- सुरेशकुमार यादव
स्व. गजेन्द्रनारायण सिहका स्वकीय सचिवमा धेरै दिनसम्म काम गरिसक्नु भएका जीपी सिहले एउटा अखबारमा लेख्नु भएको छ–‘नेपाल सद्भावना परिषद्बाट २०४६ सालमा नेपाल सद्भावना पार्टीमा परिणत भएपछिको दिनदेखि आजसम्म सद्भावना पार्टीको जुन हालत छ त्यसमा म नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिहलाई नै दोषी मान्छु ।’ यसो भन्नुमा उनले तर्कहरु गरेका छन्, गजेन्द्रबाबु जति सक्षमव्यक्ति भएपनि कार्यकर्ता वा नेता पहिचान गर्नमा साह्रै कमजोर हुनुहु्न्थ्यो । असल कार्यकतालाई पहिचान गर्न नसकेपछि पार्टी शुरुदेखि नै विखण्डनमा लागेको थियो ।’ जी.पी सिह हाल नेपाल सद्भावना परिषद् पुनः गठन गरी मधेशमा चेतना फैलाउने काम गर्दै आउनु भएको छ ।
गजेन्द्रबाबुको कार्यकर्ता पहिचान गर्ने क्षमता नभएको कारण आज सोही नेपाल सद्भावना पार्टी दर्जनौ टुक्रामा विभाजित भई आफ्नो अस्तित्व खोजिरहेका छन् । जनताको माझमा निकै लोकप्रिय नेता गजेन्द्रबाबु कार्यकर्ता पहिचान गर्नमा निकै कमजोर रहेको उहाँकै पार्टीका नेताहरुले भनिरहेका छन् । जनतामा गएर काम गर्ने उहाँको क्षमतालाई कसैले नकार्न सक्दैन तर जनता वा कार्यकर्ता बीचमा जुन राजनीतिक दौडको प्रतिस्पर्धा गराउनु भयो । त्यस दौडका चलाक तथा चाप्लुसीहरु आगाडि बढे । जसले गजेन्द्रबाबुको दयाँ बयाँ रहेर चाकरी गरे, चाप्लुसी गरे त्यो आज अगाडि बढेका छन् जो पार्टीमा इमान्दार कार्यकर्ता भएर काम गरे त्यो आजको दौडमा हराएको छ । सोझा कार्यकर्ता जो गजेन्द्रबाबुको हितमा तथा मधेसको हितमा काम गर्न खोज्नुभएको थियो त्यो धेरै पछाडि परेको छ ।
उनीहरुले गजेन्द्रबाबुको लागि जति गर्नुभयो अथाव सद्भावना पार्टीमा जति योगदान दिनुभयो त्यसको मुल्यांकन न गजेन्द्रबाबु गर्नुभयो न उहाँका आसेपासे नेताहरुले । धेरै टाढा जानु नै पर्दैन सद्भावना पार्टीमा रामचन्द्र मिश्रको योगदानको बारेमा कसलाई थाह छैन । जसको मृत्यूमा कसैले सवेदनासम्म प्रकट गर्न उचित ठानेन । रामचन्द्र मात्र होइन यस्ता थुप्रै नेताहरु छन् जसले यो देश तथा मधेसको लागि सद्भावना पार्टी मार्फत धेरै योगदान दिनुभयो तर आज कसैलाई कसैले सम्झेन सबै आ–आफ्नै स्वार्थमा मस्त देखिएका छन् । त्यसमध्ये महोत्तरीका रामकृष्ण साह, सर्लाहीका केदार यादव, विश्वनाथ साह, दिलिप सिह, डा. शिवशंकर यादव, प्रध्यापक चन्द्रकिशोर मण्डल, पृथ्वीशन चौरसीया, चन्देश्वर साह, रामबाबु सिह, विमल सिह लगायतलाई सम्झिन सकिन्छ । उहाँहरु कहाँ हुनुहुन्छ के हालतमा हुनुहन्छ मर्नु भो कि बाँच्नु भयो कसैले सोधबुझ गरेको छैन । विमल सिह त वेपत्ता नै हुनुभएको छ आजसम्म फेला परेको छैनन । हुनत उहाँहरु माथि गजेन्द्रबाबुको पालादेखि नै भेद्भाव भएको थियो तर उहाँ स्वर्गवास भएपछि त झन कसैले सम्झिने उचित पनि ठानेन । जेपी सिहले लेखेका छन्, विश्वनाथ साह र रामेश्वर राय यादवको योगदानको मूल्यांकन गर्ने हो रामेश्वर रायभन्दा विश्वनाथ साहको योगदान धेरै महत्पूर्ण र ठूलो रहेको छ तर गजेन्द्रबाबुले पनि विश्वनाथ साहभन्दा बढी रामेश्वर यादवलाई बढी माया गर्नुहुन्थ्यो । रामेश्वर रायलाई नै आगाडि बढाएर विश्वनाथ साहलाई आगाडि बढाउने काम उहाँले गर्नुभएको थिएन ।’ विश्वनाथ साह पार्टीमा लागेपछि उहाँको आर्थिक अवस्था यस्तो नाजुक भयो कि घरको न घाटको हुनुभयो । त्यस्तै पृथ्वीशन चौरसीयाले आफ्नो फस्र्ट क्लास जागिर छोडेर पार्टीमा लाग्नु भएको थियो तर त्यसको कुनै मुल्यांकन भएन । चन्देश्वर साह जो सडक छाप हुनुभएको छ । आज भरत विमल यादवको अवस्था के छ त्यो पनि मूल्यांकन गर्ने अवस्था आएको छ । यसरी भन्दा अनुपयुक्त नहोला ज–जसले संकटमा साथ दिए त्यसलाई समाप्त पार्ने काम गजेन्द्रबाबुबाट नै भएको थियो ।
एउटा घटनाको स्मरण गर्दै जीपी सिह सहारा टाइम्समा लेख्नु भएको छ, –‘गजेन्द्रबाबु एकचोटी बुटवल गएको बेला त्यहाँका थारु नेताहरुले गजेन्द्रबाबुलाई ह्रदेयश त्रिपाठीलाई भेट्न दिन चाहनु भएको थिएन किनभने ह्रदेयश त्रिपाठी थारु नेताहरु भन्दा चलाक हुनुहुन्थ्यो । थारु नेताहरुलाई शंका थियो कि ह्रदेयशलाई गजेन्द्रबाबुसँग भेट गराएपछि उहाँबाट प्रभावित भएर पार्टीमा लिनुहु्न्छ र हामी पछाडि पर्छौ आखिर त्यहि भयो । गजेन्द्रबाबुले गल्ति गर्नुभयो र ह्रदेयशलाई पार्टीमा ल्याउनुभयो र आज उहाँ कहाँ पुग्नुभयो र सद्भावना कहाँको कहाँ छ ।’ बुटवलमा थारुहरुले ह्रदेयश त्रिपाठीको बारेमा भनेको कुरा गजेन्द्रबाबुले त्यतिबेला सम्झनु भयो जुन बेला रामेश्वर राय यादवसँग मिलेर नेपाल सद्भावना पार्टी फुटाएर समाजवादी जनता दल खोल्नु भएको थियो । गजेन्द्रबाबुका नजिक रहने नेताहरुले अहिले पनि भनिरहेका छन्, गजेन्द्रबाबुले ह्रदेयश त्रिपाठीलाई पार्टीमा ल्याएर उहाँ निकै पीडित हुनु भएको थियो । गजेन्द्रबाबु मन्त्री भएको बेला त्रिपाठी लेखासमितिमा हुनुहुन्थ्यो र उहाँलाई तल देखाउनका लागि त्रिपाठीले पटक पटक लेखासमिबिाट स्पष्टिकरण सोध्नु हुन्थ्यो । तर गजेन्द्रबाबुले पनि त्यस्ता पत्रहरुको मनसाय थाह पाएर त्यतिकै च्यातेर फ्याल्नु हु्न्थ्यो । जुन थारुहरुले गजेन्द्रबाबुलाई त्रिपाठीसँग भेट गराउनु खोज्नुभएको थिए ती थारुहरु कहाँ छन् र त्रिपाठी कहाँ हुनुहुन्छ सबैलाई थाह छ । त्रिपाठीलाई राजनीतिमा चिनाउने नेपाल सद्भावना पार्टीलाई छाडेर उहाँ अहिले महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीमा हुनुहुन्छ ।
नेपाली राजनीतिकमा गजेन्द्रबाबु अरुबाट होइन आफ्नै दलका नेताहरुबाट पटक पटक अपमानित भएको कुरा विभिन्न आलेख तथा समाचारपत्रहरुका पढ्न पाइन्छ । नेपाल सद्भावना परिषद् गठन भएपछि बम काण्ड भएको घटनामा गजेन्द्रबाबु पनि समातिनु भएको थियो । उहाँ समातिएपछि काठमाडौ ल्याएर कहाँ राखिएको थियो कसैले खोज्ने प्रयास कुनै नेताले गरेका थिएनन । उल्टै राज्यबाट त्रसित भएर लुक्ने प्रयास गरेका थिए । जीपी सिहका अनुसार गजेन्द्रबाबुलाई हनुमान ढोकामा