Labels

Sunday, August 25, 2013

यसपाली धान उब्जाउ हुने भयो


सुरेशकुमार यादव
काठमाडौ भदौ ३ गते । मनसुनी वषर्ाले साथ दिएका करण यसपाली धान उत्पादनमा वृद्धि हुने भएको छ । गतवर्षा तुलनामा रसायनिक मलसमेत सहज रुपमा आपूति भएकाले पनि गतसालको तुलनामा धान उत्पादनमा वृद्धि हुने कृषि मन्त्रालयको दावी छ ।
समयमा पानी परेका कारण साउनको अन्तिम सातासम्म मुलुकभर ९३ प्रतिशत धान रोपाई सम्पन्न भएको छ जो गतसाल यसअवधिसम्म ६४ प्रतिशत मात्र रोपाई भएको थियो । जुन रुपमा धान रोपाईको काम समयमा सकिन लागेको छ, त्यसले १० प्रतिशतको दरले धान उत्पादनमा वृद्धि हुने मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले जानकारी गराउनुभयो । धानको बालीको औसत उत्पादकत्व गत वर्षो तुलनामा प्रतिहेक्टर शुन्य दशमलब दर्ुइ मेटि्रक टन घटेर प्रतिहेक्टर ३.१ मेट्रीक टन वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
साउनसम्ममा हिमाली जिल्लामा ९६.६ प्रतिशत रोपाई सकिको छ । पहाडि जिल्लामा ९७.४ प्रतिशत सकिएको छ भने सबभन्दा बढी धानको खती हुने तर्राईमा ९१.६ रोपाई सकिएको छ । मन्त्रालयका अनुसार गत साल मध्य खाद्य असुरक्षा रुपमा सुचिकृत भएका तर्राईका धनुषा, महोत्तरी, र्सलाही, सिरहा र सप्तरीमा गत सालको तुलनामा यसपाली रोपाईँमा वृद्धिसँग धानको उत्पादनमा पनि वृद्धि हुने अनुमान गरिएको छ ।
धनुषामा रहेको धान खेतीयोग्य जमिन ६५ हजार हेक्टरमध्ये ६० प्रतिशत मात्र रोपाई भएको छ भने महोत्तरीमा ३४ हजार ७ सय ७६ हेक्टरमध्ये ५५ प्रतिशतमा रोपाई सकिएको छ । र्सलाहीमा ३९ हजार ३ सय ५२ हेक्टरमध्ये ७५ प्रतिशत, सिराहामा ६१ हजार हेक्टरमध्ये ८२ प्रतिशत र सप्तरीमा ७० हजार हेक्टरमध्ये ८५ प्रतिशतका दरले ५१ हजार हेक्टरमा मात्र धानको रोपार्“इ सम्पन्न भएको जनाएको छ ।
गत वर्ष डेढलाख हेक्टर जमिनमा रोपाई हुन नसक्दा ३३ जिल्ला खाद्यअसुरक्षाको जिल्लामा सूचीकृत भएको थियो । कूल गार्हर्स्थ उत्पादनमा धानको ८ प्रतिशत र कूल कृषिजन्य गार्हस्थ उत्पादनमा धानको २० प्रतिशत योगदान रहेको छ ।
नेपाल खाद्यय सुरक्षा अनुगमन प्रणाली -नेक्साप) का अनुसार आगामी चार महिनाको अवधीमा सिरहाका २१ र सप्तरीका ५३ गाविसको खाद्य सुरक्षाको अवस्था ब्रि्रन सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment