Labels

Wednesday, August 28, 2013

नेपाल बीउका लागि पनि पर निर्भर


सुरेशकुमार यादव
काठमाडौं, भदौ १० गते । कृषि प्रधान देशको नामले चिनिएका नेपालमा किसानहरु बीउका लागि विदेशमाथि निर्भर परेका छन् । तरकारी तथा अन्य खाद्यान्नवालीका लागि झण्डै वर्षोणी अर्बौ रुपियाँको बीउ भारत लगायत अन्य मुलुकबाट भित्रिने गरेका छन् ।
सरकारी तथ्यांकले नै नेपालमा आयात हुने बीउमध्ये झण्डै सबै कानुनी प्रकृया पुरा गरेर ४० प्रतिशत वीउ विदेशबाट आयात हुने गरेको छ भने अरु बीउ विभिन्न चोरबाटोबाट आयात हुँदै आएको बीउ गुणस्तर निर्धारण केन्द्रले स्विकार गरेका छन् । नेपालमा सबभन्दा बढी भित्रिने तरकारीको बीउ उत्पादन गर्ने जिम्मेवारी कुनै सरकारी निकायलाई नदिएको कारणले पनि किसानहरु पर निर्भर हुँदै गएका छन् ।
सरकारले उन्नत जातका बीउ उत्पादन गरेर बिक्रि वितरणका लागि राष्ट्रिय बीउ विजन कम्पनी खडा गरेपनि त्यसलाई तरकारीको बीउ उत्पादन गरेर विक्रि वितरण गर्ने जिम्मेवारी दिएको छैन जबकि नेपालमा सबभन्दा बढी तरकारी बीउ खपत हुने गरेका छन् । बीउका लागि पनि विदेशीको मुख ताक्नु पर्ने भएकाले उपभोक्ताहरु महँगो मूल्यमा तरकारी खान बाध्य भएका छन् । नेपालमा बोडी, घिउसिमी, करेला, प्याज, परवल, सिमी, गाजर, टमाटर, आलु, साग, काउली, बन्दा, भान्टालगायतका तरकारीको बीउ विदेशबाट आयात हुने गरेको छ । त्यसमध्ये कतिपय बीउहरु तस्करले लुकाए छिपाई ल्याएका हुन्छन् जसमध्ये कतिपय गुणस्तरहीन बीउ हुन्छन् ।
  केन्द्रका वरिष्ठ वीउ विकास अधिकृत लालप्रसाद आचार्यले मकैको वीउ भारतबाट, धानको वीउ चीन, फिलिपिन्स र भारतबाट तथा तरकारीको बीउ थाइल्याण्ड, जापान, कोरिया, चीन, इटली, नेदरल्याण्ड, ग्याटेमाला, हल्याण्डबाट सबै प्रकृया पुरा गरेर आयात हुँदै आएका छन् । त्यस्तै गहुँको बीउ मेस्किको, भारत र बंगलादेशबाट आयात हुँदै आएका छन् ।
आर्थिक वर्ष०६९-७० मा ६७ करोड ४० लाख मूल्यबराबरको तरकारी र खाद्यान्नवालीको वीउ भारतलगायत तेश्रो मुलुकबाट आयात भएको थियो । तरकारीको वीउ मात्र ६७.२ मेटि्क टन, मकैको वीउतर्फ६ सय ९५ मेटि्ररिक टन र धानको वीउतर्फ८ सय ९९ मेटि्ररिक टन गरेर कूल १ हजार ६ सय ६१ दशमलव २ मेटि्रक टन बीउ आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । तरकारी विकास निर्देशनालयका अनुसार मुलुकभर करिव २ हजार मेटि्रक टन तरकारी बीउको माग रहेको छ । तर सरकारी तथा नीजि क्षेत्रबाट करिब ९ सय मेटि्रक टन मात्र उत्पादन हुँदै आएको छ । मुलुकभर दर्ुइ लाख आठ हजार एक सय आठ हेक्टरमा तरकारी खेती हुन्छन् । जसबाट करिब २६ लाख मेटि्रक टन तरकारी उत्पादन हुन्छ ।
नेपाल बीउ व्यवसायी संघका अनुसार नेपालमा दैनिक करिब २५ लाख रुपैयाँ बारबरको तरकारी बीउको कारोवार हुने गरेको छ, जसमध्ये ८५ प्रतिशत बीउ आपर्ूर्तिका लागि विदेशी व्यपारीको मुख ताक्नु परेको संघका महासचिव दर्ुगा अधिकारीले बताउनुभयो ।
केन्द्रका प्रमुख दिलाराम भण्डारीले विदेशबाट आउने गुणस्तर बीउलाई नियन्त्रण गर्नका लागिे नयाँ नीति ल्याउन लागेको बताउनुभयो । यो नीति कार्यान्वयनभएपछि अवैध रूपमा आउने बीउको परिमाण र गुणस्तरहिन बीउको आयता नियन्त्रण हुने विश्वास केन्द्रको रहेको छ ।


No comments:

Post a Comment