Labels

Monday, January 13, 2014

रामनरेशले भने, पार्टी एकीकरण गरे त के गल्ति गरे ?

चुनावपछि पार्टी एकीकरणका लागि लहर नै चलेका छन् तर चुनावअघि पनि यस्तै लहर चलेको थियो । तर, एक दलबाहेक अरु कुनै दलको बीचमा एकीकरण त के मोर्चाबन्दी पनि भएन । तर राजेन्द्र महतोबाट अलग भएर राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष रामनरेश यादव तराई मधेश लोकतान्त्रिक पार्टी नेपालसँग एकीकरण गरे । अरु कुनै दलमा एकीकरण हुन सकेन तर नमुनाको रुपमा भएपनि उनीहरुले एकीकरण गरेर मधेशमा एउटा सन्देश पनि दिए तर यसबाट पुरै घाटा रामनरेश यादवलाई लाग्यो । एकीकरण त गरे तर रामनरेशलाई समानुपातिकमा नदिइकन आफ्नै पक्षका दुईजनालाई समानुपातिक सभासद् बनाए त्यो पनि रकम लिएर ।

     रामनेशर यादवले भने, मैले पार्टी एकीकरण गरे के गल्ती गरे । सायद म पनि चुनाव आफ्नै पार्टीको तर्फबाट लडेको भए सायद एक दुई सीट अवश्य ल्याउँथे कस्ता कस्ता मरेका दलले एक आध सीट ल्याए म कसरी ल्याउन सक्दैन्थे । तर महेन्द्रजीले मसँग चिट गर्नुभयो । मैले कल्पनासमेत गरेका थिइन कि महेन्द्रजीले मसँग यस्तो व्यवहार गर्नुहुन्छ । मेरै कारणले सर्लाही ४ नं. क्षेत्रमा जित्नुभयो सायद म नभएको भए कुनै पनि हालतमा जित्ने थिएन । पाँच नम्बरको नेता ४ नं. मा आएर कसरी जत्यो यो सोचनीय कुरा हो । महेन्द्र मेरै कारण जित्नुभयो तर सभासद् बनाउँदा एकपटक पनि सोध्नु भएन । यसले मलाई निकै दुखि बनाएको छ । पार्टी विभाजन गरेकाहरु फोरम लोकतान्त्रिक १३, फोरम गणतान्त्रिक १, संघीय सद्भावना पार्टी १ र राष्ट्रिय मधेश समाजवादी पार्टी ३ सीट ल्याएका छन् भने राजेन्द्र महतोबाट अलग भएका रामनरेशले पनि कमसे एक सीट जसरी पनि ल्याउँथे, रामनरेश भने, एकीकरण गरेर त्यो पनि पाइनन् ।
     उनले यस्तै रह्यो भने मधेशमा कोही कसैले एकीकरण गर्दैन, एकीकरण गरेको फल यस्तो हुन्छ भने थाह पाएको भए आफूले कहिलेपनि एकीकरण गर्दैथे भन्दै आफूसँग धोका भएको बताए । अब यही पार्टीमा संघर्ष गर्ने हो, धेरैले आफूलाई पार्टी छाड्न भने, धेरै लोभ दिए तर होइन एक चोटी एकीकरण गरी सकेपछि अब छोड्नु हुँदैन, मधेशका लागि त्यही संघर्ष गरेर पार्टी बनाउने हो, पार्टीलाई लोकतान्त्रिक तथा शुद्धिकरण गर्ने बताए । 

No comments:

Post a Comment