनाउन मंगलवार बैठक बोलाउनु भएको थियो । बानेश्वरस्थित एभरेष्ट होटलमा बसेको १२ साना दलको बैठकले मोर्चाबन्दी गर्ने सैद्धान्तिक सहमति पनि गरेको छ ।

Monday, January 20, 2014

नेताजी तपाई आफ्नो काम गर्नुस् पत्रकारलाई आफ्नो काम गर्न दिनुस्, भन्नु यति हो

लगभग १० वर्षदेखि मुलधारको पत्रकारीतमा मधेशका लागि मैले निरन्तर कलम चलाउँदै आइरहेको छु । जहिले पनि मधेशकै लागि लेखे विभिन्न साप्ताहिक, मासिक, पाक्षिक तथा दैनिक पत्रिकाहरुमा । सामाचारको मामलामा कसैसँग कहिले सम्झौता गरिन । तर, यस अवधिमा थुप्रै मधेशी नेताहरुलाई नजिकबाट चिन्ने मौका पाए । आफ्नो स्वार्थ पुरा हुने अवस्था छ भने जुनसुकै सुचना फोन गरेर वा घरमै बेलाएर दिन्थे । जहाँ आफ्ना अनुकुल छैन, त्यहाँ सुचना दिनु कहाँ हो कहाँ उल्टै आदर्शवादी कुरा सुनाएर पठाउँथे । यहाँ कसैको नाम उल्लेख गर्नु सान्दर्भिक ठानिन किनभने यो पनि पत्रकारीताको धर्मभित्र पर्छ । 

Sunday, January 19, 2014

सहिदको सम्झना भयो तर घाइतेको पिडा कसले सुन्ने ?


मधेसवादी दल र नेताहरुले मधेस आन्दोलनको स्मरण गर्दै लहानस्थित सहिद रमेश चोकमा बलिदानी दिवस मनाउन थालेको आज छैटौँ वर्ष पूरा भएर सातौं वर्ष पुग्दैछ तर मधेस आन्दोलनमा घाइते भएकाहरुका लागि भने त्यो दिन मन पोल्ने गरी आउने गरेको स्वयम् घाइतेहरु नै बताउँछन् । “आन्दोलनमा ज्यान गुमाउनेहरु त सहिद भए, सम्बन्धित परिवारले थोरै भए पनि राहत पाए तर म त आन्दोलनको घाइते, मैले उपचार खर्चबाहेक केही पनि पाइनँ, आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर खुट्टा नै काटिएपछि मेरो त सर्वस्व नै गुमेको छ । जहान, बालबच्चाको पालनपोषण गर्नै समस्या भएको छ । मधेस र मधेसीको मुक्तिको कुरा गर्ने मधेसी दलहरुको कुरा र व्यवहारले मन दुख्छ”, सिरहाको गोविन्दपुर गाविस–३ ग्रामीण टोलका ३३ वर्षीय मधेस आन्दोलनका घाइते किसुन साह गुनासो गर्छन् ।

पर्यटकीय सम्भावना बोकेका सिरहाका कमलदह


–सुरेशकुमार यादव
सिरहा फुलबरिया गाविसका सम्पत्त मुखिया कमलदहमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएका थिए तर जब उनको घरपरिवार त्यो दहमा गएर कमलेश्वरी माताको भाकल गरे अनि सम्पत्त मुखिया केहीछिनपछि पानीबाट बाहिर आएका थिए ।
सिरहास्थित रिपुमर्दन गणका एक सिपाहीको विहे त्यहीको फुलबरीया गाविसका दिलबहादुर थापामगरको छोरीसँग विहे भएको थियो । एकदिन सालीहरुसँग कमलदहमा नुहाउन गएकाबेला सालीको आग्रहमा ती सैनिक जवानले दहमा रहेको कमलको फूल टिप्न जाँदा त्यही मृत्यू भएको थियो ।
यी र यस्ता थुप्रै सत्य घटनाहरु कमलदहसँग जोडिएर सुन्न पाइन्छ । सिरहा जिल्लास्थित फुलबरिया गाविसमा रहेका कमलदह धार्मिक, साँस्कृतिक पर्यटनको महत्व बोकेका महत्वपूर्ण पर्यटकीय स्थल हुन् । कमलदहको जगेर्ना र सम्वद्र्धन नहुनुको कारण लोप हुने अवस्थामा पुगेको छ । कमलदहको धार्मिक र साँस्कृतिक महत्व भएका कारण त्यसको प्रचारप्रसार भयो भने आन्तरिक र बाह्य थुप्रै पर्यटकहरु भित्र्याउन सकिने संभावना छ ।

