Labels

Tuesday, January 14, 2014

मधेशका विश्लेषकले भने, मुद्दा सम्बोधन नभए अर्को विद्रोह

मधेशको मुद्दालाई सम्बोधन नभए पुनः विद्रोह हुने मधेशका बुद्धिजिवी तथा पत्रकारहरुले विश्लेषण गरेका छन् । राजनीतिक शक्ति काँग्रेस र एमालेको पोल्टामा गएको छ भन्दै ढुक्क भएर नबसे हुन्छ भनि चेतावनी पनि दिए ।
पत्रकार चन्द्रकिशोरको मधेशको राजनीतिक प्रस्तुतिपछि विश्लेषक तुलानारायण साहले मधेश आन्दोलन पहिचान र अधिकारका लागि भएको हो यदि त्यो प्राप्त भएन भने अर्को विद्रोह हुन्छ र त्यसको तयारी पनि भइरहेको धारणा राखे । पछिल्लोसमय राजनीतिक अवस्था फरिएको छ, उच्च जातीहरु राजनीतिकबाट पछाडि परिरहेका छन् । मधेशमा जितेका ५९ जना मधेशीमध्ये ९ जनामात्र उच्च जातीका छन् त्यसमा १८ जना थारु, १६ जना यादव, ८ जना साह, ४ जना मुस्लिम र ४ जना मण्डल रहेका छन् । यसले के बुझिन्छ भने अब मधेशको राजनीतिले परिवर्तन खोजेका छन् र अधिकार प्राप्तिका लागि यो नयाँ अभ्यास पनि, उनले भने, यसअघिको राजनीतिमा उच्च जातिको बाहुल्यता थियो अब त्यो समय रहेन अब मण्डल, साह, मुलस्लमान थारु यादवहरु अगाडि आएका छन् र यसले आफ्नो अधिकारका लागि नयाँ ढंगबाट पनि जान सक्छ ।

