Labels

Wednesday, August 14, 2013

अधिकारका लागि आमरण्ाअनशन

 
सुरेशकुमार यादव
काठमाडौ साउन ३० गते । नेपाल सद्‍भावना पार्टी (आनन्दी देवी) का अध्यक्ष्ा एवं पूर्वमन्त्री सरिता गिरीले आफूले सरकारसमक्ष्ा प्रस्तुत गरेको मागहरु कार्यान्वयन नभएसम्म अनशन जारी राख्ने बताउनु भएको छ ।   
    रत्नपार्कस्थित शान्तिबाटिकामा जारी अनिश्चितकालिन अनशन कार्यत्रmमको दोस्रो दिन बुधवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष्ा गिरीले भन्नुभयो('अन्तरिम सविधानले दिएको अधिकार दिन राज्यले अनाकानी गरिरहेका छन्‍ भने अन्य अधिकार कुनै पनि हालतमा दिदैनन्‍ ।' निर्वाचन क्ष्ोत्र निर्धारण्ा आयोगले बुभmाएको प्रतिवेदनको विरोधलगायत अन्य मागसहित अनसनमा बस्नु भएका अध्यक्ष्ा गिरीले अन्तरिम सविधानमा नै मधेशमा जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गनर्ुपनर्े प्रवधान हुँदा हुँदै आयोगले त्यसलार्इ वेवास्ता गर्दै प्रतिवेदन बुभmाएको प्रति आत्रmोश पोख्नुभयो ।   
      उहाँले मतदाता सुची अध्यावधिक गनर्े समय थप गर्दै सबै मतदाताको अधिकार सुरक्ष्ािति गर्न माग गनर्ुभएको छ । मधेशमा मात्र होइन पहाडमा पनि थुप्रै जनता मतदानबाट बञ्चित भइरहेका हुनाले नागरिकतासहित अन्य प्रमाण्ापत्रका आधारमा पनि मतादाता नामावली नाम समावेश गराउने व्यवस्था गर्न सरकारसँग जोडदार माग गनर्ुभएको छ ।   
        उहाँले आफू सविधानसभा चुनावको विरोधी नभएर सार्थक चुनावको पक्ष्ामा रहेको बताउनुभयो । अधिकार सुनिश्चित हुने गरी सविधानसभाको चुनाव हुनुपर्ने पक्ष्ामा आफ्‍नो पार्टी रहेको बताउँदै अध्यक्ष्ा गिरीले सबै मतदाता चुनावमा भाग लिन पाए मात्र सविधानसभाबाट अधिकार प्राप्त हुने सुनिश्चित हुने धारण्ाा राख्नुभयो । 
    अध्यक्ष्ा गिरीको अनसनलार्इ मधेशी पत्रकार संघलका केन्द्रीय पदाधिकारी तथा उपत्यका समिति संयुत्तm रुपमा एक्यवद्धता जनाउन अनशन स्थल पुगेका थिए ।

No comments:

Post a Comment