Saturday, January 18, 2014

मधेश आन्दोलनको बारेमा यसो केही लेखेको मात्र हो (फोटोसहित)


सुरेशकुमार यादव
मधेश आन्दोलनले छवर्ष पुरा गर्दै सातवर्षमा प्रवेश गरेको छ । वि.सं. २०६३ माघ ५ गते लाहनबाट शुरु भएको यो आन्दोलनले राज्यको मूल शासन व्यवस्थामा थुप्रै मधेशी नेतालाई स्थापित गरिसकेको छ । मधेश आन्दोलनमार्फत मधेशका बासिन्दाले आफ्नो हक अधिकारका लागि उठाएका मुद्दालाई सत्तामा पुगेर प्रमुखताका साथ उठाउने वाचा गरेका मधेशी दलका नेताहरु आज दर्जनौ टुक्रामा विभाजित भएर पराजित अवस्थामा पुगको छ । मधेश मुद्दालाई सम्बोधन गराउन एक ढिक्का हुन पाठ सिकाएको मधेश आन्दोलनपछि तिनै मधेशवादी दल सत्ता सुखका लागि आज चिरा चिरामा विभाजित भएर दोस्रो सविधानसभामा नराम्री हार बेहोरेका छन् ।

मधेशमा हुन लागेको एकीकरण पार्टीमा कति सदस्य राख्ने जान्नलाई त यो पढ्नैपर्छ

मधेशका प्रमुख तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको १५ सदस्यीय कार्यसमितिले एकीकृत पार्टीमा रहने केन्द्रीय सदस्य सँख्याको बारेमा छलफल गरेका छन् ।
मधेशी जनअधिकार फोरम नेपालको केन्द्रीय कार्यालय आज शनिवार बालकुमारीमा बसेको कार्यदलको बैठकमा तीनटै दलबाट आएको प्रस्तावमाथि छलफल भएपनि कुनै सहमति बन्न सकेन । स्रोतका अनुसार फोरम नेपालले ७५ सदस्यीय कार्यसमिति हुनपर्ने प्रस्ताव गरेको छ भने तमलोपाले १५० सदस्यीय कार्यसमिति हुनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै सद्भावना पार्टीले २८२ सदस्यीय कार्य समिति हुनुपर्ने प्रस्ताव गरेको छ ।

Friday, January 17, 2014

एकीकृत पार्टीको नाम के राख्ने हो, यहाँ पढ्नुस त

सुरेशकुमार यादव
काठमाडौ माघ ३ गते । मधेशका प्रमुख तीन दलले गर्न लागेको एकीकरणका लागि शुक्रवार पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, सांगठिनक स्वरुपको बारेमा छलफल गरेको छ ।
बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको तीनै दल सम्मलित कार्यदलको बैठकमा पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र सांगठनिक स्वरुप बारे आआफ्नो पार्टीको तर्फबाट प्रस्ताव पेश भएको हो ।

Thursday, January 16, 2014

एकीकरणलाई मूर्त रुप दिने जिम्मा १५ सदस्यीय कार्यदललाई

काठमाडौ माघ २ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा आज बसेको मधेशका तीन दल फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको बैठकले एकीकरणको विषयलाई टुग्यांउने जिम्मा १५ सदस्यीय कार्यदललाई दिएको छ ।

Wednesday, January 15, 2014

तीन मधेशी दलले एकीकरणका लागि बनाए कार्यदल

पार्टी एकीकरणका लागि तीन मधेशी दलले आआफ्नो पार्टीको तर्फबाट कार्यदल बनाएको छ । मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका तीन अध्यक्षबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति अनुसार आज तीनटै दलले कार्यदल बनाएको छ ।

