Labels

Thursday, March 20, 2014

राजेन्द्र महतोले ज्ञापनपत्र बुझाएपछि यस्तो भने प्रधानमन्त्रीले

जनकपुर बम काण्डमा आफ्ना पार्टीका उपाध्यक्ष एवं सभासद् सञ्जय साहलाई जवर्जस्ती फँसाईको हो भन्दै सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री सुशिल कोइरालालाई आज (विहीवार) ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष महतोले छानविनको आयोग गठनको माग गरेको छ र प्रधानमन्त्री सुशिल कोइरालाले पनि छानविन गर्ने आश्वासन दिएको छ ।
प्रधानमन्त्री कोइरालाले यति पुरानो मुद्दा र त्यसका दोषी समाति सकेपछि पनि कसरी यस्ता भयो यसको बारेमा आफूले गृहबाट बुझ्ने आवश्वासन दिएको बताइन्छ । अध्यक्ष महताले पढेर सुनाएको ज्ञापनपत्रमा के छः

                                                                                             
                                                                                                   मिति ः २०७० चैत्र ६ गते 


सम्माननीय प्रधानमन्त्री ज्यू , 
मन्त्री परिषदको कार्यालय 
सिंहदरवार, काठमाण्डौ । 

विषय ः ज्ञापन–पत्र ।
माननीय संजय कुमार साह धनुषा क्षेत्र नं. ४ वाट निर्वाचित सभासद हुनु हुन्छ । हाल ३–४ दिन देखि उहाँको वारेमा केही संचार माध्यमले अपुष्ट समाचार प्रकाशन गरी अपराधिक घटनामा मुच्छिन खोजेकोले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।  
मिथिला राज्यको माँग गरी जनकपुरको रामानन्द चौकमा धर्नामा बसेको अवस्थामा  मिति २०६९÷१÷१८ का दिन १० बजे सो चौकमा वम विष्फोट हुदा सो विष्फोटबाट ५ जनाको ज्यान जानुको साथै दर्जनौ व्यक्ति घाईते भएको थियो । सो घटनाको सम्बन्धमा सोही दिन वारदात स्थलबाट जयप्रकाश चौधरी भन्ने व्यक्तिलाई स्थानीय व्यक्तिहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । जयप्रकाश चौधरीको मोवाईल कल डीटेल र अनुसंधान बाट अपराधी देखीएका अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सो घटनाको सम्बन्धमा पक्राउ परेका ५ जना र अन्य अभियुक्तहरु माथी धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरी सकेको छ । 
प्रहरी प्रतिवेदन अनुसार सो घटनाको जिम्मेवारी राजन मुक्ती अर्थात जनतान्त्रीक मुक्ति मोर्चाका अध्यक्षले लिएका थिए र घटनाको अनुसंधानमा उक्त मोर्चाका विद्यार्थी फ्रन्टका अध्यक्ष अर्जुन सिंह भन्ने मुकेश चौधरी र राजन मुक्ति भन्ने रंजित झा समेतको योजनाले वम विष्फोट भएको र चन्दा आतंक मचाउन सो घटना गराईएको सोही प्रहरी प्रतिवेदनमा पुष्टी गरिएको छ । 
सो घटनाको २ महिना पछि नै उक्त घटनामा मृत्यु भएका महन्थ विमल शरण दासका छोरा राम शरण दासले वुवाको हत्या मन्दीरको स्वामित्वको विवादलाई लिई गरिएको र घटनामा वुवालाई मोवाईलबाट फोन गरी सो घटना स्थलमा वोलाई हत्या गराएको मानी जाहेरी धनुषा जिल्ला प्रहरी 
कार्यालयमा दिदा प्रहरीले जाहेरी दर्ता नगर्दा उहाँले पुनरावेदन अदालत धनुषामा जाहेरी सम्बन्धमा परमादेशको रिट दिदा जिल्ला प्रहरी कार्यालय धनुषाले घटना सम्बन्धमा तहकिकात भई अपराधी उपर 
मुद्दा दर्ता भई सकेको भनी प्रतिवाद गरिएको थियो भन्ने कुरा बुझनमा आएको छ । तसर्थ प्रहरीवाट गरिएको सो मुद्दा र अनुसंधान समेतबाट कहि कतै मा. संजय कुमार साहको उक्त घटनामा संलग्नता नभएको प्रष्ट देखिन आएको छ । 
घटना वारदात भएको करीब दुई वर्ष पछि सो मुद्दाका रंजित झा, मुकेश चौधरी लगायतका व्यक्तिहरु पक्राउ भई सकेका छन् । दुई वर्ष अघि दायर भएको मुद्दामा अभियुक्त नरहेको ओम प्रकाश यादवबाट मा.संजय कुमार साहको नाम पोल्न लगाई षडयन्त्र गरेको बुझिन आएको छ । 
‘कुनै पनि निर्दोष व्यक्तिलाई फसाउन र दोषि लाई मुक्ति दिनु हुदैन,’ पार्टीको प्रष्ट मान्यता छ । तसर्थ उक्त घटना सम्बन्धमा निष्पक्ष न्यायिक छानविन आयोगको गठन गरी वास्तविक दोषी माथी कारवाही गर्न, र कुनै पनि परिस्थितीमा निर्दोषीलाई न–फसाउन पार्टीले यस ज्ञापन–पत्र मार्फत सरकार संग मांग गर्दछ । 

