Labels

Wednesday, January 21, 2015

के साँच्चै केपी ओली रोगी नै हुन् त ?


माघ ७ गते । एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण फाटफुट सुन्थे समाचार बनाउँथे सकिगो । उनले गरेको भाषणको चर्चा हुँदैछ भइरहन्छन् पनि । उनले आफ्ना भाषणमा प्रयोग गर्ने उखान टुक्काका कारण उनका भाषण स्रोताले ध्यान दिएर सुनि मज्जा लिइरहेका हुन्छन् । तर खासमा भन्ने हो भने मैले कहिले पनि अ‍ोलीको भाषण त्यति ध्यान दिएर सुनेका छैन । र कहि कतै एक चित्त लगाएर भाषण सुनेको कुरा मलाई याद पनि छैन । तर, संयोग आज उनको भाषण उनकै सामुनेमा उनकै निवासमा बसेर दत्तचित्त लगाएर पुराका पुरा सुने । र, मनमाफीमा आनन्द लिए । र, यो मौका जुडाई दिएका थिए प्रेस चौतारी नेपालले ।

आज उनको भाषण अर्थात कुरा सुन्दा लाग्यो, कतिपय मान्छे आनन्दकै लागि उनका भाषणा सुन्ने गरेका छन् ।’ प्रत्येक कुरामा स्रोता गलल हाँस्यो भने त्यसलाई के भन्ने ? म त भन्छु, जीवनमा आनन्द लिनुछ भने केपी ओली कहाँ कहाँ भाषण गर्छन् खोजी खोजी सुन्न जानुस् आनन्द लिनुस् ।
बाँयाँ हातमा सेतो ब्याण्डेज लगाएको कारणले मात्र उनी रोगी हो जस्तो लागेन । मनरोगी पनि हो जस्तो लाग्यो मलाई । किनभने उनको भाषणमा कुनै शिर पुच्छर हुँदैन कहाँ सुरु गर्यो कहाँ अन्त्य गर्यो थाह हुँदैन अरुलाई उखान टुक्काबाट घोचपेच गर्नुबाहेक अरु केही हुँदैन जो आनन्द दिनका लागि सहयोगी हुन्छ । उनको कुरा नै त्यस्तो थियो कि जसलाई पनि यस्तो सोच्न बाध्य पार्छ । ६ गते नेपाल बन्द भएको बेला सप्तरीमा उनको पार्टी कार्यालयमा आगो लगायो रे । ल म पनि मान्छु त्यो गलत हो त्यसरी गर्नु हुँदैन्थ्यो । तर, केपी ओलीको जुन कटाक्षपूर्ण कुरा थियो त्यो मधेशी जनताको सामुने बोलेको भए के अवस्था हुन्थ्यो ? उनले भने, म त आज प्रदेशकै कुरा मात्र गरेको छु त मेरो पार्टी कार्यालय जलाएको छ भोली प्रदेश नै निर्माण भयो भने के अवस्था हुन्छ ?’ काँग्रेससँग मिलेर उनले सात प्रदेशको अवधारणा ल्याएको छ जसमा पूर्वतिर झापा, मोरगं र सुनसरीलाई मधेशबाट हटाएको छ । त्यसैको विरोध स्वरुप आन्दोलन भइरहेको छ र त्यसैको झोंकमा आएर उनको सप्तरीका पार्टी कार्यालय जलाएको छ । उनले संकेत गरे कि आफूहरुले अहिले प्रस्ताव मात्र ल्याउँदा यस्तो भएको छ भोली त्यो प्रस्ताव लागु भयो भने के हुन्छ । त्यो मधेशी जनताले जवाफ दिन्छ त्यही कारणले होला पुस २९ गते मधेश जाने योजना रद्द गर्यो । उनी झापा झर्दापछिको अवस्था के भयो र पहिला के थियो त्यो कुरा रामरिझन यादवको लेखबाट पनि प्रष्ट हुन्छ । यही छुछो बोलीका कारण मधेशवादी दलहरुले साथ दिएन र प्रधानमन्त्रीको लालसा सेलाएर गयो भन्नेहरुको कमी छैन । मासु भात खुवाउने मधेशी नेताहरुसँग अहिले बोलचाल छैन विजयकुमार गच्छदार बाहेक ।
