Labels

Thursday, March 13, 2014

होलीपछि मात्र हुने भो.....जोगिरा सररररररररर

काठमाडौ फागुन ३० गते । लामो प्रतिक्षा बसेका तीन दलको बैठक हालीपछिका लागि सरेको छ । विहीवार राती तमलोपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको तीन अध्यक्ष फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भएको व्यापक छलफलमा एकीकरण हुने कुरा छँदैछ यसलाई मूर्तरुप दिन होलीपछि बस्न छ ।
स्रोतका अनुसार तमलोपाका अध्यक्ष ठाकुरले एकीकरण बारे के गर्ने भने उपेन्द्र यादवसँग सोधका थिए । त्यसपछि उपेन्द्र यादवले एकीकरणका लागि हतार किन, हरेक विषयमा छलफल गर्दै जाउँ, सबै विषयमा छलफल गर्दै किलियर गर्दै मात्र एकीकरणमा जाने जवाफ दिएका छन् ।

एकीकरणको घोषणा होलीअघि नै गर्ने गरी छलफलका लागि तीन दलका अध्यक्ष बसेका थिए तर होलीको पूर्वसन्ध्यामा साँझ अवेर राती भएको तीन दलको बैठकले होलीपछि मात्र छलफल गर्ने गरी बैठक सर्यो । बैठकमा सहभागि एक नेताले भने, होलीपछि बस्ने बैठकले एकीकरणको बारे स्पष्ट हुनेछ, उपेन्द्र यादवले पनि होलीपछि बस्ने बैठकपछि पार्टी एकीकरणले रुप धारण गरिनेछ ।

1 comment: