Labels

Thursday, January 9, 2014

सरकारले विहिवार के के गरे निर्णय, कुन डिआईजी कहाँ भए सरुवा


  • सुरेशकुमार यादव

काठमाडौ पुस २५ गते । नेपाल सरकारका मन्त्रीपरिषद्ले सशस्त्र प्रहरीका १२ जना नायव महानिरिक्षकलाई सरुवा गर्नुको साथै नेपाल टेलिकम कायम मुकायम प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।
सिहदरवारमा विहिवार बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्रालयले गरेका प्रस्ताव अनुसार सरुवा गरेका सशस्त्रका नायव प्रहरी महानिरिक्षकहरुमा प्रेमकुमार शाही, सिहबहादुर श्रेष्ठ, विश्वकान्त आर्याल, देवेन्द्रकुमार सुव्वा, महावीर गुरुगं, जितबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, नारायणध्वज थापा, पुष्पराम केसी, दिवाकर केसी र निराकरविक्रम शाहलाई सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरि संयुक्त राष्ट्र संघका महासचिव मानकी मुनले मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई आग्रह गरे अनुसार शान्ति सेना मिसनमा पाँचसय सेना पठाउने निर्णय गरेको छ । नेपाली सेनाको हाइटीमा तैनाथ गणबाट तीनसय ५० जना नेपाल सेनाबाट पाँचसय गरी जम्मा आठ सय ५० जना पठाउने निर्णय गरेको छ ।
भारतका विदेश मन्त्री सलमान खुर्सीदको निमन्त्रणामा परराष्ट्र मन्त्री माधव घिमिरेको नेतृत्वमा एक टोली पुस ३० गतेदेखि माघ २ गतेसम्म भारतको भ्रमणमा जाने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।
सरकार प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी गराए अनुसार सार्वजनिक संस्था निर्देशन बोर्डको निर्णय बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि नेपाल टेलिकममा रिक्त रहेका नायव प्रबन्धक निर्देशक अनुप निरञ्जन भट्टराईलाई प्रबन्ध निर्देशकको रुपमा कामकाज गर्न जिम्मेवारी दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

त्यसैगरि पर्वतीय जलाधार, जलवायु परिवर्तन समयनुकुलनको कार्यान्वनका लागि एसियाली विकास बैंकको रणनीतिक वतावरण कोषबाट २ कारोड ३५ लाख अमेरिकी डलर करिब २ अरब ३२ करोड रुपियाँ र नर्डिक विकास कोषबाट करिब ४६ लाख अमेरिकी डलर करिब ४५ करोड रुपियाँ सहायता स्विकार गर्ने निर्णय गर्दै सो सम्बन्धि सम्झौतामा अर्थ मन्त्रालयका सचिव वा सहसचिवले हस्ताक्षर गर्ने अख्तियारी सरकारले दिएको छ ।
ब्राजिल र मेस्किकोमा हुने सन् २०१४ फरवरी १० देखि २१ तारिखसम्म हुने एसिया महादेशका ८ देशका सार्वजनिक खरिद गर्ने निकायहरुका प्रमुखको उपस्थितिमा आयोजना हुने पब्लिक एक्सेन्ज प्रोग्राममा भाग लिन सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रमुख अनुपप्रकाश उपाध्ययायलाई पठाउने निर्णय गरेको छ । त्यसैगरि अगामी जनवरी १६ देखि १८ सम्म जर्मनको राजधानी बर्लिनमा आयोजना हुने खाद्य तथा कृषि सम्बन्धि विश्वव्यापी मञ्च ग्लोबल फोरम फर एग्रिकल्चर सम्बन्धि बैठकमा नेपालको तर्फबाट कृषि मन्त्री टेकबहादुर थापाको नेतृत्वमा एक प्रतिनिधिए मण्डलले पठाउने निर्णय समेत गरेको छ । त्यसैगरि मलेसियामा हुने पुस २५ गतेदेखि माघ २ गतेसम्म हुने शैक्षिक भ्रमणमा भिक्टर जंगबहादुर राणाको नेतृत्वमा एक टोली पठाउने निर्णय गरेको छ ।
  त्यसैगरि आदिवासी जनजाति सम्बन्धि महासन्धि १९८९ को पक्ष राष्ट्रको हैसियतले नेपालले प्रस्तुत गर्नुपर्ने सेप्टेम्बर २०१० देखि अगस्त २०१३ सम्मको प्रतिवेदन अन्तराष्ट्रिय श्रम संगठनको केन्द्रिय सचिवालयसमक्ष प्रस्तुत गर्ने प्रस्ताव उपर छलफल हुँदा मन्त्रीपरिषद्को विधेयक समिति र सामूहिक समितिमा पठाउने र ती समितिको निर्णय बमोजिम गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रस्ताव गरिएको  सहकारी ऋण लगानी निर्देशिका २०७० लगायतका निर्देशिका मन्त्रीपरिषद्को विधेक समितिमा पठाउने र सो समितिले गर्ने निर्णय बमोजमि कार्यान्वयन गर्ने निर्णय समेत भएको छ । सुचना तथा सञ्चार मन्त्रालयको प्रस्ताव बमोजिम चलचित्र नगरी विकास समिति गठन आदेश २०७० लाई मन्त्रीपरिषद्को विधेयक समितिमा पठाउने र सो समितिको निर्णय बमोजिम सो कार्य गर्ने निर्णय गरेको छ ।

कुन सशस्त्रका डिआईजी कहाँ सरुवा भए ?
–प्रेमकुमार शाहीलाई मध्यपश्चिमा मुख्य क्षेत्रीयगण सुर्खेतबाट प्रहरी प्रधान कार्यालय निर्दशनालय
–सहबहादुर श्रेष्ठ सशस्त्र प्रहरी बल प्रधान कार्यालय सेवा निर्देशनालयबाट सशस्त्र प्रहरी महानिरिक्षकको  
 सचिवालय
–विश्वकान्त आर्याललाई सशस्त्र बल क्षेत्रीय मुख्यालय पोखराबाट सशस्त्र प्रहरी केन्द्रीय कार्यालय
–देवेन्द्रकुमार सुव्वालाई पूर्वाञ्चल सशस्त्र बल सुनसरीबाट सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय सीमा
 सुरक्षा विभागमा
–महावीर गुरुगंलाई सशस्त्र प्रहरी बल पथलैया बाराबाट सशस्त्र प्रहरी केन्द्रीय कार्यालय कार्यविभाग
–जितबहादुर पुनलाई सशस्त्र प्रहरी कार्यविभागबाट सुदुर पश्चिमाञ्चल क्षेत्रीय प्रहरी बल अतिरीया
–उत्तम खड्कालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थबाट मध्य क्षेत्रीय सशस्त्रीय बल महेश्वरी
 बाहीनी सुर्खेत
–शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट मध्य क्षेत्रमुख्यालय बारा
–नारायणध्वज थापालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पश्चिमाञ्चल सशस्त्र प्रहरी बल
 मुक्तिनाथ बाहीनी
–पुष्पराम केसीलाई सशस्त्र प्रहरीबल प्रधान कार्यालय सीमा सुरक्षा विभागबाट पूर्वाञ्चल मुख्यालय
 बाहीनी सुनसरी
–दिवाकर केसीलाई सुदुर पश्चिमाअञ्चल सशस्त्र प्रहरी बल अतरिया कैलालीबाट सशस्त्र प्रहरी प्रधान
 कार्यालय प्रशासन विभाग
निराकरविक्रम शाहलाई सशस्त्र प्रहरी प्रधान कार्यालय प्रशासन विभागबाट राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान
   

No comments:

Post a Comment