एमाओवादी लगायत मधेशवादी दलका नेताहरु काँग्रेस र एमालेलगायतका सत्ताधारी दलहरु ०४७ सालको सविधान ल्याउन खोजेका हुन् भनि आरोप लगाउँदै आएका छन् । ती आरोप कति सत्य कति असत्य हो भने कुरा पछिको अवस्थाबाट थाह हुन्छ तर त्यसको जवाफ ओलीले यसरी दिएका छन्,–०४७ सालको सविधान के हो त्यो कुरा उनीहरुलाई (एमाओवादी) थाह छ ? उनीहरुलाई सविधानकै बारेमा थाहै छैन तर ०४७ सालको सविधान ल्यायो ल्यायो भनि मात्र भन्छ । जानकारी लिएर मात्र आरोप लगाउँनु नि ।’ ल अब विपक्षमा रहेका दलका नेताहरुलाई ०४७ सालको सविधान के हो भने कुरा थाह छैन रे । विपक्षि दलका नेताहरुले केपी ओली समक्ष परिक्षा दिनुपर्छ । २०४७ सालको सविधान नबुझेर एमाओवादीहरु जनयुद्धमा गएको हो कि चित्त नबुझेर गएको हो त्यो कुराको जवाफ माओवादीले छिट्टै केपी कमरेड घरसम्म पुर्याई दिनुपर्यो । त्यही सविधानका कारण १० वर्षसम्म जनयुद्ध भयो हजारौले ज्यानको आहुती दिए । नभए २०५२ सालमा एमाओवादीले ४० बुँदे जुन मागपत्र बुझाएर जनयुद्धमा गएको थियो त्यही लगेर एकप्रति केपी कमरेडलाई दिनुपर्छ ।
अच्चम त मलाई त्यही बेला लाग्यो, जब केपीले जनसविधान के हो, अग्रगामी के हो, पहिचान के हो त्यो कुरा मलाई थाह छैन’ भने । भिडबाट लड्ने साढेलाई रामराम बाहेक अरु के भन्नसकिन्छ । उनलाई अरु केही होइन मदन भण्डारीले तयार पारेका दस्तावेजहरु पढ्न म सल्लाह दिन्छु । आफूलाई यतिका पुरानो वामपन्थी नेता भन्छन् तर जनसविधान, अग्रगामी र पहिचान भन्ने थाह छैन भन्नु केपी कमरेडका लागि लज्जास्पद भयो । उनले त एमाओवादी नेतृत्वको मोर्चालाई मसानको पनि संज्ञा दिए । १०५ दलको मोर्चा रे भन्दै गलल हाँसेका थिए । औलामा गिनेर उनले एकसय पाँच पुर्याएका थिए र त्यस मोर्चालाई मसान भन्दै एमाओवादीले यस्तो ‘मसानलाई उठाएको छ जो जगाउन सजिलो र बसाउन गा्रहो’ भने । यति मात्र होइन कि उनले माओवादीलाई गोरुको संज्ञा दिँदै भने, गोरुलाई नागों देख्दा मलाई लाज लाग्दैन । अर्थात उनले प्रष्ट पार्दै भनेका थिए माओवादी जहिले यस्तै नै हो, तोडफोड हुलहुज्जत र नाराजुलुस मात्र लगाउन जानेका छन् त्यस्तोलाई के भन्ने यो कुनै नयाँ कुरा होइन ।’ तर आफ्नो भाषणमा जहिले पनि मधेशवादी दललाई कटाक्ष गर्ने उनी आज उनीहरुको बारेमा केही बोलेन । कमरेड ओली सुस्वास्थ्यको कामना ।

No comments:

Post a Comment