Labels

Friday, August 2, 2013

डीडीसीले पशु आहार उत्पादन गर्ने

सुरेशकुमार यादव
काठमाडौ साउन १८ गते । दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएका दुग्ध विकास संस्थान -डिडिसी) ले अबदेखि पशु आहार उत्पादन गर्ने भएको छ । त्यसका लागि संस्थानले हालै विघटनमा परेको हेटौडास्थित पशु आहार उत्पादन विकास समितिको भौतिक पर्ूवाधारलाई प्रयोगमा ल्याउने भएको छ ।
     सरकारले सो समिति घाटामा गएको भन्दै असार २७ गते विघटन गर्दै आगामी २५ वर्षा लागि उक्त समितिको सम्पर्ूण्ा भौतिक पर्ूवाधारको भोगचलनको अधिकार संस्थानलाई दिइसकेको छ । सरकारबाट भोगअधिकार लिइसकेपछि संस्थानले इश्वरीराज न्यूपानेको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति समेत गठन गरेको छ । 
     संस्थानका महाप्रबन्धन सियाराम सिहले विघटनमा परेको सो समितिको भौतिक पर्ूवाधारलाई पशु आहार उत्पादनमा परिचालन गर्न सरकारले अनुमति दिएको जानकारी गराउँदै आफूहरुले त्यहाँ लाग्ने लागत, जनशक्तिलगायतका विषयमा अध्ययन गर्ने कार्य थालेको जानकारी गराउनुभयो । उहाँले सो हेटौडास्थित पशु आहार उत्पादन विकास समितिमा रहेका पुराना उपकरणलाई हटाएर अत्याधुनिक भौतिक पर्ूवाधार जडान गरेर पशु आहार उत्पादन गर्न लागिएको बताउनुभयो ।
पशु आहारको समस्याले गर्दा नेपाली उत्पादनको लागत मूल्य उच्च भएकाले लागत मूल्य घटाउन पनि सो स्थानलाई पशु आहार उत्पादन गर्ने कारखानाको रुपमा प्रयोग गर्ने योजना अघि बढाएको महाप्रवन्धक सिंहले गोरखापत्रलाई बताउनुभयो ।
उहाँले पशु आहार उत्पादन नाफामूलक व्यवसाय भएकाले उक्त क्षेत्रमा संस्थान लगानी गर्न आवश्यक गृहकार्यका साथ अघि बढेको बताउनुभयो । उहाँ भन्नुभयो-'नयाँं दक्षता प्राप्त कर्मचारी राखेर गाई, भैसी र गोरुका लागि दाना उत्पादन गछौं । हामीले भोगाधिकार पनि प्राप्त गरिसकेका छौ र त्यसका लागि तीन सदस्य अध्ययन समिति पनि बनाएका छौ ।
 संस्थानले पशु आहार उत्पादन गर्नका लागि आफ्नै श्रोतबाट करिव ५ करोड रुपैयाँं लगानी गर्ने जनाएको छ । संस्थानले उत्पादन गर्ने पशु आहार आफै पनि उपभोगमा ल्याउने बजारमासमेत बिक्रि गर्ने जानकारी गराएको छ । उत्पादन गर्ने आहार आफै पनि प्रयोग गर्र्छौ, र्सवसाधारणलाई पनि बिक्रि गर्र्छौ, महाप्रबन्धक सिहले भन्नुभयो । समितिको नाममा हेटौडामा ७ विघा जग्गासहित भौतिक पर्ूवाधारहरु रहेका छन् । 
संस्थानका अनुसार २०२२ सालमा स्थापना भएको उक्त समितिले २०२७ सालदेखि पशु आहार उत्पादन गर्दै आएको थियो । प्रतिघण्टा दर्ुइ मेटि्रक टन आहार उत्पादन गर्दै आएको समितिले पछिल्लो समयमा दैनिक तीन मेटि्रक टनमा झरेका थिए । समितिले हाडको धुलो र पशु आहार गरी दर्ुइ प्रकारका वस्तु उत्पादन गर्दै आएको थियो । समितिमा कार्यरत रहेका कर्मचारीलाई साढे चार करोड रुपैयाँं सरकारले उपदान उपलब्ध गराउने छ ।

No comments:

Post a Comment