Labels

Wednesday, September 4, 2013

राजधानीका मिश्रहरु


सुरेशकुमार यादव
काठमाडौ भदौ १९ गते । विगत २ हजार वर्षो इतियास बोकेका काठमाडौं उपत्यकाका रैथाने तिरहुतिया ब्राम्हणहरुको तिरहुतिया ब्राम्हण सेवा समितिको अध्यक्षमा राजन मिश्रलाई चयन गरेको छ ।
समितिको तेस्रो महाधिवेशनले राजन मिश्रको अध्यक्षतामा गठन भएको १३ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्षमा अर्जुनप्रसाद मिश्र, सचिवमा श्रीजन झा, कोषाध्यक्षमा सुगिता मिश्र रहनु भएको छ । सदस्यहरुमा किरणकुमार मिश्र, उपेन्द्रगोपाल झा, सुजनकुमार झा, सविता मिश्र, शिवचन्द्र झा, प्रधुम्न झा, किर्तिनाथ मिश्र, नविनकुष्ण झा, शहनलता मिश्र चयन हुनु भएको छ ।
काठमार्डौ उपत्यकाको विभिन्न भागमा ज्यादै न्यून सँख्यामा रहेको मैथिल ब्राहमण समुदायको विगतको राज्य संञ्चालनमा महत्वपर्ूण्ा भूमिका रहेको अध्यक्ष राजन मिश्रले जानकारी गराउनुभयो । तत्कालीन समयमा राज्य संचालकहरुको आग्रहमा काठमाडौं उपत्यका प्रवेश गरेका करिव ६० घरधुरीका तिरहुतियाहरु हाल २५ घरधुरीमा सिमित भएको छ ।
कार्यक्रममा सो संस्थाका ज्येष्ठ सदस्य मोहनप्रसाद मिश्रलाई अभिन्नदन गर्नुको साथै समितिको संरक्षकत्व ग्रहण गर्नुहने संरक्षक सदस्यहरुलाई समेत सम्मान गरेको छ ।

No comments:

Post a Comment