Tuesday, January 14, 2014

मधेशका विश्लेषकले भने, मुद्दा सम्बोधन नभए अर्को विद्रोह

मधेशको मुद्दालाई सम्बोधन नभए पुनः विद्रोह हुने मधेशका बुद्धिजिवी तथा पत्रकारहरुले विश्लेषण गरेका छन् । राजनीतिक शक्ति काँग्रेस र एमालेको पोल्टामा गएको छ भन्दै ढुक्क भएर नबसे हुन्छ भनि चेतावनी पनि दिए ।
पत्रकार चन्द्रकिशोरको मधेशको राजनीतिक प्रस्तुतिपछि विश्लेषक तुलानारायण साहले मधेश आन्दोलन पहिचान र अधिकारका लागि भएको हो यदि त्यो प्राप्त भएन भने अर्को विद्रोह हुन्छ र त्यसको तयारी पनि भइरहेको धारणा राखे । पछिल्लोसमय राजनीतिक अवस्था फरिएको छ, उच्च जातीहरु राजनीतिकबाट पछाडि परिरहेका छन् । मधेशमा जितेका ५९ जना मधेशीमध्ये ९ जनामात्र उच्च जातीका छन् त्यसमा १८ जना थारु, १६ जना यादव, ८ जना साह, ४ जना मुस्लिम र ४ जना मण्डल रहेका छन् । यसले के बुझिन्छ भने अब मधेशको राजनीतिले परिवर्तन खोजेका छन् र अधिकार प्राप्तिका लागि यो नयाँ अभ्यास पनि, उनले भने, यसअघिको राजनीतिमा उच्च जातिको बाहुल्यता थियो अब त्यो समय रहेन अब मण्डल, साह, मुलस्लमान थारु यादवहरु अगाडि आएका छन् र यसले आफ्नो अधिकारका लागि नयाँ ढंगबाट पनि जान सक्छ ।

Monday, January 13, 2014

रामनरेशले भने, पार्टी एकीकरण गरे त के गल्ति गरे ?

चुनावपछि पार्टी एकीकरणका लागि लहर नै चलेका छन् तर चुनावअघि पनि यस्तै लहर चलेको थियो । तर, एक दलबाहेक अरु कुनै दलको बीचमा एकीकरण त के मोर्चाबन्दी पनि भएन । तर राजेन्द्र महतोबाट अलग भएर राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष रामनरेश यादव तराई मधेश लोकतान्त्रिक पार्टी नेपालसँग एकीकरण गरे । अरु कुनै दलमा एकीकरण हुन सकेन तर नमुनाको रुपमा भएपनि उनीहरुले एकीकरण गरेर मधेशमा एउटा सन्देश पनि दिए तर यसबाट पुरै घाटा रामनरेश यादवलाई लाग्यो । एकीकरण त गरे तर रामनरेशलाई समानुपातिकमा नदिइकन आफ्नै पक्षका दुईजनालाई समानुपातिक सभासद् बनाए त्यो पनि रकम लिएर ।

Sunday, January 12, 2014

जंगबहादुर राणालाई किन रुचाए उपेन्द्र यादव

काठमाडौ पुस २८ गते । प्रमुख राजनीतिक दलका नेताले राजनीतिक स्थिरताका कारण देशको आर्थिक समृद्धि हुन नसकेको बताएका छन् ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देश परनिर्भरको अवस्थामा चलिरहेका छन् त्यसमा पनि राजनीतिक स्थिरताले आर्थिक समृद्धिलाई प्रभाव पारेको उल्लेख गर्दै राजनीतिक अवस्थाकै कारण आर्थिक अवस्था विग्रेको बताउनुभयो ।

तीन मधेशी दलको एकता प्रकृया अन्तिम चरणमा

मधेशका प्रमुख तीन दल मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरण सकारात्मक रुपमा अगाडि बढेको छ । आइतवार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको सिनामंगलस्थित निवासमा भएको छलफलले केही दिनमा पार्टीको एकीकरणको प्रकृया मूर्त रुप लिने बुझिएको छ ।

Saturday, January 11, 2014

कुलेखानीका माछा व्यवसायीको पिडा पढ्नुस्

सुरेशकुमार यादव
काठमाडौ पुस २७ गते । विद्युत उत्पादनका लागि आवश्यक पर्ने पानी जम्मा गर्नका लागि ड्याम बनाई निर्माण गरिएको इन्द्रोसरोवर (कुलेखानी) मा व्यवसायीक रुपमा माछाका खेती भएपनि सरकारको लापरवाहीका कारण कृषकहरु पिडामा छन् ।
वि.सं. २०३८ सालमा तयार भएको सो कुलेखानीमा २०४५ सालदेखि निजी स्तरमा त्यहाँका स्थानीय कृषकहरुले माछा पालन शुरु गरेका थिए । त्यसअघि २०४१ सालमा नेपाल सरकार र इन्टरनेशनल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर क्यानाडाको संयुक्त लगानीमा केज प्रवृधिमा माछापालन गर्ने कार्य परिक्षणको रुपमा सञ्चालन गरिएको थियो ।

