Labels

Sunday, January 12, 2014

जंगबहादुर राणालाई किन रुचाए उपेन्द्र यादव

काठमाडौ पुस २८ गते । प्रमुख राजनीतिक दलका नेताले राजनीतिक स्थिरताका कारण देशको आर्थिक समृद्धि हुन नसकेको बताएका छन् ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देश परनिर्भरको अवस्थामा चलिरहेका छन् त्यसमा पनि राजनीतिक स्थिरताले आर्थिक समृद्धिलाई प्रभाव पारेको उल्लेख गर्दै राजनीतिक अवस्थाकै कारण आर्थिक अवस्था विग्रेको बताउनुभयो ।

ग्रीनवीच मिडिया रिसर्च सेन्टरले आइतवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले आर्थिक र राष्ट्रियता एक अर्कासँग निर्भर रहेकाले राष्ट्रियताले पनि आर्थिक समृद्धिलाई फरक पार्ने गरेको बताउनुभयो । देश पुरै परिनिर्भर छ, जेमा पनि हामी अर्काको मुख ताकेर बस्छौ अनि कसरी हुन्छ देशको विकास, उहाँले भन्नुभयो–‘८५ प्रतिशत खर्च गरेर १५ प्रतिशत मात्र आम्दानी गर्ने देशले कसरी आर्थिक समृद्धि गर्छ ? आम्दानी बढाउनका लागि राष्ट्रियतालाई पनि ध्यान दिनुपर्छ ।
उहाँले अहिले देशको राजनीतिक मन्त्री तथा प्रधानमन्त्री बन्नेमा नै फँसेको छ, देशलाई आर्थिक रुपले कसरी समृद्ध गर्नेप्रति कसैको चासो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, यस प्रकारको परनिर्भरता त जंगबहादुर राणाको पालामा पनि भएका थिएन, आफूलाई जनवादी र प्रजातन्त्रवादी भन्नेहरुभन्दा त कतियौं गुणा राम्रो जंगबहादुर नै थिए ।’
एमालेका प्रचार प्रसार विभाग प्रमुख प्रदीप ज्ञवालीले देशको आर्थिक अवस्था खस्किनुमा राजनीतिक स्थिरता नै रहेको उल्लेख गर्दैै देशको राजनीतिक अवस्था नसुध्रिएसम्म देशको अवस्था यस्तै रही रहने बताउनुभयो । उहाँले देश आफ्नै भरमा होइन अर्काको भरमा चलेका छन्, राजनीतिकदेखि लिएर हरेक क्रियाकलापमा बाहिर हस्तक्षेप रहेको बताउनु भयो । उहाँले भन्नुभयो–‘जबसम्म अर्काको इशारामा चल्दैरह्यो तबसम्म राष्ट्रियता बलियो हुनेछैन ।’
नेपाली जनताले भारतबाट ८४ प्रतिशत, चीनबाट ९ र बाँकी अन्य मुलुकबाट खतरा देखिएको बताउँदै नेता ज्ञवालीले नेपाली नेताले जबसम्म आफ्नो समस्या आफै समाधान गर्न सक्दैन तबसम्म देशको कुनै पनि विकासको कल्पना गर्न नसकिने बताउनुभयो ।
काँग्रेसका नेता मनमोहन भट्टराईले अहिले देशको राष्ट्रियता निकै कमजोर रहेको बताउँदै त्यसप्रति कुनै नेता गम्भिर नरहेको आरोप लगाउनुभयो । राजनीतिक दलका नेताले राष्ट्रियता कमजोर भएको कुरा सबैले उठाउँछन् तर त्यसप्रति कोही संवेदनशिल नरहेको गुनासो उहाँको थियो ।
देशको राष्ट्रियता कमजोर हुनुमा स्वयं नेपाली नै कमजोर रहेको उल्लेख गर्दै नेता भट्टराईले राष्ट्रियताको सवालमा उत्तर र दक्षिणलाई मात्र दोष दिएर हुँदैन त्यसका लागि आफू पनि सच्चिनु पर्ने धारणा राख्नुभयो ।  

No comments:

Post a Comment