Labels

Wednesday, September 11, 2013

राजेन्द्र महतो र उपेन्द्र मिल्दै


सुरेशकुमार यादव
काठमाडौ भदौ २६ गते । उपेन्द्र यादव अध्यक्ष रहनु भएको मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो अध्यक्ष रहनु भएको सद्भावना पार्टर्ीीचको चुनावी तालमेलको प्रकृया अन्तिम चरणमा पुगेको छ ।
केही दिनदेखि लगातार यी दर्ुइ दलबीच भएको छलफलले चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति भएपछि निर्वाचन क्षेत्रको अध्ययनका लागि फोरम नेपालकोतर्फाट पार्टर्ीी सल्लाहकार अमरेश नारायण झा र सद्भावना पार्टर्ीीे तर्फाट महासचिव मनिष सुमनलाई जिम्मेवारी तोकेको छ ।
बुधवार दुवै दलको तर्फाट गठन भएको कार्यदलबीच भएको छलफलले मधेशका कुन निर्वाचन क्षेत्रमा कुन दलको बलियो पकड छ र कुन क्षेत्रमा कमजोर पकड छ त्यसको अध्ययन गर्नका लागि दर्ुइ पार्टर्ीीट एक एकजनालाई जिम्मेवारी दिएको फोरम नेपालले जनाएको छ । यी दुवैजनाले दर्ुइ दिनभित्र निर्वाचन क्षेत्रबारे अध्ययन गरी प्रतिवेदन तयार गरी भदौ २९ गते बस्ने बैठकले त्यसलाई संशोधनसहित अन्तिम रुप दिने र तालमेललाई टुगोंमा पुर्याइने बताईएको छ ।
चुनावी तालमेलका लागि सद्भावना पार्टर्ीी फोरम नेपाललाई अलग राखेर तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक) ले छुट्टै सहमति गर्न थालेपछि यी दर्ुइ दलले पनि चुनावी मोर्चा बनाउन लागेका हुन् । तमलोपा र फोरम लोकतान्त्रिकले पनि आआफ्ना कार्यदललाई निर्वाचन क्षेत्र अध्ययनका लागि जिम्मेवारी तोकिसकेको छ ।

No comments:

Post a Comment