Labels

Tuesday, September 10, 2013

अमेरिका छाडेर माछा पालनमा


सुरेशकुमार यादव
काठमाडौ भदौ २१ गते । अमेरिका जाने कुरा सुनेपछि हुरुक्क हुने यही नेपाली समाजमा एकजना युवा त्यहाँको जागिर छाडेर स्वदेशमै आफ्नै व्यवसायी शुरु गरेका छन् ।
धादिङ्का भरत सापकोटाले अमेरिकामा ६ वर्षम्म कुकको जागिर गर्नुभयो । र, त्यसबाट महिनाको एकलाखभन्दा बढी रुपियाँ कमाउनु हुन्थ्यो तर आफ्नै देशमा केही गर्नुपर्छ भन्दै स्वदेश फर्केर माछाका व्यवसायी शुरु गर्नुभएको छ । त्यो पनि नयाँ प्रविधि र नयाँ सोचका साथ ।
यो व्यवसायीमा लाग्नुको पनि उहाँसँग आफ्नै कथा छ । अमेरिकाबाट आएको बेला सापकोटाको बुवालाई मुटु रोग भएको कारण जिउँदो माछा खोज्न ठाउँ ठाउँ जानु परेको थियो र सोही आउँ जाउँको क्रममा माछाकै व्यवसायी गरौन भनि सो व्यवसायीमा हात हाल्नु भएको हो ।
काठमाडौवासीले जिवित माछा खान नपाउनुलाई उहाँले सकार गर्दै जिउँदो माछा बेच्ने व्यवसायी शुरु गर्नु भएको छ । भदौ ९ गतेबाट शुरु गर्नुभएको सो व्यवसायीको बजार अच्चमको पाएको अनुभव सुनाउनु भयो । बलाजु चौकमै एउटा सानो घरभाडा लिएर त्यहीभित्र कृत्रिम तलाउको व्यवस्था गरी जिउँदै माछा बेच्न थाल्नु भएको छ । हिमलायन मिट मार्ट नामको सो पसलमा ग्राहकले पानीभित्र जिउँदै रहेका माछा छानी छानी किनेर लगेका हुन्छन् । माछाका सौकिनहरु जिउँदो माछा खानका लागि उपत्यका कट्नु पथ्र्यो तर अब राजनधानीभित्रै खोजिएका माछा पाउन थालेपछि ग्राहकहरु पनि खुशी भएका छन्, युवा व्यवसयाी सापकोटाले आफ्नो अनुभव सुनाउनु भयो ।
उहाँले गोरखापत्रसँग आफ्नो अनुभव सुनाउँदै भन्नुभयो-'मलाई यहाँ ग्राहकको समस्या छैन्, आज यो व्यवसयायी शुरु गरेको १३ दिनमात्र भएको छ दिन दिनै ग्राहकको सँख्या बढ्दै छ र दिनमा एक क्विन्टल बेच्ने लक्ष्य रहेको छ । अहिले दिनको ५० केजी मात्र बेच्न पाएको छु ।' तीनजना मिलेर १७ लाखको पूजीमा शुरु भएको सो व्यवसायीमा शिक्षकबाट अवकाशप्राप्त गौरव नेपाल र चन्द्र गुरुगंको पनि लगानी छ । गौरव नेपालले यो व्यवसायी गर्ने सोच भरतजीको मात्र हो, उहाँले नै यसरी यसरी गर्न सकिन्छ भनेर हामी लगानी गरेका हौं तर राम्रै लक्षण देखिएको छ' भन्नुभयो ।
कृतिम तलाउमा अक्सिनको माध्यमबाट विभिन्न जातका माछाहरु राखेका छन् । त्यसमा ग्रास कार्प, बैखा, पंगास, रहू, भागुर, विगहेड, कमन ग्रास जातका माछाहरु राखेका छन् । ग्राहकले आफै रोजी रोजी किलोको पाँचसयका दरले किनेर लान्छन् । सापकोटाले जिउँदो माछा अक्सिनकै माध्यमबाट चितवनबाट ल्याएर तलाउमा राख्नु भएको छ ।
मत्स्य विकास निर्देशनालय कार्यक्रमका निर्देशक राजेन्द्रकुमार के.सी.ले बजारमा पाउने मृत माछाभन्दा खानका लागि यो प्रविधिबाट प्राप्त जिउँदो माछा कतियौं गुणा स्वस्थ्यकर छन् । हिमलायन मिट मार्टमा भेटिएका के.सी. शुरुमा सापकोटालाई प्राविधिक ज्ञान त्यति नभएको कारण थुप्रै घाटा व्यहोर्नु भयो तर अहिले ठिक छ । यो प्रकारको व्यवसायीको संभावना निकै राम्रो रहेको छ । राजधानीमा यसप्रकारको व्यवसायी ५-६ ठाउँमा शुरु भएको छ । व्यवसायी सापकोटाले पहिलोपटक चितवनबाट ल्याउनु भएको अर्ढाई क्विन्टलमध्ये डेढ क्विन्टल मरेको थियो पछि निर्देशक के.सी.ले प्राविधिक सल्लाह दिएपछि अहिले सुध्रिएको छ ।

No comments:

Post a Comment