Labels

Thursday, August 29, 2013

जेपीको आफ्नै प्रवृति अमृतालिगंमको


सुरेशकुमार यादव
काठमाडौ भदौ १३ गते,
मधेशका नेता, बुद्घजिीवि तथा अधिकारकर्मीले संघीयता र समावेशिकताकै सिद्धान्त अनुसार मधेशीलगायत उपेक्षित समुदायको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
मधेशी पत्रकार संघले विहिवार काठमाडौंमा आयोजना गरेको 'तमिल राष्ट्रिय आन्दोलन, संविधानमा संशोधन र नेपालले सिक्नुपर्नै पाठ' विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै श्रीलंकाका विद्वान रोहन एडि्रसिन्हाले नेपाल श्रीलंकाभन्दा बढी विविधतायुक्त भएकोले यहाँ संघीयता अझ बढी औचित्यपर्ूण्ा रहेको बताउनुभयो ।
श्रीलंकामा तमिलहरुको मागको सम्बोधन संघीय व्यवस्थाद्वारा गरिनुपर्नै पक्षमा आफू अझै पनि रहेको उल्लेख गर्दै संघीयतासम्बन्धी ज्ञाता एडि्रसिन्हाले संघीयतामा जाँदा स्थानीय निकायलाई भने अधिकारसम्पन्न बनाउनबाट चुक्नु नहुने धारणा राख्नुभयो ।
उहाँले मंसिर ४ गते चुनाव हुने कुरामा जोड दिनुभयो । जतिसक्दो सविधानसभाको चुनाव गराएर सविधान निर्माण गरिसक्नु पर्ने धारणा राख्दै उहाँले सविधान निर्माण गर्न जति ढिलो हुन्छ त्यति नै समस्या उत्पन्न हुने धारणा राख्नु भयो । उहाँले नेपालको मधेश र श्रीलकांको राजनीतिक समस्या उस्तै उस्तै रहेको बताउँदै मधेशीको अधिकार पूरा हुनुपर्ने कुरामा जोड दिनुभयो ।
राजनीतिक शास्त्रका प्राध्यापक एवम् पर्ूव राजदूत विजयकान्त कर्ण्र्ाा उपेक्षित समुदायको पहिचान, राजनीतिक अधिकारका साथै आर्थिक सरोकारको सम्बोधनका लागि संघीयता र समावेशीकताको मान्यताबाट नेपालका पार्टर्ीी पछाडि र्फकन नहुने बताउनु भयो । उहाँले विकासकोक्रममा रहेको रहेको नेपालमा संघीयता अपरिहार्य रहेकाले अधिकारसम्पन्न संघीयता ल्याउनमा दलका नेताहरुले बढी पहल गर्नुपर्ने सुझाव दिनुभयो  ।
उहाँले श्रीलंकामा अधिकारका लागि संर्घष्ारत तमिल र नेपालमा अधिकारका लागि संर्घष्ारत मधेशी जनताको एजेण्डा एउटै रहेको बताउँदै मधेशीभन्दा तमिलहरु आफ्नो मागप्रति बढी संवेदनशिल र प्रतिवद्ध रहेको धारणा राख्नुभयो । तर्राई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले मधेशवादी दललाई अमृतलिगंम प्रवृति भन्दै रातो क्रस चिन्ह लगाउनु भएको थियो ।
मधेशवादी दल जस्तै श्रीलंकाका तमिलहरुको  नेता अमृतलिगंम अधिकारका लागि संर्घष्ामा हुनुहुन्थ्यो । तमिल टार्इगर्सले शान्तिपर्ूण्ा संर्घष्ाले अधिकार प्राप्त हुँदैन भन्दै अमृतलिगंमलाई सशस्त्र आन्दोलनमा आउन आग्रह गर्दा त्यसको कुनै सुनुवाई नगरेपछि टागर्सले उहाँलाई हत्या गरेको थियो । शान्तिपर्ूण्ा संर्घष्ामा रहेका मधेशवादी दललाई गुप्ताले अमृतलिगंमको संज्ञा दिँदै युवाहरुलाई मर्ने र मार्ने आह्वान गर्नु भएको थियो ।
सो कार्यक्रममा तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी नेता बीपी यादवले गुप्ता आफै स्वयं अमृतलिगंम प्रवृतिका नेता भएको आरोप लगाउनु भयो । उहाँले गुप्ता पटक पटक सरकारमा गएको, मधेशी मोर्चाको तर्फाट सरकारसँग विभिन्न सम्झौता गरेका कारण उहाँ अमृतलिगंम कि अरु नेता अमृतलिगंम भन्दै प्रश्न गर्नुभएको थियो ।
सद्भावना पार्टर्ीी महासचिव मनिष कुमार सुमनले संघीयताका लागि आफूहरु संर्घष्ारत रहेको र त्यो प्राप्त नभएसम्म संर्घष्ालाई जारी राख्ने बताउनुभयो । आफूहरुलाई अमृतलिंगमका संज्ञा दिने नेता स्वयं अमृतलिगंम प्रवृतिमा हिडेको बताउँदै अधिकारका लागि लडिरहने बतानुभयो ।
कार्यक्रममा राजनीतिक विश्लेषक तुलानारायण साह र मानवअधिकारकर्मी दीपेन्द्र झा, पत्रकार रामकुमार कामतलगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

No comments:

Post a Comment