Thursday, January 9, 2014

सरकारले विहिवार के के गरे निर्णय, कुन डिआईजी कहाँ भए सरुवा


  • सुरेशकुमार यादव

काठमाडौ पुस २५ गते । नेपाल सरकारका मन्त्रीपरिषद्ले सशस्त्र प्रहरीका १२ जना नायव महानिरिक्षकलाई सरुवा गर्नुको साथै नेपाल टेलिकम कायम मुकायम प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।
सिहदरवारमा विहिवार बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्रालयले गरेका प्रस्ताव अनुसार सरुवा गरेका सशस्त्रका नायव प्रहरी महानिरिक्षकहरुमा प्रेमकुमार शाही, सिहबहादुर श्रेष्ठ, विश्वकान्त आर्याल, देवेन्द्रकुमार सुव्वा, महावीर गुरुगं, जितबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, नारायणध्वज थापा, पुष्पराम केसी, दिवाकर केसी र निराकरविक्रम शाहलाई सरुवा गर्ने निर्णय गरेको छ ।

Tuesday, January 7, 2014

एकताका लागि तीन दल तयार

काठमाडौ पुस २३ गते । दोस्रो सविधानसभामा सोचेअनुसार परिणाम हासिल गर्न नसकेका मधेशवादी दलहरुले अहिले आएर एकीकरणमा जोड दिएका छन् ।
पार्टी स्थापनासँगै २०६४ सालमा लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टीबीच मंगलवार एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको तीन दलको बैठकमा पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको हो । हुनत चुनावअघि पनि यी तीन दलबीच एकीकरणको प्रयास नभएको होइन तर नेतृत्वका लागि एक अर्कालाई स्विकार नगरेका कारण प्रयास असफल भएको थियो तर अहिले चुनावमा असफलता हात लागेपछि उहाँहरु एकीकरण गर्नका लागि बाध्य हुनु भएको छ ।

व्यावसायी कृषिमा मन्त्रीको जोड

काठमाडौं पुस २३ गते । कृषि विकासमन्त्री टेकबहादुर घर्तिले कृषिजन्य उत्पादनमा स्वच्छ व्यवसायीकताको अभाव देखिएको बताउनु भएको छ । उहाँले व्यवसायीकताको नाममा बढी फाइदा लिनेतर्फ किसान तथा व्यवसायीको ध्यान गएको भन्दै स्वच्छ व्यवसायिक उत्पादनमा जोड दिनु भएको छ ।
‘छैठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७०’ सप्ताह व्यापी कार्यक्रमको अवसरका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको कार्यक्रममा अस्वस्थ्य खाद्य उपभोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने बताउँदै उहाँले कृषिजन्य उत्पादन तथा तरकारी, दुध, पशु उत्पादनलगायतमा स्वच्छ व्यवसायीकताको अभाव देखिएको छ ।’

बर्ड फ्लु पिडितले पाए २२ करोड रुपियाँ क्षतिपूर्ति

  • काठमाडौ पुस २३ गते । बर्ड फ्लु रोग कारण पिडित बनेका किसानले क्षतिपूतिबापत सरकारले विवरण तयार गरेको २३ करोडभन्दा बढी रकममध्ये २२ करोड रकम किसानले प्राप्त गरि सकेका छन् । हालसम्म देशैभरि दुईसय १५ पटक बर्ड फ्लु रोग देखापरे त्यसका कारण सरकारले लाखौ कुुखुरा, अण्डा, मासु, दाना नष्ट गरेवापत सरकारले क्षतिपूर्तिको रुपमा सो रकम उपलब्ध गराएको छ
  • मैथिली कला सँस्कृतिको जगेर्नामा सञ्चारको भूमिका

    सुरेशकुमार यादव
    काठमाडौ पुस २१ ग्ते । उपराष्ट्रपति परमानन्द झाले मैथिली कला–संस्कृति तथा चलचित्रको उत्थान तथा विकासका लागि प्रचारप्रसार हुनुपर्ने बताउनु भएको छ । त्यसका लागि मिडियाको मुख्य भूमिका रहेको बताउँदै उहाँले प्रचार प्रसारको अभावमा मैथिली सँस्कृति लोप हुँदै गएको धारणा राख्नु भयो ।

    Sunday, January 5, 2014

    समानुपातिमा धाँधली भयो भन्दै तमलोपाको महासचिवले गरे छानविनको माग


    समानुपातिक सभासद् चयनका कारण देखिएको विवाद चर्चामा रहेकै बेला तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव गोविन्द चौधरीले समानुपातिकमा भएको धाँधलीको माग गरेका छन् । समानुपातिक लिस्टको एक नम्बरमा उम्मेदवार रहेका गोविन्द चौधरी समानुपातिक नभएपछि त्यसको छानविन माग गरेका छन् ।

