Labels

Saturday, January 10, 2015

बाबुरामले बोलाएको चार दलको बैठकमा मधेशी मोर्चा अनुपस्थितभएपछि मोर्चासँग छुट्टै छलफल


ओलीले भने, मधेशी नेताहरुले अपमान गरेको कारण आफू मधेश पस्ने
काठमाडौ पुस २५ गते । सविधानको विवादित विषयमा सहमति जुटाउनका लागि सवैधानिक राजनीतिक, सहमति तथा संवाद समितिका सभापति डा.बाबुराम भट्राईले बोलाएको चार पक्षको बैठकमा मधेशी मोर्चा अनुपस्थित भएपछि सभापति भट्टराईले मधेशी मोर्चाका नेतासँग छुट्टै छलफल गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशलाई अपमान गरेको भन्दै माफी नमागेसम्म एमाले सम्मलित कुनै पनि बैठकमा नजाने मोर्चाको निर्णयपछि पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अध्यक्ष ओली सहभागि भएको दुईटा बैठकमा गएका थिए । दुईटा बैठकमा गएको कारण मोर्चाको निकै आलोचना भएको थियो ।
आलोचनापछि आज सद्भावना पार्टीको कार्यालयमा बसेको बैठकमा अध्यक्ष गच्छदारको निकै आलोचना भएको थियो । सवैधानिक समितिलगायत अन्य सविधानसभाका समितिले बोलाएको बैठकमा जानुपर्ने गच्छदारको तर्क थियो तर मोर्चाका अन्य घटकले सो कुरा मानेन र भने एमालेका अध्यक्ष सहभागि हुने कुनैपनि बैठकमा नजाने र त्यसको निर्णय पनि भयो । र, त्यही कारणले आज सभापति भट्टराईले बोलाएको बैठकमा एमाले पार्टी पनि सहभागि भएका कारण मधेशी मोर्चाका नेताहरु सहभागि भएन । त्यसपछि भट्टराईले मधेशी नेताहरुसँग छुट्टै छलफल गरेको थियो ।
डा.भट्टराईले मधेशी मोर्चाका नेतासँग छुट्टै छलफल गरेको कारण रन्किएका थिए र भने, सहमतिको कुरा गरेर केही हुँदैन आफू पनि अपमान भएको र त्यसको बारेमा मधेशमा गएर कुरा गर्ने चेतावनी तीन दलको बैठकमै दिएको थियो । हिजो बोलाएको बैठकमा गच्छदार सहभागि भएपछि अध्यक्ष ओली निकै खुशी देखिएका थिए आफ्नो ट्वीटरबाट फोटो पनि सार्वजनिक गरेका थिए तर आजको बैठकमा मधेशवादी दल सहभागि नभएको देख्दा आफूलाई झन अपमानित भएको महसुस गर्दै मधेशवादी दलको आलोचना गरेका थिए र उनकै कारण आजको बैठकमा कुनै सहमति हुन सकेनज । पार्टी कार्यालयमा पत्रकार सम्मेलन भएको कारण उनी बैठकमा तीन घण्टा ढिलो पुगेका थिए ।
सभापति डा. भट्टराईले सहमतिको ढोका खुलेको अनुभूति भएको बताउँदै प्याकेजमै सबै विषय सहमति गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकेको बताए । अरुदिनको तुलनामा आज आलिकति गम्भिर छलफल भएको बताउँदै उनले तर कुनै निष्कर्षमा नपुगको पनि प्रतिकृया दिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छलफल सकारात्मक भएपनि कुनै कुरामा सहमति नभएको छोटो प्रतिकृया दिए ।

No comments:

Post a Comment