राखिको थियो त्यहाँ वरिष्ठ पत्रकार राजेश्वर नेपाली पनि थिए । अहिलेका आफूलाई ठूला नेता भनाउँदाहरु त्यसबेला गजेन्द्रबाबुसँग मञ्चमा बस्न डराउँथे । लुकी लुकी हिड्थे । सहज अवस्थामा ती चाकरी चापलुसी गर्नेहरु गजेन्द्रबाबुलाई घेरेर बस्थे तर जब राज्यले गजेन्द्रबाबुरलाई दमन गर्ने कुरा हुन्थ्यो अनि ती नेताहरु हराउनु हुन्थ्यो । गजेन्द्रबाबुले पार्टी खोलेर जुनकिसिमको आन्दोलन गर्नुभएको थियो त्यसलाई पहाडी शासक तथा पहाडी मानसिकता व्यक्तिहरुले विखण्डनवादी तथा सम्प्रायवादी भनेर आरोप लगाएका थिए । सद्भावना पार्टी खुलेपछि खस पहाडीहरुले डराएका थिए । त्यस्तो अवस्थामा पनि नेपाल सद्भावना पार्टीले मधेशबाट ६ सिट जितेका थियो । गजेन्द्रबाबुको जोश र जनलहर हेर्दा अरु दलहरु डराएका थिए । त्यसैबेलादेखि नेपाल सद्भावना पार्टीलाई कसरी कमजोर गर्न सकिन्छ भनेर लागेका नेताहरु शुरुमा गिरिजाप्रसाद कोइरालाले पार्टी फोड्न सफल भए । त्यसपछि गणतन्त्र स्थापना भइसक्दा पनि एकपटक गिरिजा प्रसाद कोइरालाले श्याम सुन्दर गुप्तालाई साथमा लिएर पार्टी फोर्न लगाएका थिए भने पछि माधव नेपाल र केपी ओली पनि पार्टी विभाजन गराउनमा सहयोग गरेको चर्चा छ । नेपाल सद्भावना पार्टी लगायत अन्य मधेशवादी दलहरु विभाजन हुँदा अन्य दलका नेताहरुले खुशी मनाएको पनि मधेशी जनताले विर्सेका छैन । गजेन्द्रबाबु एउटा सच्चा मधेसवादी नेताको साथै सच्चा नेपाली पनि हुनुहुन्थ्यो । सारा नेपालीलाई समान रुपले हेर्नुहुन्थ्यो । कसैमाथि भेदभाव नहोस् भने उहाँ साह्रै सचेत हुनुहुन्थ्यो ।
उहाँ पंचायतमा किन लाग्नुभया,े किन पंचायतमा उम्मेदवारी दिनुभयो त्यसको पनि आरोप लाग्दै गरेको छ । तर उहाँलाई पंचायतको चुनाव लड्न बी.पी. कोइरालाले नै भन्नुभएको थियो । चुनाव लड्नका लागि गजेन्द्रबाबुलाई चिठी नै पठाउनु भएको थियो । त्यो चिठीमा बी.पी.ले हामी बाहिरबाट लडाई जित्न सक्दैनौ सरकारको भित्र गएर सघर्ष गरेमात्र हामी सफल हुनसक्छौ । त्यसको लागि चुनाव लड्न सल्लाह दिनुभएको थियो । र उहाँ लडेर जित्नु पनि भयो । पंचयती व्यवस्थामा पनि लोकतन्त्र र संघीयताको प्रचार गर्नुहु्न्थ्यो उहाँले । मधेसी जनताको पीडामा जहिले साथ दिनुभयो । मधेसमा उहाँले थारु, मुस्लिम र यादवलाई साह्रै मान्नुहुन्थ्यो । तीन शक्तिको जहिले पनि चर्चा गर्नुहुन्थ्यो । बाबा रामजनम तिवारी र गजेन्द्रबाबु बीच साह्रै नै राम्रो सम्बन्ध थियो तर केही चापलुसीवादी नेताको कारण उहाँ दुईजनाको बीचमा कटुता उत्पन्न भएको थियो । गजेन्द्रबाबुलाई प्रयोग गरेर थुप्रै मधेसी नेताहरु मन्त्री भए । के के भए यहाँसम्म कि गजेन्द्रनारायाण सिह जिवित हुँद उहाँका श्रीमति स्व. आनन्दीदेवीलाई पनि प्रयोग गरे । गजेन्द्रबाबुको देहवसानपछि आनन्दीदेवीलाई पनि लिलाम गरी राजनीति गरे । उहाँलाई प्रयोग गरेर राजेन्द्र महतो, ह्रदेयश त्रिपाठी, श्यामसुन्दर गुप्ता पनि मन्त्री भए । तर आनन्दी देवीको मृत्यू हुँदा यी नेताहरु मलामी पनि जान उचित ठानेन । आज गजेन्द्रबाबुको १३ औ स्मृति रहेको छ तर यि दिवसमा दलहरु एक ठाउँमा नमनाएर आआफ्नै कार्यालयमा एउटा कोठामा गजेन्द्रबाबुको तस्वीरमा मल्यार्पण गरी मनाउँदै छन् ।