..............................................
        (राजेन्द्र महतो)
        राष्ट्रिय अध्यक्ष 


पार्टीले यस्तो ल्यायो तथ्य 

घटना
१. २०६९।०१।१८ विहान १० बजेको समयमा घटना घटी पाँच जनाको मृत्यु भएको र घटना स्थलबाट जयप्रकाश चौधरी भन्ने ब्यक्तिलाई सर्व साधारण जनताले पक्राउ गरी प्रहरीको जिम्मा लगायो । जय प्रकाश चौधरीको मोबाइल ऋबिि म्भतबष्कि  लगायत अति सुक्क्षम अनुसन्धान गरी थप चार जना अभियूक्तहरु प्रका्रउ गर्नुको साथै ठूलो परिमाणमा विस्फोटक सामागी्रहरु लगायत थप हात हतियारहरु समेत फेला पारे र घटनाहुनुको कारण समेत सार्वजनीक गरे जस अनुसार घटनाका मूख्य योजना कारहरु प्रकाश विधार्थी भन्ने मुकेश चौधरी र राजन मुक्ति भन्ने रञ्जीत झा समेत योजना बनाए । मधेशमा आफनो भुमिगत पाटिको प्रभाव बढाउन मधेशकोे जिल्लाहरुमा भिड भाड भएको ठाउहरुमा यस्ता विस्फोट घटनाहरु गराई आफनो सगंठनको प्रभाव बढाइ चन्दा आंतक मचाउने उदेश्यले रमानन्द चौकको घटना लगायत महोतरी ट्रफिक प्रहरी कार्यालय र एमाले पार्टी कार्यालयमा समेत घटना गराएको भन्ने कुराहरु समेत धनुषाको प्रहरी अनुसन्धान बाट पुष्टी भयो ।
२. घटनाको करिब २ महिना पश्चात रमानन्द चौकको घटनामा मृत्यकहरु भएका मध्ये सब भन्दा बढी क्षत बिक्षत भई मृत्यु भएको महन्त विमल शरण दासका छोरा रामशरण दासले मेरो वुवालाई मठ मन्दिरको स्वामित्व सम्बन्धी विवादको कारण मेरो वुवाको मोबाइल नं.           मा फोन गरी घटना स्थलमा बोलाइ खडयन्त्र पूर्वक मेरो वुवाको हत्या गराएकोले मेरो वुवाको मोवाइलमा फोन गर्ने मान्छेको विश्वास गरी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषामा जाहिरी दरखास्त दिन जाँदा प्रहरीले लिन इनकार गरेपछि निजले पूनारवेदन अदालत जनकपुरमा प्रमावेशको लागी मुद्धा दिएका थिए ।त्यसमा प्रहरीले प्रतिउत्तर लगाउदा यो भन्यो कि अब यो मुद्धामा नया किसिमले अनुसन्धान गर्ने सकिदैन र त्यस घटनाको प्रहरीले ब्यापक अनुसन्धान गरी सत्य तथ्य ल्याइसकेकोले पुनं अनुसन्धान गर्न सकिदैन भनि प्रतिउत्तर भनेका थियो ।
३. २०७० मंसीर २ गते घटनाका मुख्य योजना कारहरु मध्ये रन्जीत झा लाई पक्राउ गरी ब्यान लिदा निजले समेत प्रहरीले गरेको अनुसन्धानको तथ्यलाई नै पुष्टी हुने गरी यो भनेका थिए कि म लखनऊ स्थित मुकेशको डेरामा बसी हामीले मदेशमा यस्ता घटनाहरु गराई चन्दा आंतक मचाउने उदेश्यले हामीले यी घटनाहरु गराएका हौ भनि ब्यान दिएका थिए ।
.२०७० फागुन १८ गते मुकेश चौधरी पक्राउ पर्दा निजको साथबाट आठ थान मोवाईलको सिम र निजले प्रयोग गर्ने ीबउतयउ,त्बद र हतियार समेत बरामद गरेको २०७०।११।२२ गते प्रहरीले सार्वजनिक गरेको।
५. पाच सात महिना अगाडी सितामढिमा पाच किलो विस्फोटक पदार्थ र चार वटा हतियारहरु सहित पक्राउ पर्दा पक्राउ पर्ने ब्यक्तिले यो हतियारहरु नेपालका जन प्रतिनिधि सञ्जय कुमार साहलाई मार्न मुकेश चौधरीले पठाइरहेको र यति मात्रामै विस्फोटक सामाग्रीहरु पठाइसकेको समेत खुलासा गरेका थिए ।
६. विभिन्न सञ्चार माध्यमहरुमा ब्गमष्य च्भअयचम तथा कथित दुई जना विच भएको कुराकानी भएको बारेमा सञ्चारमाध्यममा सम्प्रेशन भएको छ । त्यो ब्गमष्य च्भअयचम प्रत्यक्ष रुपले सुन्दैमा त्यस्तै झुठा नक्कली तथ्य हिन भएको पुष्टी हुन्छ । र ब्गमष्य च्भअयचम लाई दुनिया संसारभरीका न्यायीक निकायहरुको साथै नेपालका सुप्रिम कोर्ट समेतले ब्गमष्य च्भअयचम लाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन भनि नजिर नै स्थापित गरिसकेको छ । किनकी आवाजको नक्कल जसको पनि गर्न गराउन सक्ने भएकोले ब्गमष्य च्भअयचम लाई जहा सुकैको अदालतले पनि प्रमाणको रुपमा ग्रहण गदैन ।
७. जनकपुर टुडे ः  २०७० फागुन २५ गते जनकपुरको स्थानिय पत्रिका जनकपुर टुडेका सम्पादकले सम्पादकीयमा लेखेको छ कि मुकेश चौधरी घटना गराउने सहयोगी मात्र हुन भनि ठोकुवा साथ लेखेका हुन ।

