Labels

Wednesday, January 15, 2014

तीन मधेशी दलले एकीकरणका लागि बनाए कार्यदल

पार्टी एकीकरणका लागि तीन मधेशी दलले आआफ्नो पार्टीको तर्फबाट कार्यदल बनाएको छ । मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका तीन अध्यक्षबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति अनुसार आज तीनटै दलले कार्यदल बनाएको छ ।

यसअघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको सिनामंगलस्थित निवासमा बसेको बैठकले आआफ्नो पार्टीमा छलफल गरी कार्यदल बनाउने सहमति गरे अनुसार दलहरुको बैठक पनि बस्यो ।
मधेशी जनअधिकार फोरम नेपालको आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उपाध्यक्ष एवं सभासद् लालवावु राउतको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । अन्य सदस्यहरुमा महासचिव रामसहाय यादव, सचिव रत्नेश्वरलाल कायस्थ, केन्द्रीय सल्लाहकार अमरेशनारायण झा र केन्द्रीय सदस्य हरिनारायण यादव रहनु भएको छ ।
त्यस्तै सद्भावना पार्टीमा सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष संजय साह, नरसिह चौधरी महासचिव मनिष सुमनलगायतलाई जिम्मा दिएको पार्टी स्रोतको दावी छ । यता तमलोपामा त्यस प्रकारको कुनै बैठक बसेको छैन । पार्टीका एक नेताले भने, बैठक नबसाए पनि अध्यक्षको मुड अनुसार जजसलाई मनपराउनु हुन्छ उहाँहरुलाई लग्नु हुन्छ ।’ ह्रदयश त्रिपाठीमा भारतमा भएका हुनाले राजधानीमा उपस्थित रहेका प्रवक्ता सर्वेन्द्रनाथ शुक्ला, उपाध्यक्ष वृषेशचन्द्रलाल, महासचिव गोविन्द चौधरी र वाराबाट भोली मात्र राजधानी आई पुग्ने सहमहामन्त्री जितेन्द्र सोनल कार्यदलमा रहने सम्भावना रहेको पार्टी स्रोतको दावी छ । भोली (विहिवार) बस्ने बैठकको स्थानबारे गोप्य राखेको छ ।

No comments:

Post a Comment