Labels

Thursday, March 27, 2014

कहाँ भयो उपेन्द्रको प्रस्तावमा असहमति ?


काठमाडौ चैत १३ गते । तीन पार्टीबीचमा एकीकरणका लागि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पेस गर्नुको भएको प्रस्तावप्रति केही कुरामा दुई दलका नेताहरु असहमति जनाएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा आज (विहिवार) बसेको बैठकमा प्रस्तावमाथि छलफल हुँदा तमलोपा र सद्भावना पार्टीका नेताहरुले केही कुरामा असहमति जनाउँदै संशोधन गर्न अध्यक्ष यादवलाई सुझाव दिएको छ ।
आन्दोलनमा गजेन्द्र नारायण सहि


सद्भावना पार्टीका एक नेताले भने अध्यक्ष यादवले लेख्नु भएको प्रस्ताव राम्रो दस्तावेजीय छन् तर त्यसमा मधेशका मुलमर्मका कुराहरु छाड्नु भएको छ र त्यसैलाई संशोधन गर्न हामीले भनेका छौ । त्यसमा गजेन्द्रनारायण सिहदेखिको आन्दोलन र विभिन्न समयमा भएको सम्झौताहरुको बारेमा पनि प्रस्तावना उल्लेख गर्न भनेका छौ ।’
आठ बुँदे सम्झौतापछि तीन नेतासहित गिरीजाप्रसाद कोइराला
गजेन्द्रनारायणको पालादेखि आजसम्म कुनै सम्झौता भएको छैन भने होइन, सम्झौताहरु भनेका छन् र कतिपय कुरा लागु पनि भएका छन् ती कुराको स्वामित्व लिन भनेका छौ, बैठकमा सहभागि एक नेताले हाम्रो मधेशसँग भने मधेश आन्दोलनपछि पनि विभिन्न बुँदाहरुमा सरकारसँग सम्झौताा भएका छन् कतिपय कार्यान्वयन भए कतिपय हुन बाँकी छन् ती कुराहरु पनि अध्यक्ष उपेन्द्र यादवको प्रस्तावमा आउनुपर्छ । र, यो कुराहरु समावेश गर्न उहाँले नै जिम्मा दिएको छ ।’
दौरा सुरुवालको विराधे गर्दै मधेशी नेता
उहाँले मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच हुने पार्टी एकीकरणका लागि फोरम अध्यक्ष उपेन्द्र यादवद्धरा तीनवटै पार्टीहरुको नेतृत्व स्तरको संयुक्त बैठकमा प्रस्तुत राजनीतिक दस्तावेज शीर्षकमा प्रस्तुत आफ्नो ६ पन्नाको प्रस्तावमा समाजावादी लोकतन्त्र, समावेशी समानुपातिक, आत्मनिर्णयको अधिकार, आर्थिक स्वतन्त्रता, विभेदका कुरा, समाजिक न्याय लोकतन्त्रलगायतका कुराहरु उल्लेख गरेका छन् तर कहि पनि मधेश आन्दोलनको चर्चा गरिएको छैन । मधेश आन्दोलनपछि भएका उपलब्धिको चर्चा गरिएको छैन, मधेशी सहिदको बारेमा चर्चा गरिएको छैन, सरकार र मधेशी मोर्चाबीच भएको २२ बुँदे सम्झौता, १६ बुँदे सम्झौता, ८ बुँदे सम्झौता, ५ बुँदे सम्झौता, ४ बुँदे सम्झौता र तीन सम्झौताको बारेमा कहि कतै चर्चा गरिएको छैन ।
मधेश आन्दोलन
तमलोपाका एक नेताले भने, मधेशमा पनि संघर्षहरु भएका छन्, नेपाल देश बनाउन मधेशीको पनि योगदान रहको छ, २००७ सालदेखि आजसम्म मधेशले थुप्रै योगदान दिएको यो देशका लागि तर त्यसको बारेमा उपेन्द्रजीले कही चर्चा गरिएको छैन । सरकारसँग भएको विभिन्न सम्झौताहरुमा कतिपय कुराहरु कार्यान्वयन भएको छ जस्तै मधेश आन्दोलनका कारण संघीयता आउनु, मधेश आन्दोनलकै कारण क्षेत्र निर्धारण आयोग बन्नु र सोही अनुसार हुनु, मधेश आन्दोनलमा सहादत प्राप्त गरेकाहरुको सहीद घोषणा गराउनु, सहिदको नाममा विभिन्न स्कूल, सडकहरुको नामाकरण गर्नु, समावेशी विधेयक आउनु, मधेशीले नीजामतीलगायत अन्य क्षेत्रमा आरक्षण पाउनुलगायतका कामहरु भएका छन् र ती सबैको स्वामित्व पनि हामीले लिनुपर्छ र त्यसमा उपेन्द्रजीको प्रस्ताव चुकेको छ ।’
बैठकमा प्रस्तावमाथि उठेको प्रश्नको उपेन्द्र यादवले जवाफ दिएका थिए । बैठकले प्रस्तावलाई संशोधन गरी पुनः अर्को बैठकमा पेस गर्न अध्यक्ष उपेन्द्र यादवलाई नै जिम्मा दिएको छ । शनिवार बस्ने बैठकमा अध्यक्ष यादवले संशोधनसहितको प्रस्ताव प्रस्तुत गर्नेछन् र पुनः त्यसमाथि छलफल हुनेछ ।
उपेन्द्र यादवको प्रस्तावमा के छ यहाँ क्लिक गर्नुस त

No comments:

Post a Comment