सुरेशकुमार यादव
मधेश आन्दोलनले छवर्ष पुरा गर्दै सातवर्षमा प्रवेश गरेको छ । वि.सं. २०६३ माघ ५ गते लाहनबाट शुरु भएको यो आन्दोलनले राज्यको मूल शासन व्यवस्थामा थुप्रै मधेशी नेतालाई स्थापित गरिसकेको छ । मधेश आन्दोलनमार्फत मधेशका बासिन्दाले आफ्नो हक अधिकारका लागि उठाएका मुद्दालाई सत्तामा पुगेर प्रमुखताका साथ उठाउने वाचा गरेका मधेशी दलका नेताहरु आज दर्जनौ टुक्रामा विभाजित भएर पराजित अवस्थामा पुगको छ । मधेश मुद्दालाई सम्बोधन गराउन एक ढिक्का हुन पाठ सिकाएको मधेश आन्दोलनपछि तिनै मधेशवादी दल सत्ता सुखका लागि आज चिरा चिरामा विभाजित भएर दोस्रो सविधानसभामा नराम्री हार बेहोरेका छन् ।
मधेश आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरुको रगतको अहालमा खुट्ट टेक्दै बारम्बार सत्तामा पुगे तर १९ बाट २० गर्न सकेन । बरु उनीहरुबाट उल्टै मधेशकै स्वाभिमान खसाउने काम बारम्बार भएको छ । मधेश आन्दोलनले मधेशीलाई पहिचान दिलाउन सफल भएको हो तर त्यसलाई कायम राख्ने काम मधेशवादी दलहरुबाट हुन सकेन । सत्ताकै लागि विजयकुमार गच्छदार फुटे, सत्ताकै लागि अनिल झा, महेन्द्र राय यादव, रामनरेश राय, जेपी गुप्ताहरु फुटे । मधेशवादी दलको पछिल्लो समयको क्रियाकलापले मधेशी जनता ठुलो झापड हानेको छ । र, मधेशी जनताको जवाफ पाएर आज तीन प्रमुख दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टी एकीकरणको प्रकृयामा पुगेको छ जो धेरै पहिले गर्नुपर्ने थियो ।
मधेश आन्दोलनपछि जनकपुरबाट शुरु भएको २२ बुँदै सम्झौतादेखि अन्तिम चारबुँदै सम्झौतासम्म मधेशी जनता निकै उत्साहीत भएका थिए तर मधेशी नेताको अदुरदर्शिता तथा सत्तामोहको कारण कुनै पनि माग सम्बोधन हुन सकेन । अन्ततः सविधानसभा विघटन भयो । यो ६ वर्षको अवधिमा मधेशवादी दलका नेताहरुले केही गरेका छन् भने त्यो हो सम्झौता । मधेश अन्दोलनको नाममा दर्जनौ पटक सम्झौतामात्र गरे त्यो पनि सरकारमा जानका लागी मात्र । कहिले २२ बुँदे त कहिले ८ बुँदे त कहिले ६ बुँदे त कहिले ४ बुँदे त कहिले ३ बुँदै सम्झौता गरे सरकारमा सहभागिताका लागि मात्र ।
मधेशका तीन दल फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबाट शुरु भएको आन्दोलनको गर्भबाट थुप्रै यस्ता पार्टीको जन्म भयो जो कहिले पनि सत्ताबाट अलग रहन सकेन । मधेशी मोर्चाको नामबाट तमलोपा, सद्भावना पार्टी, तमलोपा नेपाल, फोरम गणतान्त्रिक र फोरम लोकतान्त्रिक लामो समयसम्म सरकारमा बसे तर मधेश आन्दोलनको म्याण्डेट अनुसार कहिले काम गरेन । विड्म्बना जसले मधेश आन्दोलनको उठान गरे फोरम नेपाल लामो समयसम्म सरकार बाहिर बसे । फोरम नेपाल सरकारभन्दा बाहिर बसे पनि मधेशी जनताको लागि खासै आवाज उठाउन सकेन । मधेशी मोर्चाको तर्फबाट सरकारमा जाँदा इतिहासकै सबभन्दा राम्रो मन्त्रालय तथा पोजिसनमा मधेशवादी दल बसेका थिए । प्रधानमन्त्रीबाहेक हरेक मन्त्रालयमा मधेशी दलको बर्चस्व थियो तर ती मन्त्रालयहरुबाट हुने मधेशका लागि कामहरु पनि हुन सकेन । फोरम लोकतान्त्रिको भागमा परेको रक्षा तथा गृहमन्त्रालयले नेपाली सेनामा मधेशीको सामूहिक प्रवेश गराउन सकेन । यहाँसम्म कि आमाको नामबाट नागरिकता दिलाउन सकेन । यस्ता थुप्रै मागहरु उनीहरुकै मन्त्रालयबाट हुन सक्थ्यो तर गराउन सकेन । मधेशको माग पुरा गराउनुको सट्टा सत्तामा रमाउन थाले ।
जे होस् मधेश आन्दोलनको यो सातौ वर्षको अवसरमा यो प्रसंगलाई अपितु मधेश आन्दोलनसँग जोड्न प्रयास गरेको छु । मधेश आन्दोलन कसरी शुरु भयो र यसको कस्तो स्वरुप थियो भन्ने बारेमा मात्र चर्चा गर्ने प्रयास यहाँ गरिएको छ ।
घटनाक्रम
अन्तरिम संसदबाट २०६४ माघ १ गते पारित अन्तरिम संविधानमा मधेशीकोे मुख्य माग संघीयतालाई नसमेटिएको भन्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माघ २ गते काठमाण्डौको माइतीघरमा अन्तरिम संविधान जलाउने काम भयो । संविधान जलाउने क्रममा पक्राउ परेका फोरम नेताहरुको रिहाको माग गर्दै मधेश बन्दको आह्वान गर्यो । बन्दकै अवस्थामा एमाओवादीका नेता राम कार्कीले जवर्जस्ती गाडि चलाउन खोज्दा सिरहका आन्दोलनकारीहरुले रोक्न खोजे । सोही क्रममा राम कार्कीका अंग रक्षक सियाराम ठाकुरले
आन्दोलनकारीमाथि गोली चलाए र फोरमका विद्यार्थी नेता रमेश महतोको गोली लागि लागेर मृत्यू भयो । त्यस घटनाले आन्दोलन तिब्रता लिए । सिराहा जिल्लामा भएको आन्दोलनमा परि पाँचजना प्रदर्शनकारीहरुको मृत्यु भएको थियो । फोरमसम्बद्ध कार्यकर्ता तथा सर्वसाधारण झन् उग्र भएर जनमुक्ति सेनाको दुई मिनीबसमा आगजनी गरेका थिए । आगजनी पश्चात् दुवै पक्षबीच केही घण्टासम्म दोहोरो झडप नै भयो । झडपकै क्रममा फोरम कार्यकर्ताले माओवादी कार्यकर्ता सियाराम ठाकुर र अनिल नामका एकजना गरी दुई जनालाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट ती दुबै जना सख्त घाईते भएका थिए ।
दुवै घाइतेलाई प्रहरीले नियन्त्रणमा लिइ उपचारका लागि धरान पठाएको थियो । घाईते भएका अन्य जनमुक्ती सेनाहरुको लाहन अस्पतालमा उपचार गरिएको थियो ।
हताहत भएका फोरमका कार्यकर्ताहरु अक्रमक हुँदै गएपछि जनमुक्ति सेनाहरु विस्तारै त्यहा“बाट भागेका थिए । माओवादी र फोरमको दोहोरो झडप भैरहेको अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रु ग्याँस र सयौं हवाई फायर गर्नुपरेको थियो । प्रदर्शनकारीहरु उग्र भएपछि लाहानको बिभिन्न स्थानमा पार्कि∙ गरि राखिएको र सरकारी कार्यालयका गरी करिव तीन दर्जन सवारी साधनमा आगजनी गरेका थिए भने राजमार्ग छेउछाउका विभिन्न पसलहरु समेत तोडफोड गरि क्षति पुरयाएका थिए । माओवादी कार्यकर्ताले चलाएको गोली लागेर मृत्यु भएका मृतक परिवारलाई क्षतिपुर्ति र अपराधीलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै फोरमसम्वद्ध युवा विद्यार्थीहरुले माघ ६ गते अपराह्न १२ बजे मृतक रमेश महतोको शवसहित लाहान बजारमा नगर परिक्रमा गरेका थिए ।
नगर परिक्रमाको क्रममा उत्तेजित समुहले ईलाका प्रहरी कार्यालयमा ढु∙ा मुढा गरेका थिए । उत्तेजित समुहले ढु∙ा मुढाको प्रतिकार गर्न प्रहरीले आठ राउण्ड हवाई फायर र केही सेल अश्रु ग्या“सको छोडनु परेको थियो । प्रदर्शनकारी यतिसम्म उग्र भएका थिए कि अनुगमनको क्रममा लाहन आईपुगेका संयुक्त राष्ट्र संघको मानवअधिकार टोली र राष्ट्रिय मानवअधिकार आयोग विराटनगरका क्षेत्रीय प्रतिनिधिहरुको गाडिमा समेत लाहानस्थित ईलाका प्रहरी कार्यालय अगाडि ढुङ्गा मुढा गरिएको थियो । प्रदर्शनकारीहरुले मृतक महतोको शवयात्रा गरिसकेपछि महेन्द राजमार्गस्थित महेन्द्र चौंकमा अन्त्योष्ठी लागि राखेपनि सा“झसम्म अन्तिम संस्कार भने हुन सकेन् । प्रदर्शनकारीहरुले मृतक महतो शरीर लोकतान्त्रिक चौंकमा राखेर माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री कृष्णप्रसाद सिटौंलाले माफी माग्नु पर्ने र मृतकको परिवारलाई उचित क्षतिपुर्तिका साथै सहिद घोषणा गरि दोषिमाथि कारवाहीको माग राख्दै रातीसम्म धर्नामा बसेका थिए ।
सोही राति सम्बन्धित पक्षस“ग वार्ता गर्ने भन्दै आएका माओवादीसम्बद्ध राष्ट्रिय मधेशी मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मातृका यादव वार्तामा नबसि धर्नामा बसेका प्रदर्शनकारीहरुलाई राति ८ः१५ बजे निर्घात कुटपिट गरेपछि झनै आगोमा घीउ थपिएको थियो । प्रदर्शनकारीलाई कुटपिट गर्दै उनले मृत महतोको शव आफनो नियन्त्रणमा लिएका थिए । ६ गते राति ८ः१५ बजे ट्रक र मोटरसाइकलमा आफ्ना कार्यकर्ता सहित रातो मारुती भ्यान चढेर आएका मातृका यादवको टोलीले प्रदर्शनकारीहरुलाई कुटपिट गर्दै मृतक महतो र उनको दाजु रामकृष्ण महतोसहीत केही प्रदर्शनकारीकारीलाई अपहरण गरि मिर्चैयास्थित माओवादीको पार्टी कार्यालयमा पुरयाएका थिए । फोरमका कार्यकर्तालाई मिर्चैयामा पुरयाईएपछि माओवादी नेता मातृका यादवले राजावादी र जनतान्त्रिक तराई मुक्ति मोर्चाको कार्यकर्ताको आरोप लगाई अपहरण गरिएका प्रदर्शनकारीहरुस“ग पुनः अभद्र व्यवहार गरेका थिए ।
