Labels

Thursday, August 29, 2013

गच्छदारले महेन्द्रबाट तान्या तान्यै छ


सुरेशकुमार यादव
काठमाडौ भदौ १३ गते । तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीेपालबाट मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले नेता तान्ने क्रम अझै जारी राखेका छन् । महेन्द्र यादव अध्यक्ष रहनु भएका तमलोपा नेपालसँग रहेका ९ जना पर्ूव सभासद्मध्ये सातजनालाई फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तानिसक्नु भएको छ ।
सोही क्रममा विहिवार मात्र तमलोपा नेपालका महामन्त्री दानबहादुर चौधरीलगायत अन्य सातजना नेतालाई अध्यक्ष गच्छदारले आफ्नो पार्टर्ीी भित्र्याउनु भएको छ । यसअघि महामन्त्री गोविन्द चौधरी, सहमहामन्त्री अरविन्द साह, कोषाध्यक्ष रमणी देवी राम, केन्द्रीय सदस्य सलाउदीन मुसलमान, उर्मिला महतो, चन्दन साहलगायतलाई आफ्नो पार्टर्ीी तानिसक्नु भएको छ । अब अध्यक्ष महेन्द्रराय यादव आफूमात्र एकजना अध्यक्ष र सहअध्यक्ष पार्टर्ीी बाँकी रहनु भएको छ भने केही नयाँलाई पदाधिकारी पदको जिम्मेवारी दिन लाग्नु भएको छ ।
स्रोतका अनुसार महन्थ ठाकुर अध्यक्ष रहनु भएको तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीट अलग हुने बेला अध्यक्ष महेन्द्र राय यादवले अध्यक्ष गच्छदारसँग पार्टर्ीीकीकरण गर्ने वाचा गर्नुभएको थियो तर पार्टर्ीीलग गरेको चारवर्षन्दा बढी भइसक्दा पनि गच्छदारको पार्टर्ीीग एकीकरण नगरेको कारण सबै नेतालाई आफ्नो पार्टर्ीी तान्ने कार्य शुरु गर्नु भएको छ ।
नव प्रवेशी चौधरीलाई अध्यक्ष गच्छदारले आफ्नो पार्टर्ीी उपाध्यक्षको साथै सविधानसभा चुनावमा कपिलवस्तु क्षेत्र नं. २ का लागि टिकट समेत दिने आश्वासन दिनु भएको बुझिएको छ । नव प्रवेशी चौधरीले जुन उद्देश्यका साथ तमलोपाबाट अलग भएका थियौ त्यो उद्देश्य पुरा गर्नु कहाँ हो कहाँ पार्टर्ीीई र्सलाहीमा मात्र केन्द्रीत गरेको आरोप अध्यक्ष यादवमाथि लगाउनु भयो । अध्यक्ष यादव र्सलाहीवासी हुन् ।
अध्यक्ष यादवसँग चौधरीको बारेमा प्रतिकृया लिँदा उहाँले पैसाको भरमा कुनै नेतालाई कति दिनसम्म पार्टर्ीी टिकाई राख्ने, पैसा दिन छाडेपछि पार्टर्ीीाडेर हिडेको प्रतिकृया दिनुभयो । व्यक्तिगत स्वार्थ लिएर धेरैदिनसम्म पार्टर्ीी टिक्दैन उहाँ आफ्नो पार्टर्ीीट निस्केकोमा आफूलाई कुनै दुख नलागेको प्रतिकृया उहाँले दिनुभयो ।

No comments:

Post a Comment