Labels

Friday, August 9, 2013

मधेशमा नेता फेरबदलको लहर


सुरेशकुमार यादव
काठमाडौ साउन २५ गते । मंसिर ४ गते हुने सविधानसभा चुनावको माहौल तातिदै त्रmमसँगै मधेशवादी दलमा नेता फेरबेदलको कार्यत्रmमले पनि तिब्रता पाएको छ । अहिले यस्तो भएको छ कि कुनै नेता एक पार्टीबाट अर्को पार्टीमा गएको दुर्इ तीन महिना नपग्दै पुन: अर्को पार्टीमा गएका छन्‍ । र, यो त्रmम यो साउन महिनामा बढी देखिएको छ ।
  पछिल्लोसमय सबभन्दा बढी चर्चामा रहेका नेता बद्री मण्डल हुनुहुन्छ जो एक महिना नपुग्दै दुर्इटा पार्टी हेरफेर गनर्ुभएको छ । २०५८ सालको शाही 'कु' मा प्रत्यक्ष्ा संलग्न रहनु भएका नेता मण्डल शाही शासनमा पटक पटक मन्त्री बन्नुभएको थियो । २०६२/०६३ को आन्दोलनले शाही शासन अन्त्य भएपछि राजनीतिकमा निस्क ृय रहनु भएका मण्डल नेपाल स्‍द्‍भावना पार्टी (आ.) का तत्कालिन अध्यक्ष्ा श्यामसुन्दर गुप्ता व्यपारी अपहरण्ा काण्डमा जेल जानुअघि सप्तरीमा गुप्ताको पार्टीमा प्रवेश गनर्ु भएको थियो ।
   अध्यक्ष्ा गुप्ता जेल गएपछि प्राय निस्क ृय रहनु भएका नेता मण्डल आसारको अन्तिम हप्ता विराटनगरमा सरिता गिरी अध्यक्ष्ा रहनु भएका नेपाल सद्‍भावना पार्टी (आ.) मा प्रवेश गनर्ुभएको थियो र उहाँले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पनि पाउनु भएको थियो । तर, १५ दिन नपुग्दै उहाँ पुन: राजेन्द्र महतो अध्यक्ष्ा रहनु भएको सद्‍भावना पार्टीमा प्रवेश गनर्ुभयो । अध्यक्ष्ा गिरीले आफ्‍नो पार्टीलार्इ महेन्द्रराय यादव अध्यक्ष्ा रहेको तरार्इ मधेश लोकतान्त्रिक पार्टीमा मिलाउन लागेकाले आफू गिरीको पार्टी छाडेको नेता मण्डलले बताउनुभयो । यता सद्‍भावना पार्टीमा प्रवेश गर्न लागेको खबर पाउने वित्तकिै अध्यक्ष्ा गिरीले राजतन्त्रको पक्ष्ामा अभिव्यत्तmि दिएको कारण्ा देखाउँदै भन्दै मण्डललार्इ पार्टीबाट निष्काशन गरेका थिए ।
   त्यस्तै मधेशी जनअधिकार फोरम नेपालबाट सविधानसभा चुनाव जितेर सविधानसभा सदस्य बन्नु भएका संजय साह फोरम विभाजनको बेला विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक पार्टीमा लाग्नु भएको थियो । त्यस पार्टीबाट मन्त्री समेत बन्नु भएका नेता साहले गच्छदारमाथि विभिन्न आरोप लगाएर केहीपछि मधेश त्रmान्ति फोरम गठन गरेर अलग हुनु भएको थियो । सोही त्रmान्ति फोरमबाट मधेशमा गतिविधि सञ्चालन गर्दै आउनु भएका नेता साहले गच्छदार सुधि्रएको दावी गर्दै तीनचार महिना अगाडि पुन: फोरम लोकतान्त्रिकमै फर्किनु भएको थियो तर त्यहाँ उहाँ दुर्इ महिना पनि टिक्न सक्नु भएन र त्यहाँबाट राजिनामा दिएर उहाँ सद्‍भावना पार्टीमा प्रवेश गनर्ुभयो । उहाँले गच्छदारको गतिविधि मधेश विरोधी भएका कारण्ा आफू त्यहाँबाट अलग भएको बताउनुभयो ।
    गच्छदार मधेशका अधिकारभन्दा सत्ता राजनीतिमा बढी समय खर्च गरेको कुराले गर्दा उहाँसँग कुरा नमिलेको र राजिनामा दिएर सद्‍भावना पार्टीमा प्रवेश गरेको नेता साहले बताउनुभयो । साहलार्इ सद्‍भावना पार्टीमा उपाध्यक्ष्ाको पद दिएको छ । उहाँसँग त्रmान्ति फोरममा रहेर काम गनर्ु भएका डा.आभास लाभ पनि साहसँगै फोरम लोकतान्त्रिकका प्रवेश गनर्ुभयो । नेता साह फोरम लोकतान्त्रिकबाट बाहिरीएर सद्‍भावनामा जानु भयो भने लाभ शरत्‍सिह भण्डारी अध्यक्ष्ा रहनु भएका राष्टि्रय मधेश समाजवादी पार्टीमा प्रवेश गनर्ुभयो ।
    त्यसैगरी फोरम नेपालबाट सविधानसभा सदस्य बन्नु भएका रमानन्द मण्डल पार्टी विभाजनपछि गच्छदारको फोरम लोकतान्त्रिकमा जानु भएको थियो । फोरम लोकतान्त्रिकमा गच्छदार र भण्डारीको विवादले अलग भएको राष्टि्रय मधेश समाजवादी पार्टीमा उहाँले प्रवेश गनर्ुभएको थियो र सो पार्टीको उहाँ सचिव बन्नु भएको थियो । तरार्इ मुत्तmि मोर्चाको प्रवत्तmा एवं वार्ता टोली संयोजक गजेन्द्र मण्डल मोर्चालार्इ छाडेर जयप्रकाश गुप्ता अध्यक्ष्ा रहनु भएको तरार्इ मधेश राष्टि्रय अभियानमा जानु भएको थियो र साउन २४ गते अभियानलार्इ छाडेर भण्डारीको समाजावादी पार्टीमा प्रवेश गनर्ु भएको छ
     ।मधेश राजनीतिकका विश्लेष्ाक चन्द्रकिशोर भmाले यो त्रmम उम्मेदवारी दर्ता गनर्े दिनसम्म जारी रहने बताउनुभयो । मधेश आन्दोलनपछि नेताहरुमा महत्वकाँक्ष्ाा निकै बढेको छ र जसको जहाँ महत्वकाँक्ष्ाा पूरा हुन्छ त्यही बस्छन्‍, उहाँले भन्नुभयो('महत्वकाँक्ष्ाा पूरा नहुन्जेलसम्म यसरी फेरबदल हुने कार्य जारी नै रहने छ ।'

No comments:

Post a Comment