    Saturday, January 4, 2014

    सर्वोच्चमा अल्झियो सविधानसभा



    • सुरेशकुमार यादव

    काठमाडौ पुस २० गते । उच्च स्तरीय राजनीतिक समितिले सविधानसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फका नतिजा सार्वजनिक भइसकेकाले बैठक छिट्टै आह्वान गर्ने सहमति गरेको छ ।
    शान्ति कोषको सचिवालयमा शनिवार बसेको समितिको बैठकले सविधानसभाको बैठक चाँडै बोलाउने सहमति गरेपनि बैठक कसले आह्वान गर्ने विषयमा टुगों लगाउन सकेको छैन । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सविधानसभा निर्वाचनको सबै प्रकृया टुगिंसकेको अवस्थामा अब बैठक बोलाउन विलम्ब गर्न नहुने सहमति भएको जानकारी गराउनुभयो ।

    Friday, January 3, 2014

    सविधानसभामा ८५ र २५ को चर्चा


    काठमाडौ पुस १९ गते । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र पूर्वमन्त्रीका पत्नी सरिता यादवकै चर्चा यतिखेर बजारमा । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले ९९ जना नेतालाई छाडेर अफ्नै श्रीमती सरितालाई सभासद् बनाएको चर्चा सेलाउन नपाउँदै सविधानसभाका सबभन्दा कान्छी सभासद् उहाँ नै भयो भनि चर्चाले बजार लिएको छ ।
    त्यस्तै संशोधित राजावादीले गणतन्त्रका सविधानसभालाई सभापतित्व गर्दैछन् भने कुराले पनि बजार लिएको छ । यी दुईको चर्चा हुनुको कारण सविधानसभामा सरिता सबभन्दा कान्छी हुनुभयो भने सूर्यबहादुर थापा सबभन्दा पाको र ज्येष्ठ हुनु भयो । सरिताको उमेर २५ रहेको छ भने सूर्यबहादुर थापाको उमेर ८५ ।
    पहिलो सविधानसभा र समानुपाति सभासद्को नतिजा सार्वजनिक नहुँदासम्म सबभन्दा कान्छो सभासद्को रुपमा रहेका मधेशी जनअधिकार फोरम नेपालका अभिषेकप्रताप शाहलाई उछिनिदै सविधानसभाको सबभन्दा कान्छो सभासद् सरिता यादव हुनु भएको छ ।

    Thursday, January 2, 2014

    जितेन्द्र देवले किन ढाँटे आफ्नो पहिचान ?



    मधेशी राजनीतिकमा मात्र होइन कि नेपाली राजनीतिकमा समेत बौद्धिक नेताको रुपमा चिनिने मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का महासचिव जितेन्द्र देवले सभासद् बन्नकै लागि आफ्नै जात ढाँटेपछि अरुले के गर्छन् भनि प्रश्न उठ्न थालेका छन् । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले एकलौटी रुपमा मनोमानी ढंगले समानुपातिक सभासद्का नाम आयोगमा पठाएपछि पार्टीका उपाध्यक्ष रामेश्वरराय यादवको नेतृत्वमा पार्टीका पदाधिकारीहरुले संघर्षै गरेका थिए ।

    लामो छलफलपछि फोरममा को को हात पारे सभासद् ?


    लामो बहस र छलफलपछि मधेशी जनअधिकार फोरम नेपालले आज अन्तिम दिन बल्ल समानुपातिकको नाम बुझाउन सकेको छ । १५ गते नै बुझाउनुपर्ने लिस्ट पार्टीभित्रको विवादका कारण तीन ढिलो गरी नाम बुझाएको हो । पार्टीका वरिष्ठ नेता भरत विमल यादव, महासचिव रामसहाय यादव, सचिव रत्नेश्वर कायस्थ र उपाध्यक्ष लालबाबु राउतबीच नै प्रतिस्पर्धा देखिएको कारण लिस्ट बुझाउनु ढिलो भएको बताइन्छ ।