यी तथ्यहरुको अधारमा पार्टीले गरेका सवालहरु 
१.(क) घटनाका मुख्य कडी जय प्रकाश चौधरी जसले घटना स्थलमा स्वयम बम विस्फोट गराएका थिए र जसकै ब्यानको आधारमा सवै सत्य तथ्यहरु बहिर आएका थिए । त्यसमा निजले खास व्यक्तिलाई लक्षित गरि विस्फोट गराएको भए ती तथ्य पनि प्रहरीले त्यति वेला नै अनुसन्धानबाट पुष्टी गर्ने नै थियो । किन भने निज घटनाका सबै भन्दा महत्वपूर्ण पात्र हुन् ?
(ख) घटना स्थलमा रहेका सबै सगँ प्रहरीले सामान्य सोध पुछ गरी घटनाका बारेमा निजहरुका बयानहरु सामिल गरेका थिए तर घटना स्थलमै रहेका जनकपुरका एक जना चर्चित व्यक्ति जसको घटनाका योजनाकार मुकेश चौधरी सगँ वारम्वार कुरा भएको घटनाको ठिक १० मिनेट अगाडी समेत कुरा भएको व्यक्तिको समान्य व्यान समेत प्रहरीले किन लिएन् ?
२.(क) मृतक महन्त विमल शरण दासको छोराको जाहीरी पुलिसले दर्ता गर्न किन इन्कार गरे ?
(ख) जाहीरी दर्ता गरी अनुसन्धान गरेको भए कसको मोवाईल बाट निजको वुवाको मोवाईमा फोन        आएको थियो र को फस्ने वाला थियो ?
  (ग) महन्त विमल शरण दासको मृत्युबाट कसलाई करोडौ रुपियाको जग्गा जमीन हात लाग्न गयो ?
३. मुख्य योजनाकार दुई मध्ये एक रन्जीत झा पक्राउ पर्दा निजबाट केही पनि फरक तथ्य आएन किनकी त्यति वेला मुलुकमा स्वतन्त्र सरकार थिए । त्यसैले कसैलाई फसाउन सकेन् ?
४. वरामद भएको आठवटा सिमहरु बाट को को  सित सम्पर्कमा थिए त्यो सिमहरु बाट सभासद साह सगँ सम्पर्क भएको पुष्टी हुन्छ कि हुदैन यदि हुदैन भने के प्रमाणका आधारमा सभासद साहलाई त्यो घटनामा जोडन खोजीएको छ ? र त्यो सिमहरुबाट को को सित बढि सम्पर्क भएको प्रहरीले किन सार्वजनिक गर्दैन ?
५. सितामढिमा बरामद भएको हात हतियार कसलाई मार्न पढाइ रहे थियो ? अहिले मुकेश चौधरी सगँ किन खुलासा गराउन नसकेको ?
६. प्रहरीको तथ्यहरु सार्वजनिक हुनु भन्दा अगाडी नै निजले कसरी थाहा पायो कि मुकेश चौधरी सहयोगी मात्र हुन ? यो सभासद साहलाई फसाउन प्रहरी र केही पार्टीका समर्थक मिडिया कर्मि र सता धारी पार्टीको नेताको खडयन्त्र पुष्टी हुदैन ? त्यो लेख्ने सम्पादकलाई नेपाली काग्रसले समानुपातिक उमेदवा।रको सुचिमा राखिएको थिएन् ?
७. प्रहरीले बम विस्फोट च्झयतभ अयलतचयिि बाट गराएको हो भन्ने पूष्टि गरेको छ र यदी कुनै खास व्यक्तिलाई  त्बचनभत गरेर विस्फोट गराएको भए निश्चित रुपमा ती व्यक्तिको पनि मृत्यु हुने नै थियो  वा कमसेकम सिकिस्त तथा घाइते हुने निश्चित नै थिए तर ति मान्छेलाई खरोच पनि न आउनु यो के हो ? यस बाट यो सिद्ध हुदैन कि यो फसाउने खडयन्त्र हो ?

No comments:

Post a Comment