Labels

Tuesday, August 6, 2013

मधेशका बुद्धिजिवि यसो भन्छ मधेशबारेमा


सुरेशकुमार यादव
काठमाडौ साउन २१ गते । मधेश आन्दोलनलाई राम्रोसँग व्यवस्थान गर्न नसकेको कारण मधेशवादी दलको राजनीतिक अवस्था बिग्रिदै गएको मधेशका बुद्धिजीवी तथा अधिकारकर्मीहरुले बताएका छन् ।
    तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीे विद्यार्थी संगंठन तर्राई मधेश विद्यार्थी प|mन्टको पाँचौ स्थापना दिवसको उपल्यक्षमा सोमवार आयोजित 'अगामी सविधानसभामा मधेशको सशक्त उपस्थितिःसंभावना र चुनौति' विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।
    राजनीतिक विश्लेषक सीके लालले मधेशवादी दलहरुले कुनै मिसन, विचार र दृष्टिकोणभन्दा चुनावमुखि राजनीतिक गरेका कारण मधेशको राजनीतिक अवस्था सुधार हुन नसकेको बताउनुभयो । उहाँले अघिल्लो अगामि सविधानसभामा विगठित संविधानसभाको सरह स्थान ल्याउन नसकिने बताउनुभयो । उहाँले त्यसका कारणमा राज्यव्यवस्थालाई नै दोषी देखाउनुभयो ।
    विगतमा जसले मधेशलाई औपनिवेशवादमा राख्ने कार्य गरे ती शक्ति अहिले पुनः सामुन्ने आउन लागेको बताउँदै सीके लालले मधेशवादी दलका लागि अबको चुनाव निकै चुनातीपर्ूण्ा रहेको बताउनुभयो । विगतको चुनावहरुमा मधेशवादी दलका कोही न कोही सरकारमा हुन्थे त्यसको भयले पनि शासन प्रशासन मधेशप्रति सकारात्मक हुन्थे, उहाँले भन्नुभयो-'तर अहिले त्यो अवस्थामा छैन सेना र प्रहरी पनि मधेशको विपक्षमा रहेका छन् ।
    मधेशी राजनीतिकका जानकार एवं लेखक तुलानारायण साहले पनि अगामी सविधानसभाको चुनावमा मधेशवादी दलले निकै चुनौतिको सामना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले चुनावका लागि समानुपातिक सिट सख्या घटाउनु भनेको मधेशमाथि षड्यन्त्र भएको बताउँदै चुनामा मधेशीको मुख्य आधार समानुपातिक नै रहेको तर त्यसलाई पनि घटाएर मधेशीमाथि षड्यन्त्र गर्न लागेको आरोप लगाउनुभयो ।
    प्रत्यक्ष चुनावमा हुनेखाने, पैसावाला तथा राज्यको संयन्त्रमा पहुँच भएका व्यक्तिले मात्र चुनावमा भाग लिन आँट गरेका हुन्छन् तर यीमध्ये मधेशमा केहीपनि नभएका कारणले मधेशका लागि समानुपातिक सीट नै राम्रो हुने भएकाले मधेशवादी दलहरु त्यसमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
    प|mन्टका अध्यक्ष सुरेशकुमार मण्डलको अध्यक्षतमा भएको कार्यक्रममा मानवअधिकार कर्मी तथा अधिवक्ता दीपेन्द्र झाले सरकारले गठन गरेको क्षेत्र निर्धारण आयोगले पनि समानुपातिक टिट संख्या नबढाउने दावी गर्दै यसका लागि मधेशवादी दलले दवाव सृजना गर्नुपर्ने सुझाव दिनुभयो ।
    कार्यक्रममा उक्त पार्टर्ीी महामन्त्री गोविन्द चौधरी, केन्द्रीय सदस्य पुष्पा ठाकुर, विद्यार्थी नेता अशोक यादवलगायतले आआफ्नो धारणा राख्नुभयो ।

No comments:

Post a Comment