    Wednesday, January 1, 2014

    भण्डारीको पार्टीबाट रामेश्वरले दिए राजिनामा, मिकारानीलाई पदबाट निष्काशित

    काठमाडौ पुस १७ गते । समानुपातिक सभासद् विवादका कारण राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव रामेश्वर साहले राजिनामा दिनुभएको छ भने प्रवक्ता इजहार मिकरानीलाई पदबाट हटाएको छ । पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले सिफारिस गरेको तीनजनाको नामप्रति महासचिव साहले आपत्ति जनाउँदै आन्दोलनमा गएका थिए र सो मुद्दालाई निर्वाचन आयोगसम्म पुग्नु भएको थियो ।
    पैसा लेन–देनमा व्यपारीलाई समानुपातिकमा सिफारिश गरेको भन्दै महासचिव साहले अध्यक्ष भण्डारीको विरुद्धमा अविश्वासको प्रस्ताव गर्नुभएको थियो तर अध्यक्ष भण्डारीले त्यसप्रति कुनै वास्ता नगरेपछि साहले बाध्य भएर सो प्रस्ताव फिर्ता लिएर पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिनुभएको हो ।

    फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिक विभाजनको संघारमा


    गीतालाई सभासद बनाउन खोज्दा एक्लिए गच्छदार
    काठमाडौ । मधेशवादी दलहरुले बुझाएको समानुपातिक सभासद्को नामप्रति पार्टीभित्र विवाद झाँगिदै गइरहेको छ । पार्टीका अध्यक्षहरुले समानुपातिको नाम बुझाउँदा मनोमानी गरेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले अध्यक्षको विरुद्धमा कडा कदम उठाउने तयारी गरिरहेका छन् ।
    मधेशका ठुलो दल भनिने मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी विभाजनको कगारमा पुगेको छ । यसको नेतृत्व सो पार्टीका उपाध्यक्ष रामेश्वरराय यादवले गर्दैछन् । बुधवार नै उपाध्यक्ष यादवको नेतृत्वमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई भेटेर समानुपातिक सभासद्को नाममा संशोधन गरिएन भने कडा कदम उठाउने चेतावनी दिएको छ । गच्छदारसँग भेट्न उपाध्यक्ष रामेश्वर राय यादवका साथै महासचिव जितेन्द्र देव, उपाध्यक्ष दानबहादुर चौधरी, गोविन्द चौधरी, नसिर सिद्धिकी र सचिव रविन्द्र ठाकुर, भविन्द्र खत्वेलगायत केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
    फोरम लोकतान्त्रिकका पदाधिकारीद्वारा आयोगमा उजुरी

    हाइव्रिड बीउ बनाउन नेपालीलाई नै प्रोत्सहन गर्नुपर्ने

    • सुरेशकुमार यादव

    काठमाडौं, पुस १७ गते । मोनसान्टो कम्पनीले उत्पादन गरेको जिएमओ जातको बीउ नेपालमा भित्रिएका चर्चा चलिरहेको बेला हाइब्रीड जातका बीउ पनि विदेशबाट आयात गर्न नहुने माग उठ्न थालेको छ ।
    सरकारको लापरवाहीको कारण हाइव्रिडको नाममा जिएमआ जातको बीउ आयात हुने संभावना भएकाले हाइब्रिड बीउकाृ नाममा वर्षेनी अर्वौ रुपैयाँं विदेशिने हुनाले त्यसलाई रोक्न नेपालमै सो जातको बीउ उत्पादन गर्नुपर्ने माग उठेको छ । 

    चारप्रतिशत महिलाको मात्र भूस्वामित्व


    • सुरेशकुमार यादव

    काठमाडौ पुस १६ गते । पछिल्लो राष्ट्रिय कृषिगणना अनुसार १९ प्रतिशत महिला कृषिमा प्रत्यक्ष रुपमा सहभागि रहेको देखाएका छन् । भूमिमा महिलाको स्वामित्व बढाउन सके कृषिमा महिलाको सहभागितालाई अझै बढाउन सकिने विज्ञहरुले बताएका छन् ।
    नेपाल कृषि पत्रकार प्रतिष्ठानद्धारा आयोजित कृषिमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा कृषि क्षेत्रमा महिलाको बढ्दो सहभागिता कृषिको व्यवसायीकरणका लागि उत्साहजन भएपनि भूमिमा महिलाको स्वामित्वको अवस्था निरासाजनक रहेको सहभागि व्यक्तित्वहरुले बताएका छन् । सल्भ नेपालका अध्यक्ष नारायण जोशीले पुरुषहरु वैदेशिक रोजगारमा जाने क्रमले महिलाहरुलाई आफै व्यवसाय गर्न बााध्य बनाएपनि आफै स्वामित्वको भूमि नभएको कारण महिला कृषकमा निराशा देखिएको बताउनुभयो ।