Labels

Sunday, August 11, 2013

आयोगका प्रतिवेदन जलाए युवाहरु

सुरेशकुमार यादव
काठमाडौ साउन २६ गते । निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदनमाथि मधेशवादी दलका नेताहरुले असहमति जनाएका छन् ।
शानिवार तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुर, तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीेपालका अध्यक्ष महेन्द्रराय यादव र सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर त्यस्तो असहमति जनाएका हुन् ।
सरकारसँग भएकेा सम्झौता र सर्वोच्च अदालतले गरेको आदेश विपरित आयोगले प्रतिवेदन ल्याएको भन्दै त्यसलाई स्विकार नगर्ने अध्यक्ष महतेाले आफ्नेा विज्ञप्तिमा भन्नुभएकेा छ भने तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अन्तरिम संविधानको धारा ६३ -३) मा "संविधान सभामा समान जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा र मधेशमा जनसंख्या प्रतिशतको आधारमा......." भन्ने उल्लेख हुँदा हुँदै पनि तर्राई-मधेशमा जनसंख्याबृद्धिको अनुपातमा क्षेत्र निर्धारण नहुनु राज्यको मधेश प्रतिको उपेक्षित दृष्टिकोण र विभेदपर्ूण्ा मानसिकताको निरन्तरता हो भनि आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै तमलोपा नेपालका अध्यक्ष महेन्द्रराय यादवले आयोगले तयार पारेको प्रतिवेदनले अगामि सविधानसभा चुनावलाई  खलल पुर्याएको उल्लेख गर्दै यसले देशमा द्धन्द सृजना गर्ने भएकाले प्रतिवेदन कार्यान्वयन भयो भने त्यसलाई आफ्नो पार्टर्ीी स्विकार नगर्ने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
त्यसैगरि शनिवार नै संयुक्त मधेशी विद्यार्थी मोर्चाले माइतीघर मण्डलामा प्रतिवेदनको प्रतिलिपि जलाएको छ । प्रतिवेदनमाथि पुनःविचार नगर्ने सशक्त आन्दोलनमा जाने चेतावनी विद्यार्थीहरुले दिएका छन् । प्रतिलिपि जलाउँदा विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो ।

No comments:

Post a Comment