Labels

Thursday, August 29, 2013

एमाओवादीको बैठकमा यस्तो रिर्पोर्ट


सुरेशकुमार यादव
काठमाडौ भदौ ११ गते । सविधानसभाको चुनावी तयारीका लागि एकीकृत नेकपा माओवादीको पाचौं केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यलयमा पेरिसडाँडमा मंगलवारदेखि शुरु भएको छ ।
एमाओवादीले साउन १० गतेदेखि भदौ १० गतेसम्म संचालन गरेका एक महिने अभियानको समिक्षा, निर्वाचनका लागि कार्यविभाजन, संगठनको परिचालन र निर्वाचनसम्बन्धी एजेण्डा, उम्मेदवार चयन तथा घोषणापत्रलगायतको एजेण्डामा छलफल शुरु भएको छ ।
अभियानमा खटिएका नेताहरु आ-आफ्नो धारणा राखि सकेपछि त्यसलाई अन्तिम रुप दिइ चुनावी रणनीति बनाउने पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले जानकारी गराउनुभयो । बैठकमा पार्टर्ीीे बारेमा महत्वपर्ूण्ा कुराहरु उठेका छन् यो बैठकले चुनावमा पार्टर्ीीे उपस्थिति कस्तो रहने सुनिश्चित गरिनेछ, उहाँले भन्नुभयो-'केन्द्रीय समितिमा बोल्ने नेताहरुले जनताको भाषा बोलि रहनु भएको छ, एक महिनासम्म जनताको बीचमा रहँदा बटुलेको अनुभवलाई प्रस्तुत गर्ने काम भइरहेका छन् ।'
जनसम्बन्ध सुदृढीकरण अभियानका क्रममा देशका दर्ुइ सय ४० वटै निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय सदस्यहरु मध्ये ८२ जनाले आफ्नो रिपोर्ट प्रस्तुत गरेको पार्टर्ीी जनाएको छ । सेती-महाकाली, भेरी-कर्ण्र्ााी, थारुवान, मगरात र तमुवान राज्यहरुका रिपोर्ट प्रस्तुत भएको थियो । मंगलवारको बैठकमा प्रस्तुत भएको ८२ वटा निर्वाचन क्षेत्रको रिर्पोट अनुसार ७० भन्दा बढी निर्वाचन क्षेत्रहरुमा एमाओवादीले जित्ने रिपोर्ट नेताहरुबाट आएको प्रवक्ता सापकोटाले बताउनु भयो ।
जुन रुपमा रिर्पोटहरु आएका छन् त्यसले एमाआवादी अगामी सविधानसभाको चुनावमा दर्ुइ तिहाई बहुमत ल्याउँछ भन्ने हाम्रो ठहर हो र त्यसलाई सुनिश्चितताका लागि दोस्रो चरणको अभियान सञ्चालन गर्न लागेका छौ, उहाँल भन्नुभयो-'पहिलो अभियानले जनसम्बन्ध स्थापना गर्न सफल भएको र अब दोस्रो अभियान सुरु गरेर जनसम्बन्ध सुदृढीकरण गर्नर्ुपर्छ ।' अगामि सविधानसभाको चुनावमा काँग्रेस पार्टर्ीीग प्रतिस्पर्धा हुने रिपोर्ट आएको पार्टर्ीी केन्द्रीय सदस्य रामकुमार शर्माले बताउनुभयो ।
अभियानबाट फर्किनु भएका नेता शर्माले बहुमत त एमाओवादीले नै ल्याउने हो तर प्रतिस्पर्धा काँग्रेससँग देखिएको बताउनुभयो । यो अभियानले मधेशमा माओवादीको बहुमत सीट आउने देखाएको छ, उहाँले भन्नुभयो-'पहिलो चरणको अभियानले माओवादीको जुन रुप देखाएको छ, दोस्रो चरणको अभियानले त्यसलाई अझ स्पष्ट पार्नेछ ।'
एमाओवादीले फेरि चुनावको लागि गाँउगाउँमा कार्यकर्ता परिचालनको तयारी गरको छ । केन्द्रीय समितिमा आवश्यक छलफलपछि दोस्रो अभियान संचालन तथा जनपरिचालन कार्यक्रम संचालन गरिनेछ । बैठक बुधवार पुनः बस्ने छ ।

No comments:

Post a Comment