Labels

Tuesday, March 11, 2014

अब त दूध नखाए हुने भयो होइन त ?

सरकारी स्वामित्वको दूध विकास संस्था डीडीसीले उपभोक्तालाई लक्षित प्रशोधित दूधको भाउमा प्रतिलिटर ६ र ८ रुपैयाँका दरले वृद्धि गरेको छ । डीडीसी सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
 किसानहरुले दूधको लागत बढेकाले मूल्य बढाउन आन्दोलन थालेपछि डीडीसीले भाउ बढाउनुपरेको भनेको छ ।
 डीडीसीका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीका अनुसार उपभोक्ताले २५ रुपैयाँमा किन्दै आएको आधा लिटर स्ट्यान्र्ड दूध (नीलो प्याकेट) को २८ रुपैयाँ र ३० रुपैयाँमा बिक्री हुँदै आएको हरियो रङको फुल क्रिम मिल्क आधा लिटरलाई ३४ रुपैयाँ तिर्नुपर्नेछ ।
 यसअघि बाबुराम भट्टराई कृषि तथा प्रधानमन्त्री भएका बेला डीडीसीले स्ट्यान्र्ड दूधको प्रतिपोका १ रुपैयाँ बढाइ ३० पुर्‍याएको थियो । डीडीसीका एक पूर्व अधिकृतका अनुसार यसपटक वृद्धि गरिएको दूधको भाउ हालसम्मकै उच्च हो ।
 ‘विगतका वर्षहरुमा डीडीसीले कम्तीमा १ देखि ३ रुपैयाँ प्रतिलिटरसम्म बढाएको थियो । यस पटकको वृद्धिदर हालसम्मकै उच्च हो,’ ती अधिकारीले भने । डीडीसीले गाईको दूध, बटर, क्रिम, लस्सी, आइसक्रिम, घिउको भने भाउ बढाएको छैन।
 आजदेखि डीडीसीले बिक्री गर्ने स्ट्यान्र्ड मिल्कको प्रतिलिटर बजार मूल्य ५६ रुपैयाँ पुगेको छ भने फुल क्रिम दूधको मूल्य प्रतिलिटर ६८ रुपैयाँ पुगेको छ । डीडीसीले किसानलाई प्रतिलिटर ३२ देखि ३५ रुपैयाँ तिर्छ । बुधबार बढइएको ६ रुपैयाँ ६९ प्रतिशत अर्थात ४ रुपैयाँ १५ पैसा किसानलाई दिनेछ भने १ रुपैयाँ ८५ पैसा अर्थात ३१ प्रतिशत डीडीसीले पाउनेछ ।
 ३१ प्रतिशत मध्येबाट बुथ कमिसन १० पैसा वृद्धि गरिएको छ । उपभोक्तालाई बिहान दूध बिक्री गर्ने किराना पसलले प्रतिलिटर १ रुपैयाँ ९० पैसा पाउनेछन् ।

No comments:

Post a Comment