Labels

Tuesday, March 11, 2014

भोली निर्णायक वार्ता

मधेशका तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरण बारे भोली निर्णायक वार्ता हुने भएको छ । फागुन २५ गतेसम्म नेताहरु विहेवारीमा व्यस्त रहेका कारण भोली २८ गते निर्णायक वार्ता हुने बुझिएको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २६ वा २७ गते बैठक बस्ने भनेका थिए तर काठमाडौभन्दा बाहिर भएका कारणले भोली निर्णायक वार्ता हुने बताए । फोरम नेपालका कोषाध्यक्ष रेणु यादवको छोराको विहे सकाएर वीरगंजबाट सप्तरी गएका अध्यक्ष यादव फागुन २७ गते मंगलावार मात्र काठमाडौ फर्केका छन् । अध्यक्ष ठाकुरले भने जस्तो २६ वा २७ गते बस्ने समय तय नभएको बताउँदै उपेन्द्र यादवले फागुन २५ गतेपछि बस्ने आफूले भनेको बताए ।
भोलीको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग तमलोपाका अध्यक्ष ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्पष्ट रुपमा कुरा राख्ने र उनीबाट स्पष्ट जवाफ आए पनि नआएपनि एकीकरणको प्रकृया अगाडि बढ्ने बताइएको छ । यदि उपेन्द्र यादव एकीकरणका लागि आलटाल गरे महतो र ठाकुरले मात्र एकीकरणको प्रकृयालाई अगाडि बढाउने त्यसमा अन्य मधेशवादी दललाई पनि समावेश गराउने मनस्थितिमा यी दुई नेता रहेको बुझिएको छ ।


No comments:

Post a Comment