Labels

Sunday, August 11, 2013

'वैद्यलाई चुनाव विथोल्ने अधिकार छैन'


सुरेशकुमार यादव
काठामाडौ साउन २६ गते । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले निर्वाचन प्रक्रियामा असहमत जनाउने दलका लागि एक हप्ताभन्दा बढी नकर्ुर्ने बताउनु भएको छ । उहाँले असहमत दलहरुसँग वार्ता जारी राख्ने र एकसाताभित्र सहमती नभए बाँकी दललाई लिएर चुनावमा जाने स्पष्ट पार्नुभयो ।
पार्टर्ीीेन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार पत्रकारसँग नियमित भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले असन्तुष्ट दललाई सहमतिमा ल्याउन सरकार तथा उच्चस्तरीय राजनीतिक समितिले अधिकतम लचकता अपनाउने र सो अवधिमा प्रयास असफल भयो भने मंसिर ४ मै चुनाव सम्पन्न गराउन तयारीमा लाग्ने बताउनुभयो । सरकार नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको मोर्चा, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मोर्चा र अशोक र्राई नेतृत्वको संघीय समाजवादी पार्टर्ीीग वार्ता जारी राखेका छन् ।
यी तीनमध्ये फोरम नेपालका अध्यक्ष यादव र संघीय समाजवादीका अध्यक्ष अशोक र्राई निर्वाचनमा सहभागी हुने प्रवक्ता सापकोटाको दावी थियो । उहाँले यी दर्ुइजनाले उच्चस्तरीय राजनीतिक समिति पर्ुनर्गठन र मतदाता नामावली संकलनका लागि पुनः समय थप्ने मागमा चार दल सकारात्मक रहेको उल्लेख गर्दै उहाँहरुले निर्वाचनको विकल्प नखोजेको दावी गर्नुभयो ।
उहाँले वैद्यजीहरु निर्वाचनप्रति सकारात्मक नरहेको बताउँदै उहाँहरुको माग निर्वाचन मिति सार्नु र सरकार फेरबेदल गर्ने मागप्रति कुनैपनि हालतमा सकारात्मक नहुने बताउनुभयो । उहाँले वैद्यजीहरुमा चुनाव विथोल्ने तागत नरहेको दावी गर्दै बहिष्कार गर्ने अधिकार भएपनि बिथोल्ने अधिकार उहाँहरुसँग नरहेको बताउनुभयो । वैद्यजीहरुको भाषा राजावादीहरुसँग मिलेको बताउँदै प्रवक्ता सापकोटाले उहाँ गणतन्त्रवादी हो कि होइन भने कुरामा पनि शंका लागेको आरोप लगाउनुभयो ।
चुनावको तयारीमा आयोग, सुरक्षा निकाय लागिसकेको र यसको र्समर्थन अन्तराष्ट्रिय समुदायले समेत जनाई सकेको अवस्थामो वैद्यहरु चुनाव नआए पनि फरक नपर्ने बताउनुभयो । निर्वाचन आयोगले चुनावको सम्पर्ूण्ा तयारी पुरा गरिसकेकाले अब कुनै पनि हालतमा चुनाव र्सार्न नमिल्ने भएकाले मंसिर ४ गते हुने चुनावमा नै भाग लिन असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो ।
चुनावमा सुरक्षा प्रदान गर्न प्रहरीहरु नै सक्षम रहेको तर आवश्यक परे सेना पनि परिचालन गरिने बताउँदै आफ्ना पार्टर्ीी अध्यक्ष प्रचण्डले वैद्यजीहरुलाई चुनावमा आउन नदिएको आरोपलाई खण्डन गर्नुभयो । उहाँले आफ्नो दलले सबैलाई समेटेर चुनावमा जाने पक्षमा रहेको उल्लेख गर्दै सविधानका लागि चुनावबाहेक अरु कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment