Labels

Tuesday, January 7, 2014

व्यावसायी कृषिमा मन्त्रीको जोड

काठमाडौं पुस २३ गते । कृषि विकासमन्त्री टेकबहादुर घर्तिले कृषिजन्य उत्पादनमा स्वच्छ व्यवसायीकताको अभाव देखिएको बताउनु भएको छ । उहाँले व्यवसायीकताको नाममा बढी फाइदा लिनेतर्फ किसान तथा व्यवसायीको ध्यान गएको भन्दै स्वच्छ व्यवसायिक उत्पादनमा जोड दिनु भएको छ ।
‘छैठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७०’ सप्ताह व्यापी कार्यक्रमको अवसरका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको कार्यक्रममा अस्वस्थ्य खाद्य उपभोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने बताउँदै उहाँले कृषिजन्य उत्पादन तथा तरकारी, दुध, पशु उत्पादनलगायतमा स्वच्छ व्यवसायीकताको अभाव देखिएको छ ।’
विभागको काम पर्याप्त नभएको भन्दै उहाँले सहरीकरण, उपभोक्ता विस्तार र माग उच्च रहेकोले भ्रामक विज्ञापनले गर्दा उपभोक्ताहरु समस्यामा परेका छन, भन्नुभयो ।
आईपिएम तथा अर्गानीक उत्पादनमा जोड दिदैं उत्पानलाई स्वस्थ्यकर तथा विषाणुरहित बनाउन आग्रह गरिएको छ । सो अवसरमा मन्त्रालयका सचिव जयमुकुन्द खनालले विभागका कामहरु प्रभावकारी भएको भन्दै अझ बढि उपभोक्ता मैत्री बनाउनका लागि विभागलाई साधनस्रोत सम्पन्न बनाउन आवश्यक रहेको औल्याउनुभयो । उहाँले विभागलाई लोडसेडिङ् मुक्त गराउनका लागि टान्र्सफमहरु जडानको काम भईरहेको बताउदै भन्नुभयो, ‘खाद्यन्न तथा सम्बन्धित नियम तथा कानुनहरु समयसापेक्ष बनाउने र यसै आर्थिक वर्षदेखि क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागु भईसकेको छ ।’
यस्तै विभागका महानिर्देशक जीवनप्रभा लामाले अनुगमन तथा नियमनको कामलाई निरन्तरता दिएकोले यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने तयारी भएको बताउनुभयो । राजधानी लगायत प्रमुख सहरहरुमा नियमन तथा अनुगमनको काम तिब्ररुपमा भएको भन्दै उहाँले भन्नुभयो, ‘विभिन्न होटल तथा साना–मझौला उद्योग तथा ढावा र ठेलागाढाका सामानहरुमा समेत अनुगमन गरिएको छ ।’ विभागले अस्वस्थ खाद्य विक्री वितरण गर्ने तथा खाद्यन्नलगायत दुध, पानीमा भएका हेलचेक्र्याईहरुलाई कडाईकासाथ हेरेको भन्दै केही उद्योगी तथा व्यवसायीहरु कारबाहिको दायरामा आएको जनाएको छ ।

No comments:

Post a Comment