गजेन्द्रनारायण सिह शब्दचित्रमा
नामः गजेन्द्रनारायण सिह उपनामः गजेन्द्र बाबु, गज्जु बाबु, मधेशका मसिहा, तराईको गांधी, नेपालको मण्डेला
जन्मः विक्रम संवत १९८५ चैत्र रामनवमी तदनुसार इ.सं. १९२९
जन्मस्थानः कोइलाडी गाविस ३, सप्तरी
पिताः कैलू सिह
माताः राधादेवी सिह
शिक्षाः आई.ए.(वनारस)
विवाहः वि.सं.२००९ पत्नी आनन्दी देवी सिह
निधनः वि.सं. २०५८ माघ १० गते बुधवार, तदनुसार २३ जनवरी २००२, ७३ वर्षको उमेरमा दिनको २ः३५ वजे , काठमाडौ नर्भिक अस्पाताल
जेल यात्राः वि.सं. २००६ जेष्ठ १९ गते पहिलोचोटी १८ वर्षको उमेरमा तथा त्यसपछि बारम्बार सातवर्षसम्म जेल जीवन ।
निर्वासनः वि.सं. २०१८ चैत्रदेखि २०३५ सम्म भारतमा निर्वासन
राजनीतिः वि.सं. २००३, नेपाली राष्ट्रिय कांग्रेसमे प्रवेश ।
२००७, सप्तरीमा गठित क्रान्तिकारी सरकारमा सदस्य निर्वाचित ।
२००७, नेपाली काँग्रेसको सप्तरी जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित र अध्यक्ष ।
२०३६, पूर्वाञ्चल काँग्रेस गठन र संयोजक पद ग्रहण, जनमत संग्रह ।
२०३६, बहुदको लागि देशव्यापी अभियान ।
२०४०, नेपाल सद्भावना परिषद्को गठन र संयोजक पद ग्रहण ।
२०४३, सप्तरी जिल्लाबाट राष्ट्रिय पंचायत सदस्य निर्वाचित ।
२०४७ बैशाख २,३, गतेः नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा रुपान्तरण र राष्ट्रिय अध्यक्ष पद ग्रहण ।
२०४८ः प्रतिनिधि सभा सदस्य निर्वाचित ।
२०५१ः प्रतिनिधिसभा सदस्य निर्वाचित ।
२०५४ः संस्थापक अध्यक्ष–उपेक्षित, उत्पीडित तथा वर्ग उत्थान विकास समिति ।
२०५४ः आदिवासी–जनजाति विकास समिति ।
२०५६ः राष्ट्रियसभा सदस्य निर्वाचित ।
२०५७ः मेची महाकाली मधेसी एकता रथ यात्रा ।
यातनाः २००६ जेठ १९ः सत्याग्रहमा जेल । १८ वर्षको उमेरम गिरफ्तारी, यातना र तीन महिना कैद ।
२००७ः क्रान्तिको पूर्वसंध्यामा गिरफ्तार । चारमहिना पछि जेल तोडेर बाहिर । सशस्त्र क्रान्ति
२००७ः मा आफ्नो नेतृत्वमा भगवानपुर तथा हनुमाननगर कब्जा ।
२०१७ साल पौष १ ः संसद भंग भएपछि गिरफ्तार । तीन महिना जेल ।
भ्रमणः भारत, बंगलादेख, चीन, उत्तरकोरीया, ब्रिटेन, अमेरिका, त्रिनिदाद, मौरिसस ।
सम्मानः २०५८ माघ १० गते नेपाल सद्भावना पार्टी कोन्द्रीय कार्यालय, शान्तिनगर, काठमाडौमा पार्थिव शरीर श्रद्धान्जली । २०५८ माघ ११ गते ११ वजेदेखि २ वजेसम्म टुडिखेल स्थित रंगशालाल पार्थिव शरीरलाई श्रद्धान्जली । हेलिकोप्टरबाट गृहनगर जन्मस्थल सप्तरी अतरण । लाखौ जनताद्वारा दर्शन । सप्तरी सेवा आश्रममा अन्त्योष्ठि । नेपाल प्रहरीद्वार राजकीय सम्मान । सुचना तथा संचार मन्त्री जयप्रकाश गुप्ता र सांसद पी.एल. सिहको विशेष उपस्थित ।
No comments:
Post a Comment