Labels

Sunday, January 12, 2014

तीन मधेशी दलको एकता प्रकृया अन्तिम चरणमा

मधेशका प्रमुख तीन दल मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरण सकारात्मक रुपमा अगाडि बढेको छ । आइतवार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको सिनामंगलस्थित निवासमा भएको छलफलले केही दिनमा पार्टीको एकीकरणको प्रकृया मूर्त रुप लिने बुझिएको छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ, केही दिनमै यसको टुगों लाग्ने बताउनुभयो । तीन नेताबीच मात्र भएको सो वार्ता अरु दिनको भन्दा फलदाय भएको बताइन्छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार तीन नेताबीच साँझसम्म भएको छलफलमा एकीकृत पार्टीको नाम, झण्डा, चुनाव चिन्ह तथा संगठनात्मक संरचना बारे टुगों लगाउन मात्र बाँकी रहेको छ । यी विषयहरुमा आआफ्नो पार्टीमा छलफल गर्ने अनि पुनः बैठकमा छलफल गर्ने सहमति भएको नेता महतोले आफ्नो फेसबुकमा लेख्नु भएको छ ।
सद्भावना पार्टीका अध्यक्ष महतोले अर्को बैठक चाँडै बस्ने समेत जानकारी दिनु भयो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने हामी प्रारम्भिक चरणमा छौ, तीन दलको बीच एकीकरण हुने सैद्धान्तिक सहमति भएपनि थुप्रै विषयमा टुगों लगाउन बाँकी छ ।तमलोपा पार्टी स्रोतका अनुसार तमलोपाका अध्यक्ष महन्थ ठाकुर उपचारका लागि दिल्ली जाने कार्यक्रमलाई रद्द गरी आजको बैठक बोलाएका थिए । तमलोपा स्रोतको यो पनि दावी छ कि सद्भावना पार्टी र फोरम नेपालका अध्यक्षले लगभग महन्थ ठाकुरलाई अध्यक्ष स्विकार गरिसकेका छन् त्यसलाई मूर्त रुप दिन मात्र बाँकी छ । यसअघिको बैठकहरुमा सहभागि एक नेताले पार्टीको नाम तराई मधेश सद्भावना फोरम रहने विषयमा पनि छलफल भएको छ ।अरु केही जान्नका लागि यहाँ क्लिक गर्नुस्
गच्छदारले भने, मोर्चाबन्दी तथा गठबन्धनले देशमा द्धन्द हुन्छ .

No comments:

Post a Comment