Labels

Saturday, January 18, 2014

मधेशमा हुन लागेको एकीकरण पार्टीमा कति सदस्य राख्ने जान्नलाई त यो पढ्नैपर्छ

मधेशका प्रमुख तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको १५ सदस्यीय कार्यसमितिले एकीकृत पार्टीमा रहने केन्द्रीय सदस्य सँख्याको बारेमा छलफल गरेका छन् ।
मधेशी जनअधिकार फोरम नेपालको केन्द्रीय कार्यालय आज शनिवार बालकुमारीमा बसेको कार्यदलको बैठकमा तीनटै दलबाट आएको प्रस्तावमाथि छलफल भएपनि कुनै सहमति बन्न सकेन । स्रोतका अनुसार फोरम नेपालले ७५ सदस्यीय कार्यसमिति हुनपर्ने प्रस्ताव गरेको छ भने तमलोपाले १५० सदस्यीय कार्यसमिति हुनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै सद्भावना पार्टीले २८२ सदस्यीय कार्य समिति हुनुपर्ने प्रस्ताव गरेको छ ।

फोरम नेपाल र तमलोपाले सकभर कम सँख्याको छोटो र गतिलो कार्यसमिति बनाउनुपर्ने धारणा राखेका थिए भने सद्भावना पार्टीले सकभर ठुलै सँख्या भएपनि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलाई समेटेर कार्यसमिति बनाउनुपर्ने धारणा राखेका थिए । फोरम नेपालले तीनटै दलबाट २५–२५ जनागरी ७५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने भनेका छन् जब कि फोरम नेपालको कार्यसमितिको सँख्या हाल ५० रहेको छ । त्यस्तै तमलोपाले तीनटै दलबाट ५०–५० जना गरी १५० सदस्यीय कार्यसमिति बनाउनुपर्ने भनेका छन् जबकि तमलोपाको कार्यसमिति हाल १२० सदस्यीय कार्य समिति रहेको छ ।
सद्भावना पार्टीले हाल आफ्नो पार्टीमा रहेका ९४ जनालाई नै केन्द्रीय सदस्यमा राख्नुपर्ने र अरु दुईटै दलले पनि ९४–९४ जनाको नाम दिनुपर्ने प्रस्ताव गरेको छ । सद्भावनाले आफ्नो पार्टीमा रहेका कुनै पनि सदस्यलाई एकीकृत पार्टीमा राख्नबाट बञ्चित नराख्ने धारणासहित यस्तो प्रस्ताव पेश गरेको हो । सद्भावनाले आफ्ना दलमा रहेका सबै सदस्यलाई एकीकृत पार्टीमा ल्याउन चाहेका छन् तर फोरम नेपाल ५० बाट २५ जनालाई मात्र एकीकृत पार्टीमा ल्याउन चाहेका छन् अरु बाँकीलाई कसरी कहाँ म्यानेज गर्ने भने धारणा स्पष्ट पारेका छैन । त्यस्तै तमलोपाले १२० जना केन्द्रीय सदस्यलाई एकीकृत पार्टीमा ल्याउन चाहेका छन् बाँकी ७० जनालाई कसरी कहाँ म्यानेज गर्ने भने धारण स्पष्ट पारेका छैन । यद्यपी यी प्रस्तावमाथि छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । भोली –माघ ५ गते) मधेश आन्दोलन दिवस भएका हुनाले पर्सि बस्ने कार्यदलको बैठकमा छलफल हुने बताइएको छ ।
त्यसैगरि एकीकृत पार्टीको अवधारणा पत्र तयार गर्नका लागि कार्यदलले एक मस्यौदा समिति बनाएको छ । त्यसमा सद्भावना पार्टीको तर्फबाट उपाध्यक्ष नरसिह चौधरी, फोरम नेपालको तर्फबाट लालबाबु राउत र तमलोपाको तर्फबाट केन्द्रीय सदस्य डा. विजय सिह रहेका छन् ।

No comments:

Post a Comment