Labels

Tuesday, January 27, 2015

सदनमा तोडफोड गर्नेलाई कारवाहीको तयारी


काठमाडौं, माघ १३ –एमओवादी नेतृत्वको १९ दलीय मोर्चाको सभासद्द्वारा संविधानसभाको माघ ६ गते राती गरिएको तोडफोड, आक्रमणको घटनामा संलग्न सभासदहरुलाई संविधानसभा नियमावलीअनुसार निलम्बनको तयारी गरिएको बुझिएको छ ।
घटनाको छानविन गर्न संविधानसभा सचिवालयको महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्लाई बुझाउने तयारी गरेको प्रतिवेदन अनुसार समितिले प्रारम्भिक अध्ययनका आधारमा करिब ३० लाखको क्षतिभएको बताएको भएपनि अध्ययनपछि वास्तविक क्षतिको विवरण आउने ती सदस्यको भनाई छ । तोडफोड र आक्रमणले दुईवटा टिभी स्क्रिन, कुर्सी, टेबल, माइकसहितका सरसामानहरु तोडफोड गरिएका थिए ।
बयान लिने, अनुसन्धान गर्नेलगायतका काम भएपनि फोटोहरु संकलन गर्नमा ढिलाई भएको कारण प्रतिवेदन बुझाउन ढिलो भएको बताइन्छ । माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

अहिलेसम्मको अध्ययनअनुसार एमाओवादीका सभासद उमेशकुमार यादव, अमनलाल मोदी थारु, दलजित श्रीपाइली, शिवकुमार मण्डल कारवाहीमा पर्नसक्ने प्रारम्भिक अनुमान गरिएको समितिका एक सदस्यले नाम नछाप्ने शर्तमा बताए ।
उनका अनुसार यी बाहेक अरु एकदुईजना सभासद्को नाम पनि आएको छ जो नारा लगाउने बेला अभद्र व्यवहार गरेको छ । घटनाका क्रममा सभासदहरुले कुर्सी तोडफोड, अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारीलाई ताकेर माइक प्रहार गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
विघटित संविधानसभामा पनि कुर्सी तोडफोड र अभद्र व्यवहार गरेको भन्दै तत्कालीन सभासद विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, बुद्धरत्न मानन्धर र शद्रुल मियाहक, सञ्जय साह निलम्बनमा परेका थिए । शद्रुल मियाँको मृत्यु भएको छ भने संजय साह जेलमा छन् ।
संविधानसभा नियमावली २०७० को नियम ४५ को उपनियम ९१० अनुसार संविधानसभाको कार्यमा जानीजानी बाधा पु¥याउने, अभद्र व्यवहार गर्ने सदस्यलाई नियमानुसार अध्यक्षले कारवाही गर्नसक्ने प्रावधान छ । सोही नियमको उपनियम ९३० अनुसार अध्यक्षद्वारा निलम्बित तोकिएको सदस्यले बैठकबाट पारित भएमा निलम्बन भएको मानिने प्रावधान छ । त्यसरी निलम्बनमा परेको सदस्यले पन्ध्रदिनसम्म बैठकमा आउन नपाउने व्यवस्था छ ।
ratopati

No comments:

Post a Comment