Labels

Saturday, August 17, 2013

बैद्य चुनावमा भाग लिने हो त ?


सुरेशकुमार यादव
काठमाडौ साउन ३२ गते । सरकार र नेकपा-माओवादीबीच शुक्रवार अवेररातीसम्म भएको वार्ताले कुनै निष्कर्षनिकाल्न नसकि आइतवारका लागि स्थगित भएको छ ।
    वार्ताले कुनै निष्कर्षननिकालेपनि अरु दिनको तुलनामा आजको वार्ता सकारात्मक भएको बैठकपछि सरकारका प्रवक्ता माधव पौडेलले बताउनुभयो । उहाँले आजको वार्ताले विश्वासको वतावरण सृजना गरेको र अब बस्ने अर्को बैठकले टुगों लगाउने बताउनुभयो ।
    उहाँहरुले राखेको आफ्नो एजेण्डाको बारेमा छलफल गर्दा अरु दिनको तुलनामा आजको बैठकममा निकै सकारात्मक हुनुहुन्थ्यो त्यसले गर्दा मंसिर ४ गतेको चुनावमा पनि भाग लिनुहुन्छ भनि विश्वास लागेको प्रवक्ता पौडेलले बताउनुभयो । मागको अन्तरवस्तु र प्रकृयाको बारेमा छलफल भयो र उहाँहरुले कतिपय अन्तरवस्तुको विषयमा दलहरुसँग पनि छलफल गर्नुपर्ने र प्रकृयाको बारेमा सरकारसँग पुनः वार्ता गरिने भन्दै आजको वार्ता स्थगित भएको उहाँले बताउनुभो ।
    वार्तापछि सधै कडा र आलोचनात्मक टिप्पणी गर्ने नेकपा-माओवादीका नेता देव गुरुगं शुक्रवार राती भएको वार्तापछि पत्रकारसमक्ष हँसिलो प्रस्तुत हुनुभयो । उहाँले पनि वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको छ त्यसमा पनि मुख्य कुरा एका अर्कामाथि विश्वास गर्ने आधार तयार हुँदै गरेको बताउनुभयो । आजको बैठकले एकअर्कामाथि विश्वास गर्ने वतावरण तयार भएको छ, उहाँले भन्नुभयो-'सहमति गर्नका लागि सबैपक्ष सकारात्मक हुनर्ुपर्छ एकपक्ष मात्र सकारात्मक वा लचिलो भएर हुँदैन ।'
    पत्रकारको एक जिज्ञासामा नेता गुरुगंले आफूहरुले राखेको मागमध्ये कुनैमागबाट पछाडि नहटेको प्रतिकृया दिनुभयो । सरकार परिवर्तन, बाधा अड्काउ फुकाउ खारेज र चुनावको मिति सार्नेलगायतका माग यथावत् रहेको र त्यसमा छलफल जारी रहेको उहाँले जानकारी गराउनुभयो । कतिपय मागहरु अन्तरवस्तु निहित छ जो दलहरुसँगको वार्ताबाट मात्र समाधान हुन्छ र कतिपय मागहरु नीतिगत रहेका छन् जो सरकारसँगको छलफलबाट टुगों लगाउन सकिने नेता गुरुगंले बताउनुभयो ।
    एका अर्कालाई निषेध गरेर समस्या समाधान हुँदैन, यति त्यस्तो हो भने त्यसलाई सच्याएर जाने सहमति भएको बताउँदै उहाँले एक आपसमा देखिएको विपतिको यात्रालाई सहमतिमा बद्ल्नुपर्ने बताउनुभयो । अर्को वर्ता आइतवार हुनेछ र त्यो वार्ताले निष्कर्षनिकाल्ने बताउनुभयो ।

No comments:

Post a Comment