Labels

Saturday, January 25, 2014

लौ ! एकीकृत पार्टीको कार्यसमिति ३५१ सदस्यीय हुने भो, टन्ठा साफ

मधेशका तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच हुन गइरहेको एकीकरण बारे कार्यदलले कुनै विषयमा कुरा टुगों लगाउन सकेन । तीन दलका तीन आध्यक्ष (उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो) बीच एकीकरण गर्ने भएको सैंद्धान्तिक सहमतिपछि त्यसलाई मूत रुप दिने जिम्मा १५ सदस्यीय कार्यदललाई दिएको थियो ।
     तीन दलबाट बनेको कार्यदललाई आज (शनिवार) लगायत आठ पटक बैठक बसेका छन् तर लगातार छलफल भएपनि कुनै पनि विषयलाई मूर्त रुप दिन सकेन र त्यसलाई अन्तिम टुगों लगाउने जिम्मा अब अध्यक्षको टाउकोमा गएको छ ।

    तमलोपाको पार्टी कार्यालयमा बसेको बैठकपछि एक नेताले भने, ल आज हाम्रो जिम्मेवारी पुरा भयो,     अध्यक्षहरुलाई लागेमा हामीलाई बोलाउनु हुन्छ नभए उहाँहरुले नै सबै विषयको टुगों लगाउनु हुन्छ ।’ आठ दिनसम्म भएको छलफललाई नै आधार मानेर विधान मस्यौदा तयारी समितिलाई मस्यौदा तयार गर्ने जिम्मा कार्यदलले दिएको छ । अब मस्यौदा समितिले निर्णय हुन सकेका र हुन नसकेका विषयलाई समेटेर प्रतिवेदन तयार गरी अध्यक्षहरुलाई बुझाउने छ । सातदिनभित्र बुझाउनु पर्ने प्रतिवेदनको अन्तिम दिन हिजो १० गतेसम्म मात्र थियो ।
    बैठकमा सहभागि एक नेताले भने, पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, सांगठिन संरचनालगायतको विषयमा छलफल भएपनि हाललाई केन्द्रीय समितिको सँख्यामा टुगों लागेको छ । एकीकृत पार्टी ३५१ सदस्यीय रहने छ । तीनटै दलबाट ११७– ११७ गरी ३५१ सदस्यीय बनाउने कार्यदलले सहमति गरेको छ । तर यसबारे पनि अन्तिम टुगों लगाउने जिम्मा अध्यक्षहरुको नै हुने ती नेताले जानकारी दिए ।
पार्टीको नाममा टुगों नलागेपनि तराई मधेश सद्भावना फोरम, लोकतान्त्रिक सद्भावना पार्टी र समाजवादी लोकतान्त्रिक पार्टी गरी तीन नाममा सहमति भएको छ । यी तीन नाम अध्यक्ष समक्ष प्रतिवेदनमार्फत पठाउने सहमति गर्दै अध्यक्षले यी तीन नाममध्ये कुनै नराखे कार्यदललाई असहमति नहुने पनि सहमति गरेको छ ।
    हाल पार्टीको नाम रहेकोबाट शब्दहरु हुनैपर्ने हो भने तराई मधेश सद्भावना फोरम राख्नु उचित हुन्छ यदि कसैको नामसँग शब्द नराख्ने हो भने समाजवादी लोकतान्त्रिक पार्टी नै राख्दा उचित हुने सल्लाह पनि अध्यक्ष मण्डललाई पठाउने छलफल भएको हो । 
    चुनाव चिन्हमा तीर छाप र हातले समातिएको मसाल छाप गरी दुईटा नाम प्रतिवेदनमा पठाउने कुरा भएको छ । चुनाव चिन्हमा तमलोपाले कुनै इच्छा नदेखाएपछि यी दुईटा चिन्ह गएको हो । यद्यपी यी दुई चिन्हमा सहमति नभए कुनै नयाँ चुनाव चिन्ह राख्न सकिने कुरा भएको स्रोतले बताए । सद्भावना पार्टीका नरसिह चौधरी, तमलेपाका डा.विजय सिह र फोरम नेपालका लालबाबु राउत रहेका तीन सदस्यीय कार्यदलले प्रतिवेदन तयार गर्नेछ । 


No comments:

Post a Comment