Labels

Saturday, March 1, 2014

उपराष्ट्रपतिले भने, गल्ति नदोहर्याउ

काठडमाडौ फागुन १७ गते । उपराष्ट्रपति परमानन्द झाले एकवर्षभित्र संघीय सविधान निर्माण गर्न सविधानसभा सदस्यहरुलाई सुझाव दिनुभएको छ । विगतमा जे जस्तो कमिकमजोरी भए त्यसलाई नदोहोर्याई तोकिएको समयमा सविधान निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।
सिरहा जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिकबाट सविधानसभा सदस्य हुनु भएका सम्पूर्ण सभासद्लाई सिरहा समाज सेवाले स्वागत तथा सम्मान गर्न शनिवार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति झाले सो सुझाव दिनुभएको हो ।
गत सविधानसभामा नै चाहेको भए सविधान निर्माण हुन्थ्यो तर विभिन्न बाहानामा सविधान निर्माण नगरी आलटाल गरेर समय खेर फालेको बताउँदै उहाँले वर्तमान सविधानसभामा अब त्यो कुरा नहुने कुरामा आफू विश्वस्त रहेकाले तोकिएको समयमा सविधान निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । एकवर्षभित्रमै सविधान निर्माण हुन्छ भने कुरामा नेपाली जनता पनि ढुक्क रहेको बताउँदै उहाँले सबैलाई जित बुझ्दो सविधान निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।

सिरहा जिल्लाबाट २२ जना सभासद् सविधानसभामा रहेका छन् जसमध्ये कार्यक्रममा १९ जनाको उपस्थिति थियो । सम्मानित हुने सभासद्हरुले पनि आफूहरु एकवर्षभित्र सविधान बनाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।
नेपाली काँग्रेसको तर्फबाट सभासद् बन्नु भएका पदम नारायण चौधरीले विगतका सविधानसभा सदस्यहरु के के  गल्ति गरे त्यतातिर आफूहरुको ध्यान नगएको बताउँदै आफूहरुको एक मिसन एकवर्षभित्र सविधान निर्माण गर्नु नै रहेको धारणा राख्नुभयो । तोकिएको समयमा सविधान निर्माण नगरेको कारण सविधानसभा बद्नाम भएको बताउँदै उहाँले त्यस्तो मौका आफूले नदिएको बताउनुभयो ।
सोही पार्टीका अर्का सभासद् सीता देवी यादवले पनि आफूहरु सविधानसभामा सविधान निर्माण गर्न आएकाले एकवर्षभित्रै सविधान निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै एमालेका सभासद् धर्मनाथ साहले पनि विगतमा भएको गल्तिलाई आफूहरुले नदोहोर्याउने उल्लेख गर्दै एकवर्षभित्र जसरी पनि सविधान निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विगतमा सत्ताको खेलमा समय खेर गएको कारण यसपाली आफ्नो दलबाट सविधानसभा सदस्यलाई सरकारमा नपठाएको कारणले पनि समयमा सविधान निर्माण हुनेमा आफूलाई विश्वास लागेको बताउनुभयो । सोही पार्टीका अर्का सभासद् रामचन्द्र यादवले यसपटक पनि सविधान निर्माण गरिएन भने नेपालको राजनीतिकबाट नेपाली जनताको विश्वास उठ्ने भएकाले जुनसुकै हालतमा सविधान निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
एमाओवादीका सभासद् अजय शंकर नायकले विगतमा राजनीतिक दलहरुले सविधान निर्माणभन्दा अन्य अन्य विषयमा धेरै समय खेर फालेकोबाट पाठ सिकेर सविधान निर्माणमा नै ध्यान केन्द्रित गर्ने बताउनुभयो । दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले सविधानसभाको सुरुवात जसरी भएको छ त्यसरी सविधान निर्माण हुने कुरामा आफूलाई शंका लागेको बताउनुभयो । उहाँले तोकिएको समयमा यसअघि पनि सविधान निर्माण गर्ने प्रतिवद्धताहरु आएको बताउँदै प्रतिवद्धताभन्दा कार्यान्वयन कसरी गर्नेतिर ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
सिरहा जिल्लामा रहेका २२ जनासभासद्मध्ये यसअघिको सविधानसभा एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र विश्वेन्द्र पासवान मात्र सभासद् हुनुहुन्थ्यो । कार्यक्रममा प्रहरी महानिरिक्षिक उपेन्द्रकान्त आर्याललाई समेत अभिनन्दन गरेको छ । आर्याल पनि सिरहावासी हुन् ।

No comments:

Post a Comment