Labels

Thursday, January 2, 2014

जितेन्द्र देवले किन ढाँटे आफ्नो पहिचान ?



मधेशी राजनीतिकमा मात्र होइन कि नेपाली राजनीतिकमा समेत बौद्धिक नेताको रुपमा चिनिने मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का महासचिव जितेन्द्र देवले सभासद् बन्नकै लागि आफ्नै जात ढाँटेपछि अरुले के गर्छन् भनि प्रश्न उठ्न थालेका छन् । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले एकलौटी रुपमा मनोमानी ढंगले समानुपातिक सभासद्का नाम आयोगमा पठाएपछि पार्टीका उपाध्यक्ष रामेश्वरराय यादवको नेतृत्वमा पार्टीका पदाधिकारीहरुले संघर्षै गरेका थिए ।

त्यो संघर्षका डिजानर स्वयं जितेन्द्र देव नै थिए । अध्यक्ष गच्छदारले पठाएको नाम गलत हो, मनोमानी र एकलौटी रुपमा नाम पठाएको यसलाई हामी मान्दैनौ भनि महसचिव देवलगायतका पदाधिकारीहरुले निर्वाचन आयोगमा संशोधनका लागि उजुरी पनि दिए र गच्छदारलाई धम्की पनि ।
धम्की यस्तो कि गच्छदारलाई अध्यक्ष पदबाट नै हटाउने चेतावनी दिइयो । त्यो धम्कीपछि अध्यक्ष गच्छदारले बाध्य भएर पठाएको १० जनाको नाममध्ये विहिवार अन्तिमसमयमा दिनबन्धु अग्रवालको नाम हटाएर महसचिव जितेन्द्र देवको नाम थपेका थिए । मधेशका उच्च बाहुन उच्च जातका जितेन्द्र देवको नाम आयोगमा पेश गर्दा मधेशी जनजाति भनेर जात ढाटेको स्रोतले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक सभासद् उम्मेदवारको अन्तिम नामावलीमा आमा सवरी देवी देव, बुवा कृष्णलाल देव (वैश्य), पत्नी सन्ध्या मनान्धर (देव) नागरिकता नम्बर १७१४०२८६ (सप्तरी), उमेर ५६ (पु) र समूह पहिचानमा मधेशी जनजाति उल्लेख छ ।

मधेसतिरै रमाएका नेता (यो पनि पढ्नुस्)

देव कुन जातिमा पर्छन् भनि सप्तरीका पत्रकार एवं कानुन व्यवसायी रामनारायण देवसँग जिज्ञासा राख्दा उनले देव जनजाति होइन मधेशका उच्च जातमध्येका एक भनि प्रतिकृया दिए । उनले भने, हामी कायस्थ, झाहरुको हाराहारीमा छौ जानजाति होइनौ । अब जितेन्द्र देवजी मधेशी जनजाति किन लेख्नु भो त्यो उहाँले नै जानुन यसमा मेरो कुनै टिप्पणी छैन । यति भन्न सकिन्छ कि देव जाति जनजातिमा पर्देन ।’
अन्त्यमा यो पनि,  फोरम लोकतान्त्रिकमा विवाद

No comments:

Post a Comment