Labels

Friday, August 23, 2013

गच्छदारले छाडे एक मधेश एक प्रदेश, प्रस्ताव गरे दर्ुइ प्रदेश


सुरेशकुमार यादव
काठमाडौ भदौ ७ गते । एकमधेश एकप्रदेशको नारा दिएर मधेश व्रि्रोह गरी जन्मेका मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएका फोरम लोकतान्त्रिकले मधेशमा दर्ुइ प्रदेशको अवधारणा अघि सारेको छ ।
अगामी सविधानसभा चुनावका लागि तयार पारेको चुनावी घोषणापत्रमै फोरम लोकतान्त्रिकले स्वायत्त मधेश प्रदेश र स्वायत्त थरुहट प्रदेशको अवधारणा अघि सारेको घोषणापत्र मस्यौदा तयारी समितिका संयोजक एवं पार्टर्ीी महासचिव जितेन्द्रनारायण देवले जानकारी गराउनुभयो । उहाँले मधेशमा एकमधेश एकप्रदेश सम्भव नभएकाले आफ्नो पार्टर्ीी चुनावी घोषणापत्रमै दर्ुइ प्रदेशको अवधारणा ल्याएकेा बताउनुभयो ।
पार्टर्ीी अध्यक्ष विजयकुमार गच्छदारले पनि आफूहरुले जनतालाई ढाँट्ने पक्षमा नरहेको जे यथार्थ छन् त्यस नारालाई चुनावमा लिएर जाने बताउनुभयो । एक मधेश एकप्रदेश आन्दोलनको नारा थियो तर यथार्थमा त्यो संभव नभएको बताउँदै उहाँले दर्ुइ प्रदेशको अवधारणा लिएर चुनावमा जाने बताउनुभयो ।
 दर्ुइ प्रदेश आफ्नो पार्टर्ीीे बटमलाइन हुनेछ, उहाँले भन्नुभयो-'मधेशमा दर्ुइ प्रदेशभन्दा नमाथि जाने नतल जाने दर्ुइ प्रदेश जसरी पनि स्थापना गराउने छौ ।' उहाँले मधेशमा दर्ुइ प्रदेश सँगै हिमाल र पहाडमा गरी आठ प्रदेशको अवधारणा आफ्नो पार्टर्ीीे रहेको समेत बताउनुभयो ।
तयार भएको चुनावी घोषणापत्रको मस्यौदा भदौ १५ गतेदेखि विराटनगरमा हुने राष्ट्रिय सम्मेलनबाट पारित गराउने महाससचिव देवले बताउनुभयो । उहाँले सरकारको स्वरुप प्रधानमन्त्री प्रणाली हुने अवधारणा चुनावी घोषणा पत्रमा राखेको बताउँदै सरकार बनाउने बेलामा मधेशवादी दलहरु धेरै विभाजन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै संसद भएर पार्टर्ीीवभाजन गर्दा संसदको पद स्वतः खारेज हुने प्रावधान चुनावी घोषणापत्रमा उल्लेख गरेको नेता देवले बताउनुभयो । बहुमत संसदहरु मिलेर अलग हुने र एउटा अर्को पार्टर्ीीनाउने रोग मधेशवादी दलमा देखिएको हुनाले संसद भएर पार्टर्ीीट अलग हुने वित्तिकै संसद पद खारेज हुने प्रवधानले पार्टर्ीी विभाजनबाट जोगिने विश्वासका साथ यो प्रावधान ल्याउन लागिएको बताउनुभयो ।
विगतको सविधानसभामा मधेशवादी दलमा रहेका सभासद्हरुले सरकारमा जानकै लागि बहुमत सभासद् लिएर पार्टर्ीीवभाजन गरी मधेशमा रहेका तीन दललाई एकदर्जनभन्दा बढी दल बनाएका थिए ।
सरकार समान्य बहुमतबाट बनाएपनि त्यसलाई गिराउनका लागि ५५-५६ प्रतिशत बहुमत हुनुपर्ने प्रावधान आफ्नो पार्टर्ीी ल्याउन लागेको नेता देवले बताउनुभयो । साथै घोषणापत्रमा कृषि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रको रणनीतिहरु उल्लेख गरेका छन् ।
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको मोर्चासँग भएको गोलमेच सम्मेलन गर्ने सैद्धान्तिक सहमति बारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष गच्छदारले सरकार विघटन र चुनावको मिति सार्नेबाहेक अन्य सबै मागमा लचिलो भएर उहाँहरुसँग वार्ता गर्न उच्च स्तरीय राजनीतिक समिति तयार रहेको प्रतिकृया दिनुभयो । उहाँले वैद्यजीहरु बढी नखरा देखाए चुनावका लागि नपर्खिने चेतावनी दिनुभयो ।

No comments:

Post a Comment