Labels

Wednesday, January 1, 2014

भण्डारीको पार्टीबाट रामेश्वरले दिए राजिनामा, मिकारानीलाई पदबाट निष्काशित

काठमाडौ पुस १७ गते । समानुपातिक सभासद् विवादका कारण राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव रामेश्वर साहले राजिनामा दिनुभएको छ भने प्रवक्ता इजहार मिकरानीलाई पदबाट हटाएको छ । पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले सिफारिस गरेको तीनजनाको नामप्रति महासचिव साहले आपत्ति जनाउँदै आन्दोलनमा गएका थिए र सो मुद्दालाई निर्वाचन आयोगसम्म पुग्नु भएको थियो ।
पैसा लेन–देनमा व्यपारीलाई समानुपातिकमा सिफारिश गरेको भन्दै महासचिव साहले अध्यक्ष भण्डारीको विरुद्धमा अविश्वासको प्रस्ताव गर्नुभएको थियो तर अध्यक्ष भण्डारीले त्यसप्रति कुनै वास्ता नगरेपछि साहले बाध्य भएर सो प्रस्ताव फिर्ता लिएर पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिनुभएको हो ।
पार्टीका अध्यक्ष भण्डारीले महासचिव साह पनि समानुपातिका सभासद् बनाउने आश्वासन दिनुभएको थियो ।

तपाईलाई सभासद् नबनाएको कारण राजिनामा दिनुभएको हो भनि जिज्ञासामा उहााले भन्नुभयो, विल्कुल होइन, मैले गलत कार्यको विरोध गरेको हुँ । पार्टीका लागि जसले दिनरात खटे पार्टीमा जसले योगदान दिए त्यसलाई सभासद् नबनाएर व्यपारी शैलीबाट रकम लिएर सभासद् बनाएको प्रति विरोध मात्र हो । तर त्यसलाई समाधान गर्नुको सट्टा अध्यक्ष भण्डारीले मलाई मानसिक तनाव दिनुभयो । मेरो मुद्दाको नजर अन्दाज गर्नुभयो त्यसैले मलाई त्यहाँ बस्न मन नलागेर राजिनामा दिएको हुँ ।ु
महासचिव साहले आफू यस्तो घृणित राजनीतिकबाट सन्यास लिएको बताउनु भयो । पार्टीमा कुनै समस्या आएपछि त्यसको समाधान गर्नुको सट्टा त्यसलाई वेवास्ता गरेपछि त्यो समाधान हुनुको सट्टा विग्रिन्छ, उहाँले भन्नुभयो, मलाई नेपाली राजनीतिकबाट अब घृणा लाग्न थाल्यो अब जिवनमा कहिले राजनीतिक गर्दिन । महासचिव साह फोरम नेपालमा पनि आवद्ध थिए । त्यसपछि फोरम लोकतान्त्रिक हुँदै शरत्सिह भण्डारीको पार्टीमा जानु भएको थियो । महासचिव साहले रामसपामा गरेको कामको सबै नेता तथा कार्यकर्ताले सह्रना गर्दै आएका छन् ।

त्यसैगरि पार्टीले अर्का समानुपातिक उम्मेदवार तथा पार्टीका प्रवक्ता इजहार मिकरानीलाई उहाँको पदबाट हटाएको छ । पार्टीले एक विज्ञप्ति जारी गरी केही दिनयता राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवतmा इजहारुल हक मिकरानीलाई उद्यृत गर्दै समाचारहरु आइरहेको सन्दर्भप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रवक्ता पदबाट हटाएको जानकारी गराएको छ ।
यी दुईजनामध्ये समानुपातिकमा कोही पनि पर्नु भएको छैन । सो पार्टीबाट निर्जला राउत, धर्मेन्द्र साह र दिनेश साह समानुपातिक सभासद्का लागि चयन हुनु भएको छ ।
पुस १५ गते सम्पन्न राष्ट्रिय कार्यसमितिको बैठकले केन्द्रिय समितिलगायत विभिन्न तहका समिति र भातृसंस्थाका सबै समितिहरुलाई विघटन गर्ने निर्णय पनि गरेको छ ।
रामेश्वर साहले के भन्नुहुन्छ यहाँ क्लिक गरेर सुन्नुस् त

No comments:

Post a Comment