Labels

Sunday, August 11, 2013

राजकिशोरलाई छाडे तीन पदाधिकारी


सुरेशकुमार यादव
काठमाडौ साउन २६ गते । राजकिशोर यादव अध्यक्ष रहनु भएका मधेशी जनअधिकार फोरम -गणतान्त्रिक) तीन जना पदाधिकारीले शनिवार एक विज्ञप्ति जारी गरी पार्टर्ीी सम्पर्ूण्ा पदबाट राजिनामा दिएर अलग भएका छन् ।
    अलग हुनेहरुमा पार्टर्ीी सहअध्यक्ष बीपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल र महासचिव मोहम्मद अकवाल शाह हुनुहुन्छ । त्यसअघि एकजना अर्का उपाध्यक्ष अब्दुल जब्बार पनि सो पार्टर्ीीट अलग भएर सद्भावना पार्टर्ीी प्रवेश गरिसक्नु भएको थियो ।
अध्यक्ष यादवको क्रियाकलाप पार्टर्ीीे हित विपरित र मधेश विरोधी भएकाले पार्टर्ीीट अलग भएको नेता बीपी यादवले गोरखापत्रलाई बताउनुभयो । उहाँले पार्टर्ीी परिवारवाद लादेर बैठकहरु समेत बोलाउन छाडेको आरोप लगाउँदै पार्टर्ीीई मधेशको हितभन्दा सत्ता प्राप्तिका लागि प्रयोग गरेको समेत आरोप लगाउनुभयो । अध्यक्ष यादवले पार्टर्ीी गुटबन्दी गरेको आरोप उहाँहरुले विज्ञप्तिमार्फ लगाइएको छ ।
पार्टर्ीी वरिष्ठ नेता राजलाल यादवले बीपी यादवको क्रियाकलापबाट पार्टर्ीी सम्पर्ूण्ा नेताहरु असन्तुष्ट रहेका हुनाले उहाँ पार्टर्ीीट अलग भएकोमा आफूहरुलाई कुनै दुख नलागेको प्रतिकृया दिनुभयो । उहाँले बीपी यादव पार्टर्ीी रहेर झन बद्नामा भइरहेका हुनाले पार्टर्ीी कारवाही गर्ने प्रकृया शुरु गर्न लाग्दा छाडेर हिडेको दावी गर्नुभयो । ५० सदस्यीय कार्यसमिति रहेको सो पार्टर्ीीे पदाधिकारीमा अध्यक्ष यादव,  कोषाध्यक्ष सविता यादव र सचिव हेमन्त खत्वे मात्र बाँकी रहेका छन् । स्रोतका अनुसार सविता यादव पनि पार्टर्ीी असन्तुष्ट रहेका हुनाले उहाँपनि अलग हुने तयारीमा रहेका बुझिएको छ । 
    उपेन्द्र यादव अध्यक्ष रहेको फोरम नेपालबाट बीपी यादव र अकवाल शाह सभासद् बन्नु भएको थियो । उहाँहरु वीरगंज महाधिवेशनबाट सहअध्यक्ष तथा महासचिव बन्नुभएको थियो । सीताराम अग्रवाल अध्यक्ष यादव सञ्चार मन्त्री भएका बेला नेपाल टेलिभिजनको अध्यक्ष बन्नु भएको थियो । जयप्रकाश गुप्ताले उपेन्द्र यादव अध्यक्ष रहेको फोरम नेपालबाट अलग भएर फोरम गणतान्त्रिक गठन गर्दा यी तीनै नेता गुप्ताको साथमा सो पार्टर्ीी जानु भएको थियो । भ्रष्टाचार मुद्दामा गुप्ता जेल गएपछि राजकिशोर यादव महाधिवेशनबाट पार्टर्ीीे अध्यक्ष बन्नु भएको थियो ।
    तीनैजनामध्ये अकवाल अहमद शाह आइतवार -आज) तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी प्रवेश गर्ने तयारीमा रहेको नेता शाह स्वयंले बताउनुभयो । बीपी यादव र सीताराम अग्रवालले केही दिन आफूहरु कुनै पार्टर्ीी प्रवेश नगर्ने जानकारी गराउनु भयो ।

No comments:

Post a Comment