उनले काँग्रेस र एमालेलाई सचेत रहन समेत आग्रह गरे । मधेसी जनताको माग सही ढंगले सम्बोधन नभए फेरि अर्को आन्दोलन हुनसक्ने उनको विश्लेषण थियो । उनले संविधानसभा निर्वाचनमा क्षेत्रीय शक्तिको रुपमा रहेका मधेस केन्द्रीत दललाई भन्दा मुलधारका कांग्रेस र एमालेलाई जनताले विश्वास गर्नु मुद्धा स्थापित गर्नका लागि भएको पनि बताए ।
पत्रकार चन्द्रकिशोरले कांग्रेस र एमालले मधेशको मुद्दालाई सही ढंगले सम्बोधन नगरे देशमा पुनः मधेसवादी राजनीति हावी हुनसक्ने बताए । दोस्रो सविधानसभाको परिणामले काँग्रेस एमालेले मधेशको मुद्दा सम्बोधन गरिदेला भनि आशाले सविधानसभामा पठाएको हो तर विश्वासघात भाये भने ती दलका लागि नराम्रो परिणाम नहुने चेतावनी पनि दिए । उनले भने, यसको सही मुल्याङ्कन भएन भने पार्टीभित्र हुँदै विद्रोह बाहिर निस्कन सक्छ ।
उनले काँग्रेस र एमालेमा पनि मधेशी नेताहरु छन् तर कहिले पनि मधेशको बारेमा कुरा राख्दैन त्यहाँ रहेका नेता कोही पानी भरुवा, पानी मरुवा, पानी रुपुवा रहेको धारणा राखे । उनले त काँग्रेसका नेता विमलेन्द्र निधिको नामै लिएर भने, विमलेन्द्र निधि कहिले पनि मधेशको नेता हुन चाहेन जहिले पनि पार्टीको संस्थापन पक्षको विरोधी खेमामा आफूलाई उपस्थित गराई राखे ।
चुनावपछि मधेशले पनि भारतको बारेमा सोच्न बाध्य भएको छ, पत्रकार चन्द्रकिशोरले भने, मधेशले अब हम आपके हैं कौन भन्न थालेका छन् । मधेशवादी दल र मधेशी जनताले भारतको बारेमा नयाँ ढंगबाट सोच्न बाध्य भएका छन् अर्थात मधेशबाट भारत विरोधी स्वरहरु आउन थालेका छन् ।’ मधेशले मधेशका लागि भारतको हुनुपर्ने भूमिका नपाएकोप्रति मधेशी जनतामा एक प्रकारको आक्रोश रहेको पनि विश्लेषण गरे ।
प्राध्यापक लालबावु राउतले मधेशको यस्तो अवस्था हुनुमा मधेशवादी दल नै दोषी रहेको धारणा राखेका थिए । मधेशमा पनि विभेद छन्, मधेशमा पनि असमावेशी छन् त्यसको बारेमा मधेशी जनताले खोई बोलेको भन्दै उनले मधेसको मुख्य माग पहिचान र त्यसपछि मात्र स्रोत साधनमाथिको अधिकार रहेको बताए । उनले पहिलो नेपाल बन्नुपर्छ अनि सविधान त्यसपछि मधेश बन्नुपर्ने उल्लेख गरे । नेपाल नबन्नेसम्म मधेशको समस्या समाधान नहुने बताए  । विगतको पाँचवर्षमा मधेशी दलको व्यवहार फरक भएकोले अहिले मतदाता पुराना पार्टी तिर फर्कएिको धारणा पनि उनले राखे ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार मण्डलले तीन ठुला दलले पनि मधेशकै नारा दिएर मधेशमा मत प्राप्त गरेको बताए । मधेशी जनताले काँग्रेस र एमालेलाई पत्याएको छ भने त्यसमा मख्ख नपरे हुन्छ, उनले भने, उनीहरुलाई चान्स दिएको हो । यदि अब पनि मधेशको मुद्दा सम्बोधन नभए विगतभन्दा बुरा हाल हुनेछ ।
काँग्रेसकी सभासद किरण यादवले यदि काँग्रेस र एमालेले मधेशको लागि केही गरेको छैन भने मधेशवादी दलले पनि केही नगरेको आरोप लगाए । मधेशी जनताको म्याण्डेट लिएर सविधानसभामा आएका मधेशवादी दलहरुले मधेशी जनताको लागि केही नगरेको आरोप लगाउँदै अरु दल जस्तै सत्ता र कुर्सीमै रमाएको आरोप लगाए । मधेशवादी दलले मधेशी जनताका लागि केही नगरको कारण आज मधेशी जनताले विकल्प खोज्न बाध्य भएको हो, उनले भने, आफ्नो पार्टी मधेशको मुद्दाबाट पछि नहट्ने र त्यसका लागि म लड्न तयार छु ।
एमाओवादीका नेता एवं मधेश मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले परिवर्तनकारी शक्ति हार्दैमा मुद्दा हार्यो भने छैन, मुद्दा झन बलियो भएको दावी गरे । मधेशी जनता कति सचेत छ भने कुराको प्रमाण यो चुनावले दिएको छ, एमाओवादी र मधेसी पार्टी आपसमा विभाजित भएपनि उनै माथि विश्वास गरे, उनले भने, एमाओवादी र मधेशवादी विभाजिन, एमाओवादीको भद्रगोल संगठन, मधेशवादी दलको त झन भद्रगोल संगठन दुवै संगठनभित्र व्यापक अन्तरघातले गर्दा पनि एमाओवादी र मधेशवादी दल कमजोर भएर आएको हो ।
एमाओवादी र मधेशवादी दलले भ्रष्टाचार गरेको जुन आरोप लाग्दै आएका छन् त्यो सही हो तर काँग्रेस र एमाले छैन भने छैन । एमाओवादी र मधेशवादी दलभन्दा पनि कइ गुणा बढी भ्रष्ट छन् ती दलका नेताहरु तर उनीहरुको बारेमा कसैले बोल्दैन नेता शर्माको धारणा थियो ।
ऋाउट लाइन मिडियाले आयोजना गरेको कार्यक्रममा एमालेकी युवा नेत्री मञ्जु यादव, वामपन्थी गणेश साह, अजय दासलगायतले आआफ्नो धारणा राखेका थिए ।

No comments:

Post a Comment