Labels

Tuesday, January 7, 2014

बर्ड फ्लु पिडितले पाए २२ करोड रुपियाँ क्षतिपूर्ति

  • काठमाडौ पुस २३ गते । बर्ड फ्लु रोग कारण पिडित बनेका किसानले क्षतिपूतिबापत सरकारले विवरण तयार गरेको २३ करोडभन्दा बढी रकममध्ये २२ करोड रकम किसानले प्राप्त गरि सकेका छन् । हालसम्म देशैभरि दुईसय १५ पटक बर्ड फ्लु रोग देखापरे त्यसका कारण सरकारले लाखौ कुुखुरा, अण्डा, मासु, दाना नष्ट गरेवापत सरकारले क्षतिपूर्तिको रुपमा सो रकम उपलब्ध गराएको छ मध्यमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयले जानकारी गराए अनुसार काठमाडौमा दुईसय ३७ जना किसानले चार करोड १९ लाख ६३ हजार ४७, ललितपुरमा २४ जना किसानले ४८ लाख ९६ हजार पाँचसय ४३, भक्तपुरमा पाँचसय ३८ जना किसानले १३ करोड ४३ लाख ७५ हजार चारसय ८० तथा काभ्रेमा ५१ जना किसानले ४ करोड ३६ लाख १७ हजार सातसय ३९ रुपियाँ क्षतिपूर्तिवापत रकम पाएका छन् । मकवानपुरका पिडित किसानले एकलाख २९ हजार पाँचसय २५ रुपियाँ लगेका छन् भने कास्की, रुपन्देही र नवलपरासीका किसानले ७४ लाख सातहजार एकसय ९४ रुपियाँ लगेका छन् ।सरकारले किसानलाई चार जिल्लालाई उपलब्ध गराईए रकममध्ये काठमाडौले पाँच करोड चारलाख, ९९ हजार दुईसय ४९, ललितपुरले ५५ लाख नौहजार ५३, भक्तपुरले १३ करोड २९ लाख ७५ हजार चारसय ८०, काभ्रेले चार करोड १२ लाख ५४ हजार आठसय ५९ पाउनुपर्ने हो तर पशु सेवा विभागको कानुनअनुसार प्रकृयागतले क्षतिपूर्ति वितरण गर्दा पशु सेवा निर्देशनालयले पठाएको विवरणभन्दा कम पाएको छ । क्षेत्रीय निर्देशनालयका प्रमुख दामोदर सेडाईका अनुसार कतिपय किसानले क्षतिपूर्ति रकम लगेका छैनन् भने कतिपयको क्षतिपूर्ति प्राप्त गर्ने प्रकृया नमिलेको कारणले पनि रकम कम प्राप्त गरेको बताउनुभयो ।
    • निर्देशनालयले मंगलवार एक कार्यक्रम आयोजना गरि गराएको जानकारी अनुसार रोगकै कारण सरकारले कुखुरा तथा चल्ला १९ लाख ६५ हजार तीनसय १५, अण्डा ३० लाख ५३ हजार ८३ गोटा, दाना एकलाख ७२ हजार एकसय ८१ के.जी. र मासु एकलाख ५५ हजार पाँचसय ५० के.जीं नष्ट गरेको छ . आर्थिकवर्ष २०७०÷७१ मा साउन २ गतेदेखि आश्विन ३ गतेसम्म उपत्यकाका तीन जिल्ला र काभ्रे जिल्लामा मात्र ९० प्रतिशत भन्दा कुखुरा तथा चल्ला नष्ट गरिएको थियो ।  उपत्यकामा एक्कासी ठुलो सँख्यामा बर्डफ्लु रोग देखा परेका हुनाले रोग नियन्त्रणका लागि २०७० साउन १७ गते पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ अनुसार जिवित पंक्षीको ओसार पसारमा प्रतिबन्ध लगाइएको थियो । त्यसले पनि नियन्त्रण नभएपछि चार किल्ला तोकी भक्तपुर जिल्लामा साउन ३१ गते र काठमाडौ जिल्लामा साउन ३२ गतेदेखि बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो । नेपालमा पहिलोपटक झापा जिल्लमा २०६५ माघ ४ गते मेची नगरपालिका वडा नं. १० र दोस्रो पटक शरणमती गाविसमा फैलिएको थियो । त्यहाँ नियन्त्रण हुने वित्तिकै २०६६ माघ २० गते पोखरा नगरपालिका घारीपाटन वडा नं. ७ र १७ को ज्ञान बहादुर खड्काको घरको हाँसमा बर्डफ्लु रोग देखापरेको थियो । त्यसको दुई महिनापछि मात्र सरकारले नेपालमा बर्ड फ्लु रोग देखा परेको घोषणा गरेको थियो ।

    No comments:

    Post a Comment