Labels

Friday, January 17, 2014

एकीकृत पार्टीको नाम के राख्ने हो, यहाँ पढ्नुस त

सुरेशकुमार यादव
काठमाडौ माघ ३ गते । मधेशका प्रमुख तीन दलले गर्न लागेको एकीकरणका लागि शुक्रवार पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, सांगठिनक स्वरुपको बारेमा छलफल गरेको छ ।
बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको तीनै दल सम्मलित कार्यदलको बैठकमा पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र सांगठनिक स्वरुप बारे आआफ्नो पार्टीको तर्फबाट प्रस्ताव पेश भएको हो ।

बैठकमा सहभागि एक नेताका अनुसार फोरम नेपालले यनाईटेड लोकतान्त्रिक फोरम, एकीकृत फोरम लोकतान्त्रिक पार्टी तथा एकीकृत लोकतान्त्रिक फोरम नेपाल गरी तीनवटा नाम सिफारिश गरेको छ भने सद्भावना पार्टीले सद्भावना लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक फोरम सद्भावना पार्टी, फोरम लोकतान्त्रिक सद्भावना पार्टीलगायतका नाम दिएका छन् भने तराई मधेश लोकतान्त्रिक पार्टीले समाजवादी लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको नाम प्रस्ताव गरेको छ ।
तीनटै दलबाट बनेका पाँच पाँचजना गरी १५ सदस्यीय कार्यदलमा पेस भएको पार्टीहरुको नामबारे शनिवार छपलफल हुने जनाएको छ । सद्भावना पार्टीका महासचिव मनिष सुमनाले तीनटै दलहरुले आज पार्टीको नाम, चुनाव चिन्ह, झण्डाको बारेमा आफ्नो प्रस्ताव पेस गरेका छन् । प्रस्तावित नामहरुमाथि अर्को बैठकमा छलफल हुने जानकारी गराउनु भयो । अर्को बैठक कहिले बस्ने भने कुरा तय नभएको पनि उहाँले बताउनुभयो ।
त्यस्तै झण्डामा तीनटै दलले आआफ्नै पार्टीको झण्डा रहनुपर्ने प्रस्ताव अघि सारेको छ । उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपालको चारपाटेमा रातो हरियोको बीचमा रहेको सेतो भागमा एउटा तारा झण्डा रहेको छ । महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपाको हरियो र रातोभित्र एकजोर गोरु रहेको चारपाटे झण्डा रहेको छ । त्यस्तै सद्भावना पार्टीको रातो र हरियोको बीचमा रहेको सेतो भागमा तीर भएको झण्डा रहेको छ । यी तीन प्रस्तावित झण्डामा कुरा नमिले अर्को कुनै झण्डामाथि छलफल हुने जनाएको छ ।
चुनाव चिन्हमा छलफल हुँदा तमलोपाले कुनै पनि चुनाव चिन्ह प्रस्ताव नगरेको स्रोतको दावी छ । यता फोरम नेपाल र सद्भावना पार्टीले आआफ्नै पार्टीको चुनाव चिन्ह रहनु पर्ने बैठकमा प्रस्ताव गरेको छ । फोरम नेपालको हातले समातिएको मसाल चुनाव चिन्ह रहेको छ भने सद्भावना पार्टीको तीर छाप चुनाव चिन्ह रहेको छ । स्रोतले भने, तमलोपाले चुनाव चिन्हको बारेमा कुनै इच्छा देखाएको छैन् ।
त्यसै सांगठनिक स्वरुपमा तराई मधेश लोकतान्त्रिक पार्टीले एकजना अध्यक्ष र दुई जना वरिष्ठ नेताको प्रस्ताव अघि सारेको छ । फोरम नेपाल र सद्भावना पार्टीले तीनै जना अध्यक्ष रहनुपर्ने र कार्यकारी पद चक्रिय प्रणालीमा राख्नुपर्ने प्रस्ताव राखेको बैठक स्रोतले जनाएको छ ।
तीनटै दलबाट प्रस्ताव आएपनि यही हुनुपर्छ भने अडान कुनै दलको नरहेको तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल बाँकी छ प्रस्ताव गरिएकोमध्ये पनि हुनसक्छ अथवा त्यसबाहिरका पनि हुन सक्छ तर एकीकरणको प्रकृया अगाडि बढी सकेको छ एकीकरण हुन्छ । हामीलाई तोकेको सात दिनकै म्याद भित्र सम्पूर्ण प्रकृया मिलाई प्रतिवेदन बुझाउने छौ ।’
विहिवार अध्यक्षसहित फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा बसेको बैठकले १५ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी एकीकरणको बारेमा अध्ययन तथा छलफल गरी सातदिनभित्र अध्यक्ष मण्डललाई प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिए अनुसार शुक्रवारदेखि बैठक बस्न लागेको हो ।

No comments:

Post a Comment