लहान ५ गतेको घटनापछि भड्किएको उक्त आन्दोलनबाट प्रमुख रुपमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका संस्थापन पक्ष र ज्वाला पक्षले फायदा उठाएका थिए । मधेशी जनआन्दोलनको क्रममा माघ ९ गते लाहनमा प्रदर्शनकारीको तर्फबाट चलेको गोली मोर्चाका गोईत पक्ष र ज्वाला पक्षका कार्यकर्ताहरुले चलाएको सो संगठनका प्रवक्ताहरुले पुष्टि गरेका थिए । त्यसबेला मोर्चाका गोईतपक्षका जिल्ला ईन्चार्ज अमिताभले पहाडि राज्यसक्ताको विरुद्धमा भैरहेको यस आन्दोंलनमा आफूहरुको प्रत्यक्ष रुपमै सहभागीता रहेको जानकारी दिएका थिए । आन्दोलनरत फोरम र मोर्चाको मागहरु मिलेका कारण आफनो कार्यकर्ताहरुलाई पनि परिचालन गरिएको जानकारी दिए ।
आन्दोलनकारीले लाहनस्थित माओवादीको कार्यालय, खाद्य संस्थान, हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला वन कार्यालय, ईलाका प्रशासन कार्यालय, सरसफाई तथा खानेपानी डिभिजन कार्यालय, घरेलु कार्यालय, लाहान नगरपालिका कार्यालय, अंचल यातायात कार्यालय, भुमिगत जलस्रोत सिचाई कार्यालय, ट्राफिक कार्यालय र भु–संरक्षण कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । उनीहरुले जिल्ला वन कार्यालय र सरसफाई डिभिजन कार्यालयका एक–एक गरि दुई थान सवारी साधनमा समेत आगजनी गरेका थिए । प्रदर्शनकारीहरु ईलाका प्रहरी कार्यालय लाहानमा समेत ढुङ्गा मुढा गरेका थिए । तोडफोड र आगजनी भएका कार्यालयका कर्मचारीहरु सुरक्षाका दृष्टिकोणले लाहान छाडि हिडेरै भएपनि छिमेकी जिल्ला उदयपुर पलायन हुन बाध्य भएका थिए
।
सिरहाको शिक्षा कार्यालय, भन्सार कार्यालय, कृषि विकास कार्यालय, जिल्ला विकास समिति र माओवादीको जिल्ला कार्यसमितिको कार्यालय तोडफोड गरि आगजनी गरेका थिए । सिराहामा प्रदर्शनकारीहरुले विहान माओवादीका अध्यक्ष प्रचण्ड, मातृका यादव र गृहमन्त्री कृष्ण सिटौंलाको पुत्ला जलाएका थिए । माओवादी सैनिक भोजपुरका २५ वर्षिय रवीन्द्र तामाङ्ग, सोही स्थानका १८ वर्षिय विनोद राई (विप्लप), १९ वर्षीया अनुपा राई र धरानका १६ वर्षिया सचिता राई र एकजनाको नाम नखुलेकालाई प्रदर्शनकारीले निर्घात कुटपिट गरि घाईते बनाएका थिए । घाईते माओवादी कार्यकर्ताको सिराहा अस्पतालमा उपचारको लागि भर्ना गरिए पनि जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले अपहरण गर्ने हल्ला फिजिएपछि माघ ९ गते राति नेकपा माओवादीका कार्यकर्ताहरुले रातारात घाईतेहरुलाई अस्पतालबाट सुरक्षित स्थानमा लगेका थिए । प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा यस जिल्लाका तीन दर्जन सरकारी कार्यालय र संस्थान कार्यालयहरुका साईन बोर्डमा नेपाल सरकारको स्थानमा मधेश सरकार लेखेका थिए ।
लहानबाट शुरु भएको आन्दोलन मधेशभरि राता रात फैलियो । २४० वर्षदेखि सहदै आएको विभेदको विरुद्धमा मधेशी जनता यसरी खनिए कि ज्यानको प्रवाह नगरी दिनरात आन्दोलनमा सक्रिय रहँदै गए । जनआन्दोलनलाई समेत विर्साउने गरी भएको आन्दोलनमा ५४ जना मधेशी युवाले सहादत प्राप्त गरेका थिए । लाखौको धनजनको क्षति भयो भने दर्जनौ घाइते पनि भए ।

No comments:
Post a Comment